काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले पछिल्लो चार महिनादेखि लगातार रूपमा ग्राहक गुमाउँदै गइरहेको पाइएको छ । गत कात्तिकपछिका हरेक महिनामा कम्पनीका ग्राहक लगातार घट्न थालेका हुन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआईएस रिपोर्ट अनुसार कात्तिक २०८१ मा एनसेलको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या एक करोड ४९ लाख ९१ हजार १६ रहेको थियो । तर त्यसयता फागुन मसान्तसम्म आइपुग्दा कम्पनीले ५ लाख ५७ हजार ७५८ ग्राहक गुमाएको देखिन्छ ।
नेपाल टेलिकम र एनसेलको पछिल्लो ६ महिनाको ग्राहक आधार
सेवाप्रदायक ![]()
|
असोज
|
कात्तिक
|
मङ्सिर
|
पुस
|
माघ
|
फागुन
|
नेपाल टेलिकम
|
11,759,610
|
13,933,869
|
14,039,732
|
13,933,872
|
14,156,991
|
14,112,594
|
एनसेल
|
11,986,858
|
12,152,828
|
12,163,840
|
12,065,203
|
11,960,911
|
11,890,948
|
स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण
हाल उसको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या एक करोड ४४ लाख ३३ हजार २५८ रहेको छ । उता प्रतिस्पर्धी नेपाल टेलिकमले भने यस अवधिमा सुधार गरेको छ ।
कात्तिकमा एक करोड ४६ लाख २९ हजार ८०४ ग्राहक रहेको कम्पनीले त्यसपछिका हरेक महिनामा ग्राहक वृद्धि गरेको तथ्याङ्कमा देखिन्छ । कात्तिक यताको चार महिनामा टेलिकमले ३ लाख ९९९ ग्राहक थप गर्दै कूल ग्राहक आधार एक करोड ४९ लाख ३० हजार ८०३ पुर्याउन सफल भएको छ ।
यससँगै नेपालको टेलिकम बजारमा नेपाल टेलिकमको बजार हिस्सा ५१.५२४% र एनसेलको ४८.४७२% हुन पुगेको छ ।
पछिल्लो अध्यावधिक: चैत १२, २०८१ १३:२४
सामाग्री श्रोत :
टेक पाना