२०८२ जेष्ठ ३२ शनिबार
LATEST NEWS
२०८२ जेष्ठ ३२ शनिबार

मुम्बईले चेन्नाईलाई दियो एक सय ५६ रनको लक्ष्य

काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सले चेन्नाई सुपर किंग्सलाई एक सय ५६ रनको लक्ष्य दिएको छ।

चेन्नाईमा टस हारेर ब्यटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५५ रन बनायो। मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए। यस्तै कप्तान सुर्यकुमार यादवले २९ तथा दिपक चहरले २८ रन बनाए।

चेन्नाईका लागि नुर अहमदले सर्वाधिक चार विकेट लिए तथा अलिल अहमदले ३ विकेट लिए।


सामाग्री श्रोत :

मुम्बईले चेन्नाईलाई दियो एक सय ५६ रनको लक्ष्य

छुटाउनुभयो कि ?