काठमाडौँ । गुगल म्यापमा धरहराको नाम परिवर्तन भएको छ । अहिले गुगल सर्च वा गुगल म्यापमा धरहरा टाइप गर्दा लोकेसनमा सेतो टावर लेखिएको देख्न सकिन्छ ।

आइतबार बिहानदेखि म्यापमा परिवर्तित नाम देख्न सुरु भएको हो । यो कसले र किन गरियो भन्ने विषयमा खुल्न सकेको छैन । अहिले सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले धरहराको मौलिक नाम हराएको विषयलाई लिएर विभिन्न पोस्टहरू गरिरहेका छन् ।
यो पहिलो पटक भएको भने होइन । यो भन्दा अगाडि पनि यस्ता लोकेसनको नाम परिवर्तन गर्ने, व्यक्तिको नाम परिवर्तन गर्ने गतिविधि भएका छन् । गुगल म्यापमा लोकेसनको नाम परिवर्तन वा सम्पादन जोकोहीले पनि गर्न पाउँछन् । यसैलै पनि यस्ता घटनाहरू भइरहेका छन् ।
पछिल्लो अध्यावधिक: साउन ४, २०८२ १०:११

सामाग्री श्रोत :
टेक पाना