२०८२ असार २० शुक्रबार
LATEST NEWS
२०८२ असार २० शुक्रबार

दिलभूषण पाठकसँग २५ हजार रुपैयाँ धरौटी माग

काठमाडौँ । पत्रकार दिलभूषण पाठकबाट २५ हजार रुपैयाँ धरौटी माग भएको छ । बिहिबार काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश खेमराज भट्टराईको इजलासले पाठकबाट २५ हजार रुपैयाँ धरौटी मागको आदेश दिएको हो ।

पाठक बिहिबार अदालतमा हाजिर भएका थिए । तत्कालका लागि उनी निर्दोष पनि नदेखिएको र पक्राउ गर्ने स्थिति पनि नदेखिएको भन्दै धरौटीमा छाड्ने आदेश भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए ।

पाठकविरुद्ध सोमबार युट्युब च्यानलमार्फत एक व्यक्तिको चरित्रहत्या गरेको र घृणा फैलाएको आरोप सहित विद्युतीय (साइबर) अपराधसम्बन्धी अदालतमा मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ (१) बमोजिमको कसुरमा सजायको माग गरेको थियो ।

उक्त दफामा कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । साथै, पीडितलाई उचित क्षतिपूर्ति भराउन र कसुरदारबाट पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क जम्मा गराउन पनि माग गरिएको छ ।

पीडित परिवर्तित नाम ‘साइबर ब्युरो ५९ (२०८१/०८२) ले आफ्नो चरित्रहत्या भएको, घृणा र द्वेष फैलाइएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका थिए । प्रहरी अनुसन्धानले उक्त युट्युब च्यानलका सञ्चालक/प्रस्तोता दिलभूषण पाठक नै भएको र उनले भिडियोमार्फत पीडितको सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पारेको निष्कर्ष निकालेको थियो ।

 

पछिल्लो अध्यावधिक: असार १९, २०८२ १८:९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट