२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

नेपाल विद्युत् प्राधिकरणकै डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्री ओली विरुद्ध लेखियो ‘नारा’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणकै डिजिटल बोर्ड ह्याक गरेर प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा लेखिएको छ । प्राधिकरणको चितवन स्थित भरतपुर वितरण केन्द्रको डिजिटल बोर्ड अज्ञात व्यक्तिले ह्याक गरेको हो ।

सोमबार राति प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने मन्त्रीपरिषद्‌को निर्णय बाहिरिएसँगै सामाजिक सञ्जालमा त्यसको विरोध भइरहेको छ । यसै सिलसिलामा भरतपुर वितरण केन्द्रको बोर्ड ह्याक प्रधानमन्त्री ओली विरुद्ध नारा लेखिएको ठानिएको छ ।

बोर्ड ह्याक गरी लेखिएको छ, “KP Chor Desh Xod !” केन्द्रका कार्यालय प्रमुख रामु श्रेष्ठले बोर्ड ह्याक भएको विषयमा छानबिन भइरहेको तर, अहिलेसम्म सम्बन्धित व्यक्तिको पहिचान हुन नसकेको बताए । “यहाँ बोर्ड ह्याकसँगै धेरै कुराहरू भएको छ,” एनले भने, “कार्यालय तोडफोड गरिएको छ र हातपात समेत भएको छ ।”

पछिल्लो अध्यावधिक: चैत १२, २०८१ ११:५८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट