२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

देशभरको मौसम सामान्यतया सफा रहने 

काठमाडौं – अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ । 

विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ ।

Ncell 2
Ncell 2

कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहने विभागले जनाएको छ ।

shivam cement
shivam cement

आगामी २४ घण्टामा कोशी प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?