२०८२ बैशाख २१ आईतवार
२०८२ बैशाख २१ आईतवार

चार महिनादेखि एनसेलका ग्राहक लगातार घटेका घट्यै, गुमायो साढे ५ लाख बढी प्रयोगकर्ता

काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले पछिल्लो चार महिनादेखि लगातार रूपमा ग्राहक गुमाउँदै गइरहेको पाइएको छ । गत कात्तिकपछिका हरेक महिनामा कम्पनीका ग्राहक लगातार घट्न थालेका हुन् ।

नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो एमआईएस रिपोर्ट अनुसार कात्तिक २०८१ मा एनसेलको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या एक करोड ४९ लाख ९१ हजार १६ रहेको थियो । तर त्यसयता फागुन मसान्तसम्म आइपुग्दा कम्पनीले ५ लाख ५७ हजार ७५८ ग्राहक गुमाएको देखिन्छ ।

नेपाल टेलिकम र एनसेलको पछिल्लो ६ महिनाको ग्राहक आधार







सेवाप्रदायक

असोज

कात्तिक

मङ्सिर

पुस

माघ

फागुन

नेपाल टेलिकम

11,759,610

13,933,869

14,039,732

13,933,872

14,156,991

14,112,594

एनसेल

11,986,858

12,152,828

12,163,840

12,065,203

11,960,911

11,890,948

स्रोतः नेपाल दूरसञ्चार प्राधिकरण

हाल उसको मोबाइल सेवा प्रयोग गर्ने ग्राहकको सङ्ख्या एक करोड ४४ लाख ३३ हजार २५८ रहेको छ । उता प्रतिस्पर्धी नेपाल टेलिकमले भने यस अवधिमा सुधार गरेको छ ।

कात्तिकमा एक करोड ४६ लाख २९ हजार ८०४ ग्राहक रहेको कम्पनीले त्यसपछिका हरेक महिनामा ग्राहक वृद्धि गरेको तथ्याङ्कमा देखिन्छ । कात्तिक यताको चार महिनामा टेलिकमले ३ लाख ९९९ ग्राहक थप गर्दै कूल ग्राहक आधार एक करोड ४९ लाख ३० हजार ८०३ पुर्‍याउन सफल भएको छ ।

यससँगै नेपालको टेलिकम बजारमा नेपाल टेलिकमको बजार हिस्सा ५१.५२४% र एनसेलको ४८.४७२% हुन पुगेको छ ।

पछिल्लो अध्यावधिक: चैत १२, २०८१ १३:२४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट