२०८२ श्रावण ३ शुक्रबार
LATEST NEWS
२०८२ श्रावण ३ शुक्रबार

मर्मत गर्दासमेत नचल्ने कम्प्युटर, ल्यापटप ६ महिनाभित्र अनिवार्य लिलामी गर्न पत्राचार

काठमाडौँ । सरकारले मर्मत गर्दासमेत चल्न नसक्ने कम्प्युटर, ल्यापटप, सवारीसाधन लगायतका सामग्रीहरू अनिवार्य रूपमा ६ महिनाभित्र लिलाम बिक्री गर्न पत्राचार गरेको छ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शनमार्फत सबै मन्त्रालय तथा सरकारी कार्यालयहरूलाई मर्मत सम्भार गर्दा पनि सञ्चालन हुन नसक्ने यी सामग्री ६ महिनाभित्र अनिवार्य लिलाम बिक्री गर्न पत्राचार गरेको हो ।

खर्चलाई मितव्ययी बनाउन भन्दै मन्त्रालयले भएका सामग्री बिग्रिए नयाँ किन्नुको साटो मर्मत गरेर चलाउन प्रेरित गर्न खोजेको छ ।

यस्तै, सरकारले नगद कारोबार गर्दा हुन सक्ने जोखिम न्यूनीकरण गर्न मातहतका सबै मन्त्रालय र निकायहरूलाई सम्पूर्ण भुक्तानी सोझै बैंक खातामा विद्युतीय प्रणालीमार्फत गर्न भनेको छ । नगद कारोबार निरुत्साहित गर्न सबै सरकारी निकायहरूलाई पत्राचार गरेको हो ।

अर्थ मन्त्रालयले नगद कारोबार गर्दा हुन सक्ने जोखिम कम गर्न निर्माण व्यवसायी, आपूर्तिकर्ता, सेवाप्रदायक र परामर्शदातालाई अनिवार्य रूपमा सम्बन्धित बैंक खातामा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउन ताकेता पनि गरेको छ ।

‘पारिश्रमिक, भत्ता, औषधि उपचार, उपदान, सञ्चित बिदा र सामाजिक सुरक्षा भत्तालगायतका सबै प्रकारका भुक्तानी सोझै बैंक खातामा विद्युतीय प्रणालीमार्फत भुक्तानी गर्ने व्यवस्था मिलाउनू,’ मार्गदर्शनमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: साउन २, २०८२ १३:१७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट