२०८२ असार २० शुक्रबार
२०८२ असार २० शुक्रबार

मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले आफ्नो अभिव्यक्तिलाई लिएर पार्टीका जिम्मेवार पदाधिकारीहरू मिडिया, सोसल मिडिया र भर्चुअल प्लेटफर्ममा समेत आफ्नाविरुद्ध हिंसात्मक ढंगले बोलेको भन्दै आपत्ति जनाएकी छन् ।

पार्टी कार्यालय आलोकनगरमा जारी सचिवालयको बैठकमा जवाफ दिने क्रममा यस्तो बताएकी हुन्।

उनले अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गर्दै ‘सिनो बोकेर हिँड्न नसकिने’ भन्दै अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने अभिव्यक्ति दिएका थिइन् । 

त्यसबारे सोधिएको स्पष्टीकरणको जवाफ दिँदै उनले भनेका छन्, ‘यसरी उहाँहरू बोलिरहँदा पार्टी नेता र पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु। पार्टी महासचिवले असार १५ गते निर्देशन जारी भएपछि पछि मैले यो विषयमा कहिँकतै प्रतिक्रिया दिइन ।’

पार्टीको तहको बैठकमा ने यो विषय कुरा राख्ने छु भनेर पनि चुप बसेको भए पनि जिम्मेवार सदस्य र पदाधिकारीहरू सुरुदेखि नै मिडियामा आएर निरन्तर बोलिरहनु भन्दै गुनासो गरिन् ।

उनले भनेकी छन्, ‘यो विषयमा मलाई स्पष्टीकरण सोधिनेछ, सोधिएको छ, सोधियो भन्ने जस्ता भ्रामक कुरा बोलिरहनु भएको छ । यो विषयमा मैले स्पष्ट गर्नु पर्ने नै हुन्छ । सार्वजनिक टिप्पणीको स्पष्टीकरण दिने माध्यमा म सार्वजनिक मिडिया बनाउन चाहन्न । कतिपय पदाधिकारीले त अनुशासन आयोगले स्पष्टीकरण सोधिसक्यो पनि भनी सक्नु भएको छ । तर, मलाई यस्तो कुनै लिखित पत्र वा मौखिक प्रश्न वा स्पष्टीकरण कसैले र कुनै कमिटीले पनि सोधेको थाहा छैन ।’

आफुले एउटा कार्यकर्ता भेलामा बोलेका कुरालाई लिएर पार्टीको ध्यानाकर्षण भइ निर्देशन जारी भएपछि कहि पनि सार्वजनिक रुपमा प्रतिक्रिया नदिएको उनले बताइन् । तर पार्टीका ठूला नेताहरुले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आफुबिरुद्ध दिएको अभिव्यक्तिप्रति व्यक्तिगत र राजनीतिक हिसावले प्रतिवाद गर्ने झाँक्रीको भनाइ छ । 

download-1751527157.jpg

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट