२०८२ भाद्र ५ बिहीबार
२०८२ भाद्र ५ बिहीबार

कर्णालीमा नयाँ संरचना प्रस्ताव: स्वास्थ्य र सामाजिक मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय खारेज!

सुर्खेत- कर्णाली प्रदेशको संगठन संरचना अध्ययन उच्चस्तरी समितिको प्रतिवेदन सार्वजनिक भएको छ। सार्वजनिक प्रतिवेदन अनुसार प्रदेशमा मन्त्रालयहरुको संख्या घटाएर ६ वटा मात्र बनाउन प्रस्ताव गरिएको छ।

हाल प्रदेशमा स्वास्थ्यको छुट्टै मन्त्रालय छैन। प्रतिवेदनमा सामाजिक मन्त्रालयको अगाडि स्वास्थ्य जोड्दै स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय भनेर बनाउन प्रस्ताव गरिएको छ।

‘हालको सामाजिक विकास मन्त्रालयको नाम परिवर्तन गरी स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय बनाउने,’ प्रतिवेदनमा भनिएको छ। 

प्रतिवेदनमा जिल्लामा रहेका जन/स्वास्थ्य कार्यालयहरु खारेज गर्न पनि प्रस्ताव गरिएको छ। जिल्लास्थित जन/स्वास्थ्य कार्यालयका अधिकांश कार्यहरू स्थानीय तहमा हस्तान्तरण गर्न सकिने भएकाले यसलाई खारेज गर्न सकिने प्रस्ताव प्रतिवेदनमा छ। 

जन/स्वास्थ्य कार्यालयहरु खारेज गर्दै जिल्ला अस्पतालभित्रै सामाजिक सेवा इकाई स्थापना गरी अत्यावश्यक कर्मचारी राखी अन्य कर्मचारीलाई आवश्यकताको आधारमा अन्य कार्यमा लगाउने प्रस्ताव पनि प्रतिवेदनमा छ।

यसका साथै स्वास्थ्य सेवा निर्देशनालय र शिक्षा विकास निर्देशनालयलाई पुनर्संरचना गरी स्वास्थ्य तथा शिक्षा निर्देशनालय स्थापना गर्ने प्रस्ताव पनि समितिले गरेको छ।

‘हाल प्रदेश मातहत रहेका सबै निर्देशनालयहरू मध्ये जनस्वास्थ्यमा स्थानीय तहसँगको समन्वय र शिक्षा तर्फ परीक्षा प्रणाली व्यवस्थित गर्न स्वास्थ्य सेवा निर्देशनालय र शिक्षा विकास निर्देशनालयलाई पुनर्संरचना गरी स्वास्थ्य तथा शिक्षा निर्देशनालय स्थापना गर्ने,’ प्रतिवेदनमा भनिएको छ, ‘प्रदेश सरकार मातहत रहेका अन्य सबै निर्देशनालयहरू खारेज गर्ने। खारेज गरिने निर्देशनालयहरूमा रहेका जनशक्ति र यसका काम कारबाहीलाई सम्बन्धित मन्त्रालयका महाशाखा र जिल्लामा रहने प्रदेश सरकारका कार्यालयमा मिलान गर्ने।’

यसैगरी, सुर्खेतस्थित प्रदेशिक अस्पताललाई स्तरोन्नति गरी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्न आवश्यक जनशक्तिको व्यवस्था गर्ने, प्रदेश मातहतका जिल्ला अस्पतालहरूलाई ५० शय्यामा सञ्चालन गरी पारामेडिकल र नर्सिङ्ग जनशक्ति उत्पादन गर्ने शिक्षण संस्था समेतको अस्पतालको रुपमा विकास गर्ने, प्रदेशमा महामारी लगायत विपद्को समयमा उपचार र प्रतिकार्य गर्नका लागि प्रादेशिक अस्पताल सुर्खेतमा ५० बेडको सरूवा रोग विभाग सञ्चालन गर्ने, स्वास्थ्य आपतकाल र विपद्को समयमा स्वास्थ्य सेवाको प्रतिकार्यलाई दुरूस्त बनाउन स्वास्थ्य तथा शिक्षा निर्देशनालय अन्तर्गत २४ सै घण्टा सञ्चालन हुने स्वास्थ्य आपतकालीन सेवा केन्द्र स्थापना गर्ने प्रस्ताव पनि गरिएको छ।

हेरौं प्रस्ताव

बाँकी संरचना पिडिएफमा हेरौं

समितिको प्रतिवेदनको पूर्णपाठ


 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट