२०८२ बैशाख ७ आईतवार
LATEST NEWS
२०८२ बैशाख ७ आईतवार

‘ओप्पो ए फाइभ प्रो’ नेपाली बजारमा, कठिन परिस्थितिमा पनि ढुक्कले चल्ने दाबी

काठमाडौं । नेपाली बजारमा चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोको नयाँ मोडेल ‘ओप्पो ए फाइभ प्रो’ भित्रिएको छ ।  शुक्रबार राजधानीमा एक कार्यक्रममार्फत कम्पनीले ‘ए’ सिरिजको नयाँ लाइनअप सार्वजनिक गरेको हो ।

विशेषगरी टिकाउ र उच्च प्रदर्शन चाहने प्रयोगकर्ताका लागि लक्षित गरी यो फोन ल्याइएको कम्पनीले जनाएको छ । पानी तथा धूलोमा सुरक्षित राख्न यो फोनले आईपी६९ रेटिङ पाएको छ भने कठिन वातावरणबाट बच्न ग्रेड शक प्रमाणपत्र प्राप्त गरेको छ ।

कमजोर सिग्नलको क्षेत्रमा पनि कनेक्टिभिटीलाई सुनिश्चित गर्न फोनमा ‘Al LinkBoost’ र ‘BeaconLink’ जस्ता प्रविधि राखिएको कम्पनीले जनाएको छ ।

क्वालकम स्न्यापड्रागन सिक्स एस जेन थ्री मोबाइल प्लेटफर्मबाट सञ्चालित फोन ८ जीबी र्‍याम तथा २५६ जीबी स्टरेजमा उपलब्ध छ ।

यसमा ५,८०० एमएएचको ठुलो ब्याट्री छ, जसका लागि कम्पनीले ४५ वाटको सुपरभोक प्ल्याश चार्जर दिनेछ । १,००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले भएका कारण सूर्यको प्रकाशमा पनि सजिलै फोन चलाउन सकिने कम्पनीको भनाइ छ ।

यसमा गुणस्तरीय अडिओ अनुभवका लागि ड्युल स्टेरियो स्पिकर र अल्ट्रा भोल्युम मोड दिइएको छ । मोचा ब्राउन र ओलिभ ग्रीन गरी दुई रंगमा उपलब्ध फोनको मूल्य ३२ हजार ९९९ रुपैयाँ तोकिएको छ । 

कम्पनीले भोलि शनिबारदेखि २४ मार्चसम्म यो फोनको प्रि-बुकिङ खुलाउने भएको छ भने बजारमा २५ मार्चदेखि उपलब्ध गराउने छ । प्रि-बुक गर्ने हरेक ग्राहकले एक हजार रुपैयाँ क्याशब्याक पाउनेछन् ।

पछिल्लो अध्यावधिक: चैत ८, २०८१ १७:१९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट