२०८२ असार ३१ मंगलवार
LATEST NEWS
२०८२ असार ३१ मंगलवार

फ्रन्टलाइन अस्पतालद्वारा पहिलो विष विज्ञान (टोक्सिकोलोजी) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न

काठमाडौं- काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालले पहिलो अन्तर्राष्ट्रिय क्लिनिकल विषाक्तता सम्बन्धि एक दिने सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ।भारतको इन्डियन सोसाइटी अफ क्लिनिकल टोक्सिकोलोजीको सहयोगमा उक्त सम्मेलन सम्पन्न भएको आयोजक कमिटीका अध्यक्ष डा रोहन झाले बताए। नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा शिवजी पौडेलको प्रमुख आतिथ्यमा आयोजित सम्मेलनले मेडिकल क्षेत्रमा कार्यरत्त व्यक्तिहरु, अनुसन्धानकर्ता तथा चिकित्सकलाई क्लिनिकल विषाक्तता र विषाक्तताको केस व्यवस्थापनमा रहेको अन्तर्राष्ट्रिय अभ्यासलाई एकत्रित गर्न सहयोग गरेको अध्यक्ष डा झाले बताए। सम्मेलनले नेपालमा विषाक्तताको अवस्थाबारे जानकारी दिएको थियो। सम्मेलनमा भारतको इन्डियन सोसाइटी अफ क्लिनिकल टोक्सिकोलोजीका डाक्टर नरेन्द्रनाथ जेना, एसियाली ओशनिक एसोसिएसन फर मेडिकल टोक्सिकोलोजीका डाक्टर सेन्थिल कुमारन नेपालबाट विज्ञका रुपमा डा ओलिता शिल्पकार, डा रोशन झा, डा राकेश घिमिरे लगायत सम्बन्धित क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याती प्राप्त व्यक्तिहरुको सहभागिता थियो। नेपालमा स्वास्थ्य सेवा तथा विषाक्तता व्यवस्थापनका लागि उक्त सम्मेलन एक महत्वपूर्ण रहेको आयोजक कमिटीको दाबी छ।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?