२०८२ कार्तिक २८ बिहीबार
२०८२ कार्तिक २८ बिहीबार

साइप्रसमा १५ हजारभन्दा बढी नेपाली : रुस र बेलायतपछि तेस्रो ठूलो समुदाय

साइप्रसमा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। भर्खरै सार्वजनिक  सरकारी तथ्यांकअनुसार हाल साइप्रसमा कानुनी रूपमा  (Residency Permit) भिसा प्राप्त गर्ने नेपालीहरूको संख्या १५,६०७ पुगेको छ।यसरी  भिसा लिएर बस्ने मा विधार्थी, घरेलु कामदार लगायत  सबै किसिमका श्रमिक  रहेका छन्। 

यो तथ्यांक अनुसार, नेपालीहरू रुसी र बेलायतीपछि तेस्रो ठूलो समुदाय बनेका छन्। आप्रवासन उपमन्त्री निकोलस आयोन्निदेसले आफ्नो मन्त्रालयको बजेट प्रस्तुत गर्दै सार्वजनिक गरेका विवरण अनुसार २०२५ सेप्टेम्बर ३० सम्म साइप्रसमा एक  लाख ७५ हजार ६७७ जना तेस्रो देशको नागरिकहरु कानुनी रूपमा बसोबास गर्दै आएका छन्।

 

ती मध्य रुसी नागरिक ४०,७३५ जना, बेलायती १६,२७९ जना र त्यसपछि नेपालीहरू १५,६०७ जना रहेका छन्। अन्य प्रमुख समुदायमा भारत, सिरिया, चीन, श्रीलंका, फिलिपिन्स, युक्रेन र इजिप्टका नागरिकहरू छन्।

नेपालीहरू मुख्य रूपमा घरेलु काममा साइप्रसमा आउने गरेका छन् त्यस्तै होटल, रेस्टुरेन्ट, बेकरी, सुपरमार्केट लगायत निर्माण क्षेत्रसँग सम्बन्धित काममा पनि नेपाली आइरहेका छन् । पछिल्ला वर्षहरूमा विद्यार्थी, उच्च दक्षता भएका श्रमिक र व्यावसायिक क्षेत्रतर्फ पनि नेपालीहरूको उपस्थिती बढ्दै गएको देखिएको छ। 

एक अनुमानका अनुसार करिब ३ हजार नेपाली गैर-कानुनी रुपमा रहेको हुन सक्ने बताइएको छ। 

ट्रेन्डिङ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट