२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

सामसङको शक्तिशाली फोन ए५६ फाइभजी, यस्तो छ मूल्य र प्रि-अर्डर अफर

काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी ए५६ फाइभजी स्मार्टफोनको प्रि-अर्डर खुला भएको छ । आजदेखि चार दिनसम्म सीमित स्टकमा यो फोनको अग्रिम बुकिङ खुलाइएको कम्पनीले जनाएको छ ।

ए५६ मा स्मार्ट, सहज र रोचक अनुभव पाउन पहिलो पटक ‘Awesome Intelligence’ प्रविधि समावेश गरिएको कम्पनीको भनाइ छ । वनयूआई सेभेनमा आधारित फोनमा परिष्कृत क्यामेरा प्रविधि, मजबुत डिजाइन र सशक्त सुरक्षा प्रणाली रहेको कम्पनीको दाबी छ ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी ए५६ ले उत्कृष्ट एआई अनुभव ल्याउँदै स्मार्टफोन प्रविधिको नयाँ युगको सुरुवात गर्ने दाबी गरे । उनका अनुसार यस फोनले ६ जेनेरेसनसम्मको एन्ड्रोइड ओएस र वनयूआई अपडेट प्राप्त गर्नेछ ।

ग्राहकले विशेष अफर अन्तर्गत दुई हजार रुपैयाँको अग्रिम भुक्तानीमा फोन प्रि-बुक गर्न सक्नेछन् । जसअन्तर्गत सात हजार ९९९ रुपैयाँ मूल्यको ग्यालेक्सी फिट थ्री मात्र तीन हजार ९९९ रुपैयाँमा पाइनेछ ।

यो फोन दुई र्‍याम भेरियन्टमा उपलब्ध हुनेछ । जसअन्तर्गत ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६५ हजार ९९९ रुपैयाँ रहेको छ भने १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज मोडेलको मूल्य ७० हजार ९९९ रुपैयाँ रहेको छ । 

ग्राहकले पुरानो फोन ‘सबको फोन’ र ‘अर्को स्टोर’ मा साटेर नयाँ ग्यालेक्सी ए५६ फाइभजी अपग्रेड गर्न सक्नेछन् । साथै, सामसङ इन्स्टा फाइनान्स सेवाअन्तर्गत शून्य ब्याजदरमा सहजै ईएमआई सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यो फोन आधिकारिक रूपमा आगामी ११ चैतदेखि बजारमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: चैत ८, २०८१ १६:५६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट