२०८२ असार २० शुक्रबार
२०८२ असार २० शुक्रबार

३७.९९ लाख मूल्यसहित ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा, किन्नुअघि थाहा पाउनुहोस् यी विशेषता

काठमाडौँ । बेलायती अटोमोबाइल ब्रान्ड मोरिस ग्यारेज (एमजी) को नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले भारतमा निर्मित विद्युतीय कार ‘एमजी विन्डसर ईभी’ सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा कम्पनीले यसको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोक्दै औपचारिक रुपमा नेपाल भित्र्याएको हो ।

एमजीले भारतमा उत्पादन गरेको यो दोस्रो विद्युतीय मोडेल हो, जसलाई कम्पनीले सेडानको आराम र एसयूभीको स्पेस भएको ‘कम्प्याक्ट युटिलिटी भेइकल’ (सीयूभी) को रुपमा प्रस्तुत गरेको छ । 

प्रतिस्पर्धी मूल्यका साथ बजारमा प्रवेश गरेको विन्डसरले अन्य मोडेलहरूलाई कडा चुनौती दिने अपेक्षा गरिएको छ । यो गाडी ‘एक्साइट’ र ‘एक्सक्लुसिभ’ गरी दुई भेरियन्टमा उपलब्ध छ, जसको मूल्य क्रमशः ३७ लाख ९९ हजार र ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

एमजी विन्डसर ईभीमा ३८ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक र १०० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यसले २०० एनएमको टर्क उत्पादन गर्छ । कम्पनीका अनुसार, एक पटकको फुल चार्जमा यसले ३३१ किलोमिटरको रेन्ज प्रदान गर्छ । नेपाली सडकका लागि उपयुक्त मानिने यसको ग्राउन्ड क्लियरेन्स १८६ एमएम रहेको छ ।

‘नयाँ बिज्नेस क्लास’ को रुपमा परिचित गराइएको विन्डसरमा पानारोमिक ग्लास रुफ, फ्लस डोर ह्यान्डल, १८ इन्चको अलोय ह्वील जस्ता बाहिरी विशेषता छन् । भित्री डिजाइनमा १५.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रिन, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्टल प्यानल, वायरलेस चार्जर र ६ ओटा एयरब्याग, ३६०-डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता सुरक्षा फिचर पनि उपलब्ध छन् ।

कार्यक्रममा जेएसडब्लू एमजी मोटर इन्डियाका अन्तर्राष्ट्रिय सञ्चालन प्रमुख अश्वनी गर्गले भारतबाहिर विन्डसर ईभी सार्वजनिक हुने पहिलो बजार नेपाल भएको बताउँदै यसले नेपाली बजारप्रतिको प्रतिबद्धता देखाएको उल्लेख गरे । “भारतमा यो मोडेल निकै सफल भएको छ र नेपाली ग्राहकले पनि यसको प्रिमियम अनुभव र विशेषता मन पराउनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं,” उनले भने । भारतमा निर्मित भएकाले सर्भिस र स्पेयर पार्ट्सको उपलब्धता सहज हुने कम्पनीले जनाएको छ ।

पारामाउन्ट मोटर्सले विन्डसर ईभीको बुकिङ देशभरका शोरुमबाट खुला गरिएको जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: असार १९, २०८२ १३:२८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट