२०८२ असार १७ मंगलवार
२०८२ असार १७ मंगलवार

जोमसोममा कठिन प्रसवपछि आकस्मिक शल्यक्रियाबाट शिशु जन्म, आमा र बच्चा दुवै सकुशल

 मुस्ताङ- मुस्ताङको टुकुचेमा एक २४ वर्षीया गर्भवतीलाई एबी नेगेटिभ रक्त समूहका कारण सुविधा सम्पन्न अस्पताल सिफारिस गरिएको थियो। तर आर्थिक अभावका कारण त्यस्तो सुविधा भएको अस्पताल रहेको पोखरा जान असमर्थ भइन्।

 गर्भावस्थाको ४० हप्ता ४ दिन पुगेकी ती महिलालाई तीन साता अगाडि रिफर गरिएको थियो। तर नगएपछि स्थिति झन् जटिल तब बन्यो, त्यसपछि थाहा भयो करिब २० महिना अघि उनको गर्भपतन भएको थियो। त्यो बेला काठमाडौंको प्रसूति गृह पुगे पनि आवश्यक एन्ट-डी खोप लगाउन नसकिएकोले अहिलेको गर्भमा थप जोखिम निम्तिएको थियो।

दुर्गम भेग र स्वास्थ्य सेवाको सीमितताका कारण ती महिलाले लामो समयसम्म घरमै पीडा सहिन्। अन्ततः, राति करिब १० बजे टुकुचे स्वास्थ्य चौकी पुगेर सामान्य प्रसवको प्रतीक्षामा राखिएकी उनलाई जटिलता देखिएपछि दिउँसो १ बजे जोमसोमस्थित प्रदेश अस्पताल ल्याइयो।

अस्पतालमा गरिएको परीक्षणमा सेफालोपेल्भिक डिप्रपर्सनमा कठिनाइहरु देखिए।साथै योनिमुखमा क्तस्रावयुक्त गाँठो र शिशुको मुटुको गति अत्यन्त सुस्त पाइएको थियो।

यस्तो जटिल अवस्थामा, डा. विशाल सापकोटाको नेतृत्वमा डा. विसर्जन नेपाली, डा. अनिशा गुरुङ, डा. मनिष कोइराला, एनेस्थेसिया सहायक बालकुमारी राना, स्टाफ नर्स दिव्या जिसी, सुधा पौडेल, र सहयोगी शान्ता र अनु परियारको टोलीले आकस्मिक सिजेरियन शल्यक्रियागरे। जुन सफल भएको छ। 

३६०० ग्राम तौल भएको नवजात शिशु र आमा दुवै अहिले स्थिर अवस्थामा छन् र अस्पतालको निगरानीमा छन्। जोमसोम अस्पतालमा अझै एनआइसीयु, रक्त बैंक,‍ र भेन्टिलेटर जस्ता अत्यावश्यक संरचनाहरूको अभाव छ। आवश्यक एन्टी-डी खोप पनि हाल पोखराबाट मगाउने तयारी भइरहेको चिकित्सकले बताएका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट