२०८२ असार १७ मंगलवार
LATEST NEWS
२०८२ असार १७ मंगलवार

भारी वर्षासँगै विपद्को जोखिम बढ्यो, तत्काल उद्धारका लागि यी नम्बरमा प्रहरीलाई कल गर्नुहोस्

काठमाडौँ । देशभर मनसुन सक्रिय रहँदा आज देशका विभिन्न पहाडी भू-भागमा मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिम नेपाल नजिक रहेकाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।

त्यस्तै आज राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यसै सन्दर्भमा, नेपाल प्रहरीले विपद्को समयमा तत्काल उद्धार तथा सहायताका लागि आपत्कालीन सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ । कुनै पनि आपत्कालीन अवस्थामा नागरिकले यी नम्बरहरूमा सम्पर्क गरी सहयोग माग्न सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विपद् उद्धारका लागि प्रहरीका प्रदेशस्तरीय आपत्कालीन सम्पर्क नम्बरहरू

  • कोशी प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, चन्द्रगढी, झापा – ९८५२६७७७९९

  • मधेश प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, वीरगञ्ज, पर्सा – ९८५५०२६९४५

  • बागमती प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, मकवानपुर, हेटौंडा – ९८५५०३९२५०

  • गण्डकी प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, रुद्रपिपल, बाग्लुङ – ९८५७६९५३४५

  • लुम्बिनी प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, तुलसीपुर, दाङ – ९८५७८५०४००

  • कर्णाली प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, चन्दननाथ, जुम्ला – ९८५८३९००१०

  • सुदूरपश्चिम प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, महेन्द्रनगर, कञ्चनपुर – ९८५८८८७३३६

  • नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय: सामाखुशी, काठमाडौं – ९८५१२८३६१०

अन्य आपत्कालीन नम्बरहरू

माथि उल्लिखित नम्बरहरूका साथै कुनै पनि विपद् वा आपत्कालीन अवस्थामा प्रहरीको हटलाइन १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०८ र प्रहरी सम्बन्धी गुनासोका लागि १११३ मा समेत सम्पर्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असार १६, २०८२ ८:३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट