२०८२ असार २० शुक्रबार
LATEST NEWS
२०८२ असार २० शुक्रबार

अनरले सार्वजनिक गर्‍यो ‘विश्वकै पातलो’ फोल्डेबल फोन

 

काठमाडौँ । चिनियाँ मोबाइल कम्पनी अनरले आफ्नो नयाँ फोल्डेबल फोन ‘म्याजिक भी फाइभ’ सार्वजनिक गरेको छ, जसलाई कम्पनीले विश्वमा अहिलेसम्म कै पातलो फोल्डेबल फोन भएको दाबी गरेको छ । 

चिनियाँ बजारमा १८ असारमा सार्वजनिक भएको यो फोन अन्तर्राष्ट्रिय बजारका लागि पनि छिट्टै सार्वजनिक हुने बताइएको छ । यो फोन बन्द गर्दा ८.८ एमएमको हुन्छ जबकी ओप्पोको फाइन्ड एन फाइभ ८.९ एमएमको हुन्छ । यस हिसाबले हेर्दा यस फोनलाई अहिलेसम्मकै पातलो फोन मान्न सकिन्छ तर कम्पनीले क्यामेरा सेटअपका लागि भने बम्प दिएका कारण फोन अलि भारी देखिन्छ । 

यो फोन २१७ ग्रामको छ । कम्पनीले फोनमा क्वालकमको स्न्यापड्रागन ८ एलिट प्रोसेसर प्रयोग गरेको छ जसमा १६ जीबीसम्मको र्‍याम दिइएको छ । ब्याट्री भने यसमा ५,८२० एमएएचको रहेको छ । फोनको दुवै स्क्रिन १२० हर्जको रिफ्रेसरेट पाउन सकिन्छ भने फोनले आईपी ५८ र आईपी५९ दुवै धुलो र पानी प्रतिरोधात्मक रेटिङ पाएको छ । 

फोनमा ५० मेगापिक्सेलको दुईओटा वाइड एंगल क्यामेरा, ६४ मेगापिक्सेलको मुख्य क्यामेरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश छन् । यो फोन १२/२५६ जीबी, १६/५१२ जीबी र १६/१ टीबीमा उपलब्ध छ जसको मूल्य क्रमश आठ हजार ९९९ युआन (एक लाख ७१ हजार भन्दा बढी), नौ हजार ९९९ युआन (करिब एक लाख ९१ हजार रुपैयाँ) र  १० हजार ९९९ युआन (दुई लाख १० हजार रुपैयाँ) रहेको छ । 

फोन आइभोरी ह्वाइट, ब्ल्याक, डन गोल्ड र रेडिस् ब्राउन कलरमा उपलब्ध छ । यी मध्ये पातलो फोन भने आइभोरी ह्वाइट कलरको फोनमा मात्र पाउन सकिन्छ । 

पछिल्लो अध्यावधिक: असार १९, २०८२ १६:४४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट