२०८२ असार २० शुक्रबार
२०८२ असार २० शुक्रबार

प्लेब्याक स्पिड बढाएर राखिएको प्रम ओलीको ९ महिना पुरानो भिडिओ शेयर गर्नेमा क्याप्टेन लामा पनि

काठमाडौँ । सेलिब्रिटी क्याप्टेन विजय लामाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रसंसा गर्दै शेयर गरेको भिडिओ प्ले ब्याक स्पिड बढाएर तोडमोड गरिएको र नौ महिना पुरानो रहेको पाइएको छ । बुधबार बिहानपख उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा शेयर गरेको प्रधानमन्त्री ओलीको भिडिओलाई लिएर टेकपानाले गरेको तथ्य जाँचले भ्रामक पुष्टि गरी सकेको छ ।

सरोज कुमार रेग्मी नाम गरेका एक फेसबुक प्रयोगकर्ताले प्रधानमन्त्री ओलीको सो भिडिओ मङ्गलबार बेलुकी ७ः५७ बजेको समयमा फेसबुकमा राखेका थिए । रमेश लामा नामक अर्का प्रयोगकर्ताले पोस्ट गरेको वाटरमार्क सहितको सो भिडिओ उनले डाउनलोड गरेर राखेको सजिलै थाहा हुन्छ सोही भिडिओ फेसबुकमा शेयर गर्दै क्याप्टेन लामाले आफू प्रधानमन्त्री ओलीको अङ्ग्रेजी भाषण सुनेर छक्क परेको बताएका छन् । हेर्नुहोस् लामाले शेयर गरेको भिडिओ, ओरिजिनल लिंकअर्काइभ लिंक । 

लामाले शेयर गरेको उक्त पोस्ट यो समाचार तयार पार्दासम्म १४८ जनाले शेयर गरेका छन् भने करिब ३ हजार लाइक (रियाक्सन) पाएको देखिन्छ । उक्त भिडिओको भ्युज करिब ३ लाख पुगेको छ । “प्रधानमन्त्री ज्युको यो भाषण सुनेको सुन्यै भएँ,” भिडिओ शेयर गर्दै उनले लेखेका छन्, “एब्सलुट्ली फ्ललेस, फ्लुएन्ट, क्लियर, प्रिसाइस्ली टु द पोइन्ट एन्ड अमेजिङ ! द्‌याट अल्सो इन अ फरेन ल्याङ्वेज (इङ्लिस) ।” क्याप्टेन लामाले प्रधानमन्त्री ओलीको सो भाषणले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपालीको मान र सम्मान समेत राखेको भन्दै प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीको भाइरल भइरहेको भाषण सम्बन्धी भिडिओ कहिलेको हो र कसरी तोडमोड गरेर सामाजिक सञ्जालमा राखिएको छ भन्ने विषयमा विस्तृत जानकारीका लागि यहाँ क्लिक गरेर टेकपानाको फ्याक्टचेक हेर्न सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असार १९, २०८२ १२:१३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट