२०८१ चैत्र ३० शनिबार
२०८१ चैत्र ३० शनिबार

प्रचण्ड सोमबार काठमाडौँ फर्किने

काठमाडौँ – आइतबार साँझ काठमाडौँ आउने भनिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार मात्र फर्किने भएका छन्।

सोमबार भरतपुर महानगरपालिकाको काम साथसाथै जिल्लामा अन्य कार्यक्रम पनि रहेकाले भोलि दिउँसो काठमाडौँ आउने प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए। 

Ncell 2
Ncell 2

पूर्व–पश्चिम हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानको क्रममा शुक्रबार साँझ शीर्ष नेताहरू चितवन पुगेका थिए। अन्य नेताहरू शनिबार नै काठमाडौँ फर्किसकेका छन्। 

shivam cement
shivam cement

प्रचण्ड काठमाडौँ फर्किएपछि टिआरसी लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तयारी रहेको सचिवालयले बताएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?