पापोस बाट लगभग 20 किलोमीटर उत्तर-पूर्व मा केन्द्र बिन्दु बनाइ भुकम्प गएको छ। बुधबार बिहान करिब ११ : ३० बजे 5.7 रेक्टर तीव्रता को भुकम्प गएको यूरोपीय-भूमध्यसागरीय भुकम्प केन्द्रले जनाएको छ।
भुकम्पको तिव्र धक्का पापोस, लिमासोल, लार्नाका र निकोसियामा महसुस गरिएको छ। भुकम्पका कारण हाल सम्म कुनै पनि भौतिक र मानविय क्षति नभएको बताइएको छ। पापोसका केहि स्थान मा ढुंगाहरु सडकमा खसेको छ। ढुङ्गा पन्छ्याउँन सडक विभागलाई खटाइ सकिएको छ।

तिव्र भुकम्प पछि पापोस एयरपोर्टको ‘रन वे ‘ निरीक्षण गरेर मात्र उडान कार्य संचालन मा ल्याइएको छ। ‘रन वे’ मा क्षति पुगेको हुन सक्ने अनुमान गर्दै प्रोटोकोल अनुसार निरीक्षण गरिएको हो।

त्यस्तै, भुकम्पको धक्का पछि सर्वसाधारण सडक मा निक्स्किएका थिए।

भुकम्प गएको ३ मिनेट भित्र नै साना तीव्रताका ६ पराकंप गएको थियो।
साइप्रसका विभिन्न सहरमा रहेका नेपालीले पनि भुकम्प को धक्का महसुस गरेको सामाजिक संजाल मा लेखेका छन्।












