२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

च्याटजीपीटीमा अब जीपीटी फोरओ प्रयोग गरी कलात्मक तस्बिर बनाउन सकिने

 

ओपनएआईले ‘इमेजेज इन च्याटजीपीटी’ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । यसअन्तर्गत च्याटजीपीटीभित्रै जीपीटी-फोरओ प्रयोग गरी आकर्षक र कलात्मक तस्बिर बनाउन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो सुविधा च्याटजीपीटी प्लस, प्रो, टिम र निःशुल्क सबै संस्करणमा उपलब्ध हुनेछ । निःशुल्क प्रयोगकर्ताले ड्याल-ई को समान सीमा भित्रै रहेर तस्बिर तयार पार्न सक्नेछन् । यसअघि निःशुल्क प्रयोगकर्ताले ड्याल-ई थ्री मार्फत दिनमा तीन ओटा तस्बिर बनाउन सक्ने सुविधा थियो ।

ओपनएआईका अनुसन्धानकर्ता गेब्रियल गोहका अनुसार यो नयाँ प्रणाली अघिल्ला मोडेलहरूभन्दा निकै सुधारिएको छ । यसमा ‘बाइन्डिङ’ नामक प्रविधि ल्याइएको छ । धेरै एआई मोडलहरू रंग र आकारहरू पहिचान गर्न असमर्थ भएको गुनासो आइरहँदा ओपनएआईको नयाँ फिचरले यस्तो समस्या हटाएर १५ देखि २० वटा वस्तुहरूलाई पनि सही रूपमा छुट्याउन सक्ने दाबी गरिएको छ ।

कम्पनीका अनुसार इन्फोग्राफिक्स, पोस्टर, स्टिकर तथा वैज्ञानिक चित्रहरू यसले सहजै तयार पारिदिन सक्छ ।

नयाँ सिस्टमले टेक्स्ट रेन्डरिङ पनि सुधार गरेको छ । यसअन्तर्गत तस्बिरभित्र स्पष्ट अक्षरहरू देख्न सकिन्छ । यसअघि, धेरै एआई टुलले अक्षरहरू बिगार्ने समस्या थियो । गेब्रियल गोहका अनुसार ओपनएआई टिमले महिनौंसम्म विभिन्न सुधार गर्दै यसलाई अझ प्रभावकारी बनाएको हो ।

ओपनएआईले नैतिक तथा सुरक्षाका उपायहरू पनि लागु गरेको जनाएको छ । कम्पनीका अनुसार नयाँ सिस्टमले नराम्रो वा भ्रामक चित्रहरू उत्पन्न हुन नदिनेतर्फ विशेष ध्यान दिएको छ । ओपनएआईले बनाएका तस्बिरहरूमा ‘C2PA’ मेटाडेटा राखिएको हुन्छ, जसले यो तस्बिर ओपनएआईले बनाएको हो भनेर देखाउँछ ।

पछिल्लो अध्यावधिक: चैत १३, २०८१ १०:३८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट