२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित

जनकपुरधाम। दलहरूबीच सहमति नमिल्दा मधेस प्रदेशसभा बैठक अनिश्चित भएको छ।

प्रदेशसभाको गतिरोध अन्त्य गराउन आज बिहान बसेको दलहरूबीचको बैठकमा सहमति नभएपछि आजका लागि बोलाइएको बैठकसमेत स्थगित भएको जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले बताए।

प्रदेशसभाको गत आइतबारको बैठकमा विभिन्न विषयमा छानबिनको माग गर्दै विपक्षी दलले अवरोध गरेका थिए। प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको संयुक्त बैठकमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरूले अडान राखेपछि सहमति जुट्न नसकेको जनमत पार्टीका संसदीय दलका नेता यादवले जानकारी दिए।

मधेस प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले एक सूचना जारी गर्दै आज बिहान ११ बजे बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको बताए।


सामाग्री श्रोत :

सहमति नजुट्दा मधेस प्रदेशसभाको बैठक अनिश्चित

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट