२०८२ असार १३ शुक्रबार
२०८२ असार १३ शुक्रबार

गृहमन्त्री, परराष्ट्रमन्त्री लगायतलाई फेसबुकमार्फत गाली गरेको आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

काठमाडौँ । गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतका व्यक्तिलाई सामाजिक सञ्जाल​मार्फत गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा रास्वपा चितवन क्षेत्र नं-३ निर्वाचन क्षेत्रीय सदस्य विष्णु पौडेल रहेका छन् । 

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले आरोपी पौडेललाई बुधबार जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा नियन्त्रणमा लिएर काठमाडौँ ल्याइएको जानकारी दिए । पक्राउको कारण र थप विवरण विज्ञप्तिमार्फत सार्वजनिक गरिने उनले बताए । 

रास्वपा भरतपुर महानगर समितिकी कोषाध्यक्ष आकाङ्क्षा पोख्रेललका अनुसार पौडेल गत निर्वाचनमा रास्वपाको समानुपातिक उम्मेदवार पनि थिए । “सिभिल प्रहरी चितवन आई बिना जानकारी घरमै गएर पक्राउ गरी काठमाडौँ लगिएको घटनाप्रति खेद प्रकट गर्दछु,” पोख्रेलले फेसबुकमा लेखेकी छिन्, “बिना जानकारी पक्राउ गरिनु मानव अधिकारको उल्लङ्घन र गैरकानुनी हो ।”

उनले अगाडि लेखेकी छिन्, “लोकतान्त्रिक मुलुकमा राज्यको यो किसिमको रवैया स्वीकार्य छैन । प्रहरीको तर्फबाट अझै आधिकारिक केही आएको छैन, किन समातिएको हो भनेर प्रश्न गर्दा ‘अहिले भन्न मिल्दैन’ भन्ने गैरजिम्मेवार जवाफले नागरिकको सूचना पाउने हक कता पुग्यो ? फेसबुकमा सरकार विरुद्ध लेखेको भरमा उहाँलाई साइबर ब्युरोले पक्राउ गरेको भन्ने हाम्रो आशङ्का रहेको छ ।”

सरकारको आलोचना गरेकै भरमा नागरिकलाई अपराधी झैँ व्यवहार गर्न नहुने भन्दै उनले आपत्ति जनाएकी छिन् ।

पछिल्लो अध्यावधिक: असार १२, २०८२ १२:३१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट