२०८२ असार ३० सोमबार
LATEST NEWS
२०८२ असार ३० सोमबार

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले मुद्धती खाता भएका ग्राहकका नयाँ सुविधा सुरु गरेको छ । बैंकले मुद्धती खातामा भएको रकमको आधारमा मोबाइल बैंकिङ एप ‘KSiMobile’ मार्फत नै कर्जा लिने सुविधा सुरु गरेको छ । 

नयाँ सुविधासँगै शाखामा नगई मोबाइल एपबाटै कर्जा आवेदन दिन सकिने र स्वीकृत रकम तुरुन्तै खातामा जम्मा हुने बैंकले जनाएको छ । 

बैंकले यसअघि नै अनलाइन खाता खोल्ने र मोबाइल एपबाट मुद्धती खाता खोल्ने सुविधा सञ्चालन गरिसकेको छ ।

 

पछिल्लो अध्यावधिक: असार १२, २०८२ १६:१३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । श्रम क्षेत्रलाई व्यवस्थित गर्ने उद्देश्यसहित कोरिया सरकारको सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘हामी’ नामको मोबाइल एप सार्वजनिक गरेको छ । प्रवासी नेपाली श्रमिकलाई रोजगारी, कानुनी अधिकार, सुरक्षासम्बन्धी जानकारी र आपतकालीन सहयोग सहज रूपमा उपलब्ध गराउने उद्देश्यले ‘हामी (Happy Migration)’ एप सार्वजनिक गरिएको मन्त्रालयको भनाइ छ । कोरिया सरकारको सहयोगमा विकास गरिएको यो एप बिहीबार ललितपुरमा एक समारोहबीच सार्वजनिक गरिएको हो ।

कोरिया इन्टरनेशनल कोअर्पोरेशन एजेन्सी (कोइका) को सहयोगमा तयार पारिएको एपले विशेषगरी कोरिया लगायत श्रम गन्तव्य मुलुकमा रहेका नेपाली कामदारलाई लक्षित गरेको बताइएको छ । एपमार्फत श्रमिकले आवश्यक सूचनाहरू डिजिटल माध्यमबाट सहज रूपमा पाउन सक्नेछन् ।

कार्यक्रमको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले प्रवासी श्रमिकसँग सम्बन्धित सम्पूर्ण सेवा प्रणालीलाई डिजिटल बनाउन आवश्यक रहेको बताए । ‘हामी’ एप श्रमिकका लागि आवश्यक सूचना एकै थलोमा उपलब्ध गराउने उद्देश्यले विकास गरिएको हो, जसले विदेशमा रहेका नेपालीको जीवनलाई अझ सुरक्षित, जानकारीमूलक र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: असार १२, २०८२ २१:४६





सामाग्री श्रोत :
टेक पाना

नवलपरासी — बिहीबार साँझपख परेको पानीका कारण महेन्द्र राजमार्गको दाउन्ने सडकमा यातायात सञ्चालन रोक लगाइएको छ । बिनयी खोलामा आउने बाढीमा सवारी साधन पर्ने जोखिमका कारण प्रहरीले यातायात बन्द गरेको हो ।

दाउन्नेमा गाडी फस्ने जोखिम छ । यता बिनयी खोलामा जुनसुकै बेला बाढी आउनसक्ने जोखिम भएका कारण साँझ ७ बजेबाट नै दाउन्ने सडक खण्डमा प्रहरी खटाएर राजमार्ग बन्द गरिएको प्रहरीले जनाएको छ । 

सडक डिभिजन कार्यालय भरतपुरले ५ दिनअघि सार्वजनिक सूचना जारी गरेर दाउन्ने सडक खण्डमा साँझ ७ देखि बिहान ५ बजेसम्म मालबहाक र लामा गाडी संचालनमा रोक लगाएको थियो । मंगलबार साँझदेखि बिहीबार साँझ ६ बजेसम्म यो खण्डमा रोकिएका सबै गाडी पूर्वपश्चिम वारपार भएका थिए ।

Ncell 2
Ncell 2

गत तीनदिन ठूलो पानी नपरेका कारण सुकेको सडकमा मंगलबार साँझदेखि यातायात निर्वाध संचालन भएको थियो । बिनयी खोलाको डाइभर्सनबाट पनि बुधबार साँझदेखि यातायात संचालन भएको थियो ।

गत पुस २६ गते दुम्कीवासस्थित बिनयी खोलामा रहेको फलामे पुल भाचिएपछि त्यसैको केही उत्तरतर्फ डाइभर्सन बनाएर यातायात संचालन हुँदै आएको छ ।

दुम्कीवासको बिनयी खोलाको मुहान रहेको पाल्पाको बाकामलांग क्षेत्रमा वर्षात् हुनासाथ यहाँको डाइभर्सन बगाउने गरेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । सरकारले एसएमएसबाट दिँदै आएको विपद् सम्बन्धी पूर्व सूचना भरपर्दो नभएको भन्दै फोनमा कल गरेर नै जानकारी दिन सरकारलाई निर्देशन दिइएको छ । बिहीबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले वर्षायाममा हुने प्राकृतिक विपत्तिका बारेमा फोनबाट जानकारी दिन निर्देशन दिएको हो ।

फोन कल गरेर जानकारी दिने कामलाई ‘पाइलट प्रोजेक्ट’को रूपमा अघि बढाउन सुझाव दिएको समिति सचिव शिवदत्त बरालले बताए । उनले भने, “यो एसएमएस भन्दा अलि जटिल प्रक्रिया पनि हो । त्यसैले पहिला जोखिमयुक्त कुनै एक क्षेत्रबाट कलबाट जानकारी दिन सुरु गरेर विस्तारै अन्य क्षेत्रमा पनि लागु गर्न भनेका छौँ ।”

यसका लागि एनसेल र एनटीसी जस्ता दूरसञ्चार कम्पनीसँग सहकार्य गर्न भनिएको उनले बताए । एसएमएस भन्दा कल महँगो भएकाले सोही अनुसार बजेटको व्यवस्था समेत निर्देशन दिइएको छ ।

यस्तै यातायातका क्रममा बाढी पहिरोको विपद्मा भए तत्काल उद्दार गर्न, जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरूको स्थानान्तरण, उद्धार तथा राहत व्यवस्थापन गर्न, पीडितलाई तत्काल राहत वितरण लगायतका निर्देशन दिइएको हो । 

पछिल्लो अध्यावधिक: असार १२, २०८२ १८:२९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रतिनिधिसभा बैठक अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले विद्यालय शिक्षा विधेयकका सन्दर्भमा पुनः परामर्श तथा समन्वय उपसमितिको बैठकमा छलफल गर्ने भएको छ ।

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको बैठकमा विधेयकका केहि बुँदामा सहमति हुन नसकेपछि शुक्रबार पुन परामर्श तथा समन्वय उपसमितिको बैठकमा छलफल गर्न लागिएको हो । 

बिहीबार दिनभर उपसमितिको बैठक बसेपछि निष्कर्ष भने निस्कन सकेन । त्यसपछि बसेको समितिको पूर्ण बैठकमा निजी विद्यालयको व्यवस्थापनका बिषयमा सांसदहरुले फरक फरक धारणा आएपछि शुक्रबार बिहान पुनः उपसमितिको बैठक बस्ने र त्यसपछि समितिको बैठक बसेर विधेयकलाई पारित गर्ने समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिए ।

Ncell 2
Ncell 2

शुक्रबार बिहान ९ बजे परामर्शको बैठक बस्ने र साढे ११ बजे समितिको बैठक बस्ने उनले बताए । बैठकमा समिति सदस्यहरुले निजी विद्यालयको व्यवस्थापनका विषयमा फरक फरक धारणा राखेका थिए । 

बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अबको १५ बर्षसम्म पनि निजी विद्यालयलाई निषेध गरेर जान नसकिने बताए । उनले नयाँ निजी विद्यालय खोल्न दिनुपर्ने बरु नियमनको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिए । 

त्यस्तै एमाले सांसद विद्या भट्टराईले संविधानले अनिवार्य र निःशुल्क भनेको अवस्थामा संविधानको कार्यान्वयन गर्न बनाउन लागि ऐन संविधानसंग बाझिन नहुने तर्क गरिन् । उनले अनिवार्य निशुल्क शिक्षा ऐन कार्यान्वयनमा रहिरहेको अवस्थामा नयाँ ऐनले त्यसमा बाधा उत्पन्न गर्न नहुने धारणा राखिन् । 

त्यस्तै माओवादी सांसद रेखा शर्माले निजि विद्यालयलाई खुल्ला छोड्न उचित नहुने उल्लेख गरिन् । उनले नि:शुल्क शिक्षाका बारेमा संविधानमा रहेका विषयलाई कार्यान्वन गर्न नसके संविधान संशोधन गर्न सुझाव दिइन् । 

विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल विकास (ईसीडी)का बिषयमा पनि सहमति जुट्न सकेको छैन । समितिले भने शुक्रबार नै विधेयक पारित गरेर शनिबारको प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ । यसअघि गत बैंशाखमा आन्दोलनरत शिक्षक महासंघसँग १५ असारभित्र ऐन जारी गर्ने सहमति भएको थियो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको छ।

बिहीबार रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सक जयदेव यादवलाई ३० प्रतिशत क्षतिपूर्ति तिराउने फैसला  गरेको हो।

अस्पतालले १ करोड १ लाख ८० हजार रुपैयाँ र चिकित्सकले ४३ लाख ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको हो।

२०७९  माघ २३ गते गंगा गौतमले आफ्नो २८ महिनाकी छोरी प्रशंसालाई उपचारका लागि अस्पताल लगेको र उपचारमा लापरबाही गरिएका कारण उनको मृत्यु भएको दाबी अभिभावकले अस्पतालमै लामो समय आन्दोलन गरेका थिए। त्यसपछि नेपाल मेडिकल काउन्सिलमा उजुरी गरेका थिए। 

काउन्सिलले उपचारमा संलग्न चिकित्सकको लापरबाही ठहर्‍याउँदै चेतावनी दिने निर्णय गरेको थियो। काउन्सिलको निर्णयमा भनिएको छ,  ‘२८ महिनाकी प्रशंसा गौतम नामकी बालिकालाई हिमाल अस्पतालमा चिकित्सकको सल्लाह बमोजिम नियमित चेकजाँच र उपचार गरेको भएपनि रोगका कारण उत्पन्न जटिलता हुँदासम्म थप कुनै जाँच नगराएको र बिरामीको अवस्था जटिल भै अन्यत्र प्रेषण गर्दा सावधानी र न्युनतम उपचार विधि नअपनाएको र इन्ट्युबेशन नगरेको देखिएको हुनाले वालरोग विशेषज्ञ डा. जयदेव यादवलाई अब आइन्दा स्तरीय उपचार विधि प्रयोग गर्न तथा प्रेशण गर्दा उचित सावधानी अपनाउन निजलाई चेतावनी दिने।’

मुद्दा  जिल्ला अदालत काठमाडौंमा दायर गरिएको थियो। उपभोक्ता अदालत गठन भएपछि गत चैतमा उक्त मुद्दा उपभोक्ता अदालतमा सरेको थियो।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । भारतको अघोषित नाकाबन्दीले ग्यास नभएर खाना खानै समस्या भएपछि वसुन्धरा अटो एन्ड इन्जिनियरिङ वर्क्सका सञ्चालक शिवरुद्र कर्माचार्यले विद्युत्‌बाटै चल्ने एउटा मसिन बनाए । ब्याट्री वा बिजुलीबाट चलाउन सकिने लाम्चो आकारको उक्त मसिनमा फोहोर प्लास्टिक र दाउराहरू हालेर आगो बाल्न सकिन्थ्यो । 

“कतै काम नलागे सेकुवा बनाउन भए पनि हुन्छ भनेर बनाएको थिएँ । त्यो मसिनमा हामीले नाकाबन्दीको समयमा खाना बनाएर खायौँ ।” नाकाबन्दी हटेपछि त्यो मसिन एउटा कुनामा थन्कियो र कर्माचार्य आफैँले पनि बिर्सिए । 

२०७७ को अन्त्यतिर नेपालमा कोरोनाको महामारी सुरु भयो । कोभिड-१९ को सङ्क्रमणले मानिसहरूको मृत्यु हुन थाल्यो । एक दिन महामारीले ज्यान गुमाएका व्यक्तिहरूको शव विद्युतीय शवदाह मसिनमा जलाएको समाचारमा उनको नजर पर्‍यो । 

त्यसपछि कर्माचार्यले पहिला नै बनाएको मसिन सम्झिए । अनि त्यसमा केही परिमार्जन गरेर शवदाह मसिन बनाउने परिकल्पना गरे । र आफ्नो कारखानामा शवदाह मसिन बनाउने काम थाले । “आफैले बनाउनुभन्दा अघि अरूले बनाएको शवदाह मसिन हेरेको पनि थिइनँ । बरु मसिन बनाइसकेपछि पशुपति विकास कोषका कर्मचारीहरूसँग गएर त्यहाँको विद्युतीय शवदाह मसिनले कसरी काम गर्दो रहेछ भनेर हेरेँ,” उनले सुनाए । 

शवदाह मसिन बनाउनका लागि उनी कारखानामा राति २ बजेसम्म काम गर्थे । मेकानिकको दिमाग न हो, केही न केही नयाँ बनाउन मन लाग्छ । काम गर्न थालेपछि उनी खान पनि बिर्सिन्छन् । रात दिन लगाएर ६ महिनामा मसिन तयार भयो । 

कर्माचार्यका अनुसार शवदाह मसिनमा प्रयोग भएका पङ्खा लगायतका सबै सामग्री नेपालकै हुन् । बिग्रिएको पानी तान्ने मोटरलाई त्यसमा राखेका छन् । “मसिनमा मैले प्रयोग गरेका सामान सबै नेपाली नै हुन् । विदेशबाट किनरै ल्याउनु परे मोटर मात्र ल्याए पुग्छ । यसको केही पनि सामान बिग्रिए पनि म तुरुन्तै बनाउन सक्छु ।” 

कस्तो छ नेपालमै बनेको शवदाह मसिन ?

६ फिट लम्बाइ र ३.५ फिट चौडाइको उक्त शवदाह मसिनको तौल करिब ८०० केजी छ । त्यस भित्र शव राख्न मिल्ने खालि भाग छ भने बाहिरबाट चारपाटे फलामले मोडिएको छ । उक्त मोहोडामा चार पत्र फलाम राखिएको छ । यसले गर्दा मसिन भित्र आगो बलिरहेको समयमा बाहिरी भाग तात्दैन । मसिनमा चार ओटा पङ्खा जडान गरिएका छन् । 

ती पङ्खाले मसिनभित्र हावा दिने काम गर्छन् । पङ्खा चलाउन मोटर राखिएको छ । मोटरबाट कति हावा दिने, सोही अनुसार एउटा, दुइटा वा चारै ओटै पङ्खा चलाउने विकल्प रोज्न सकिन्छ । 

शव जलाउनका लागि मसिनमा कपडा र तेल हालेर सल्काउनुपर्ने र बाँकी काम मसिनले नै गर्ने उनी बताउँछन् । “मसिन बाल्दा सुरुमा अलिअलि धुवा आउँछ । तर राम्रो सँग सल्किन थालेपछि धुवा र गन्ध दुबै हराउँछ,” कर्माचार्य भन्छन् । 

मसिनभित्र शवलाई अड्याउन फलामका रड राखिएका छन् । छेउमा सानो ढोका बनाइएको छ । त्यो ढोका खोलेर रडलाई बाहिरसम्म निकाल्न सकिन्छ र शव राखेर भित्र धकेल्न मिल्छ । त्यसपछि पुनः ढोका बन्द गरिन्छ । मसिनको माथिल्लो भाग खुला राखिएको छ । 

“एक जना साधु मसिन हेर्न आएका थिए । तीनले मलाई ऋग्वेदमा दाहसंस्कार गर्दा खुला राखेर गर्नुपर्छ भनेर लेखेको कुरा सुनाएका थिए । म आफैँले त वेद पढेको छैन, तर धर्म संस्कारलाई नबिथोल्ने गरी प्रविधिको प्रयोग गरेर यो मसिन बनाएको हुँ ।” 

मसिनमा शव बलिरहेको समयमा वरिपरि मलामी बस्दा पनि गन्ध वा तापले असर नगर्ने उनको दाबी छ । यस्तै उक्त मसिनमा एउटा शव जलेर खरानी बन्न आधा घण्टादेखि ४५ मिनेटसम्म लाग्ने अनुमान छ ।  

यसअघि उनले एउटा मसिन बनाएर राष्ट्रिय आविष्कार केन्द्रलाई पनि दिएका थिए । “उहाँहरूले मसिन बनाउँदा लागेको सबै खर्च ब्यहोर्नु भयो । अहिले मसँग भएको भन्दा पनि ठुलो मसिन बनाएर दिएको थिएँ,” उनले भने । केन्द्रलाई दिएको मसिनमा शव हाल्नु परेमा मसिनको माथिबाट हाल्ने गरी बनाइएको थियो ।” 

तर, माथिबाट राखिने भन्दा छेउबाट राख्न मिल्ने मसिन राम्रो हुने भन्दै धेरैले सुझाव दिएपछि हालको मसिन बनेको थियो । उक्त मसिन काठमाडौँकै कीर्तिपुर नगरपालिकाको खर्चमा तयार पारिएको हो । नगरपालिकाले शवदाह भवन बनाएपछि सो मसिन लैजाने छ । 

“अहिलेसम्म शव राखेर परीक्षण गर्न पाएको छैन”

गत वर्ष नै कर्माचार्यले मसिन तयार पारेका हुन् । तर शवदाहका लागि बनाइएको मसिन वास्तवमा सोचे जसरी काम गर्छ की गर्दैन भनेर उनले अहिलेसम्म परीक्षण गर्न पनि पाएका छैनन् । 

कर्माचार्य भन्छन्, “मेरो क्षमताबाट सकेजति परीक्षण गरिसकेँ । तर मानिसको शव नै त म आफैँले जलाएर हेर्न मिलेन । कुनै बेवारिसे शव परीक्षणका लागि जलाउने व्यवस्था सरकारी निकायबाट मिलाइ दिए हुन्थ्यो ।”

उनले हालसम्म एक पटकमा सय केजी राँगोका मासु, मरेका बाछा, हड्डीहरू जलाएर भने परीक्षण गरिसकेका छन् । परीक्षणका क्रममा आधा घण्टामै  सबै जलेर खरानी भएको उनले सुनाए । परीक्षण गर्न नपाएको समस्यालाई पशुपति विकास कोषमा एक दुई पटक भन्दा खासै वास्ता नभएको उनले बताए । 

त्यसपछि उनी कारखानाका अन्य काममा व्यस्त भए ।  “म मेकानिक मान्छे हो । म जे बिग्रिएर ल्याए पनि बनाउन सक्छु । नयाँ नयाँ कुराहरू पनि आविष्कार गरिरहेको हुन्छु । तर, प्रशासन र कानुन खासै जान्दिनँ । सरकारले प्रमाणीकरणमा चासो देखाए सजिलो हुन्थ्यो,” उनी भन्छन् ।

सरकारले प्रमाणीकरणको व्यवस्था मिलाइ दिए जलाएर दाहसंस्कार गर्ने क्षेत्रमा आफ्नो मसिन निकै प्रभावकारी हुने उनले बताए । यस्तो मसिन ठुलो मात्रामा भारत समेत निर्यात गर्न सकिने सम्भावना कर्माचार्यले देखेका छन् । 

“तर प्रमाणीकरण नै भएको छैन । सरकारले बेवारिसे शव मिलाइ दिएर मसिनको परीक्षण गर्न पाए हुन्थ्यो । विशेषज्ञ टोली आएर मसिनमा केही कमी कमजोरी भए, यस्तो कुरा सुधार गर्नुस् भनेर सुझाव दिए पनि हुन्थ्यो ।” मसिन हाल ८ लाख रुपैयाँसम्ममा तयार भइरहेका छन् । प्रमाणीकरण भएमा टन्नै मसिनहरू बनाउन सकिने उनले बताए । 

उनले भने, “विदेशबाट करोडौँ खर्च गरेर यस्ता मसिन नेपालमा ल्याउँछन् । तर नेपालमा नै बनेको यति राम्रो मसिनको भने सरकारी निकायले प्रमाणीकरणका लागि वास्ता नै गरेका छैनन् ।” 

बसुन्धारामास्थित उनको कारखानामा गाडीका पार्ट पुर्जा निर्माणको काम गरिन्छ । उक्त मसिन कारखानामा राख्ने ठाउँ नभएपछि गुह्येश्वरी स्थित कर्माचार्यको घरको छेवैमा टहरा बनाएर राखिएको छ । 

फोहोर जलाउने मसिन पनि बनाउने योजना

कर्माचार्यले मसिन बनाएको सुनेपछि केही समय अघि जापानी नागरिकहरू पनि अवलोकनका लागि आएका थिए । “मैले बनाएको मसिन हेर्न जापानी पनि आए । त्यहाँ यस खालका मसिनमा काम नलाग्ने प्लास्टिकहरू जलाउने काम हुँदै रहेछ । उनीहरूले ‘हाम्रोमा भन्दा राम्रो बनाउनु भयो’ भनेर प्रशंसा गरेर गए । फेरि आउँछौँ भनेका छन्,” उनले थपे ।  

त्यसपछि उक्त शवदाह मसिनकै प्रविधिमा रहेर अनावश्यक फोहर जलाउने मसिन बनाउने योजना पनि उनले बनाएका छन् । “यो मसिन त मैले शव दाहकै लागि बनाएको हुँ । तर यसको आकारमा परिवर्तन गरेर फोहोर जलाउने मसिन पनि बनाउने सोचमा छु ।” फोहोर जलाउँदा धेरै धुवा आउने भएकाले त्यसमा चिम्नी पनि थप्ने योजना उनले बनाएका छन् । 

उमेरले ६५ वर्षका कर्माचार्यसँग कुनै औपचारिक डिग्री छैन । उनले बालाजु स्थित एक वर्कसपमा काम गर्दा २०३४ सालमा ६ महिना मेकानिक सम्बन्धी तालिम लिएका थिए । त्यस बेला एसएलसीको टेस्ट पास गरेका तर, एसएलसी फेल भएकालाई चाबहिलमा तीन वर्षे मेकानिकल तालिम दिइन्थ्यो । तर आफूले टेस्ट समेत पास नगरेकाले ६ महिने तालिम मात्र लिन पाएको उनी सुनाउँछन् । 

उक्त तालिम लिएपछि कर्माचार्यले आफ्नै वर्कशप सञ्चालनमा ल्याए । जहाँ उनले ट्रली बस हुँदै पेट्रोलियम गाडी र हाल विद्युतीय पार्ट पुर्जा बनाउने काम गरिरहेका छन् । उनको वर्कशपमा २२ जनाभन्दा धेरै कर्मचारी काम गर्छन् । 

उनी भन्छन्, “मेरोमा काम गर्नेहरू पनि धेरै पढेका कोही छैनन् । सबैलाई मैले नै काम सिकाएको छु । म भइँन भनेपनि उनीहरूले काम गर्न सकून् भनेर आफूले जानेको जति सिकाउँछु ।” डिग्रीले मात्र नभएर जिज्ञासा र अनुभवले धेरै कुरा सिकाउने उनको विश्वास छ । त्यही आत्मविश्वासको बलमा बेला बेला नयाँ नयाँ मसिनहरू आफैँ बनाउँछन् ।  उनले अस्पतालमा बिरामीको शल्यक्रियामा प्रयोग हुने अपरेसन टेबुल, तार जाली बनाउने मसिन, हाइड्रोलिक मसिन लगायतमा अन्य मसिन समेत बनाइ सकेका छन् । 

पछिल्लो अध्यावधिक: असार १२, २०८२ २०:१९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– दृष्टि न्यूज डटकमका सञ्चालक एवम अध्यक्ष सम्भु श्रेष्ठ र कार्यकारी सम्पादक एमपी सुब्बालाई २५–२५ हजार धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष एवम न्यायाधीश टेकनारायण कुँवर नेतृत्वको पुर्ण इजलासले बिहीबार दुबै जनाको बयान र थुनछेक बहसपछि १५–२५ हजार धरौटीमा छोड्न आदेश दिएको हो ।

Ncell 2
Ncell 2

दृष्टि मिडियाका तर्फबाट कानुन व्यवसायी दिनेश त्रिपाठी, डेकेन्द्र सुवेदी, अनन्तराज लुइँटेललगायतका अधिवक्ताले बहस गरेका छन् ।

भने वादीको तर्फबाट विशेष अदालत बार एशोसिएसनका अध्यक्ष टीकाबहादुर कुँवर, युवराज बन्जाडे, सन्तोष कोइराला, परशुराम आचार्य, रामचन्द्र गौतमसहितका अधिवक्ताले बहस गरेका छन् । इजसालले यहि असार १५ मा साक्षी बकपत्रका लागि समय तोकेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । अभिनेत्री सुरक्षा पन्त एउटा टेलिभिजन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारबारे दिएको अभिव्यक्तिका कारण विवादमा तानिइन् । सामाजिक सञ्जालमा उनको आलोचना हुन थालेपछि गत १२ वैशाखमा अभिनेत्री ऋचा शर्माले पन्तको समर्थनमा फेसबुक पोस्ट गरिन् ।

त्यही पोस्टलाई लिएर ‘इनबक्स’मा अश्लील शब्द प्रयोग गर्दै मेसेज पठाउने बाबुराम धिताल नामक प्रयोगकर्ताको स्क्रिनशट शर्माले भोलिपल्टै सार्वजनिक गरी दिइन् । शर्माले स्क्रिनशट सार्वजनिक गरेपछि सामाजिक सञ्जाल प्रयोगकर्ता धितालमाथि खनिए । अत्यधिक नकारात्मक टिप्पणी आउन थालेपछि धितालले माफी माग्दै पोस्ट हटाइ दिन अनुरोध गरे र शर्माले सो पोस्ट डिलिट गरी दिइन् ।

त्यसैगरी शर्मा र पन्तलाई अभद्र शब्द प्रयोग गरी मेसेज पठाउने सम्राट ठकुरीको स्क्रिनशट पनि शर्माले १४ वैशाखमा सार्वजनिक गरिन् । व्यापक आलोचना र दबाबपछि ठकुरीले भिडिओ मेसेज मार्फत माफी मागे र पछि शर्माले उनको स्क्रिनशट पनि हटाइ दिइन् । यही क्रममा उनले अभद्र सन्देश पठाउने जनक खड्का नामक अर्का प्रयोगकर्ताको स्क्रिनशट पनि त्यसैगरी सार्वजनिक गरिन् ।

सामाजिक सञ्जालमा ठुलो सङ्ख्यामा फलोअर भएकी शर्माले एकपछि अर्को गर्दै दुर्व्यवहार गर्नेहरूको पहिचान खुलाउन थालेपछि यस्ता गतिविधिमा केही कमी आयो । खासगरी शर्मालाई नकारात्मक कमेन्ट गर्नेहरू हच्किए ।

शर्माको यो शैली अन्य कलाकारले पनि अपनाउन थाले । मोडेल प्रिज्मा खतिवडाले पनि यस्तै समस्याको सामना गरिन् । एउटा टेलिभिजन अन्तर्वार्तापछि विवादमा तानिएकी खतिवडालाई सामाजिक सञ्जालमा अभद्र शब्द प्रयोग गरी कमेन्ट आउन थाले । 

प्रतिकारमा खतिवडाले उक्त कमेन्टको स्क्रिनशट कमेन्ट गर्ने व्यक्तिको परिवारका सदस्यलाई नै पठाइ दिइन् । परिवारलाई मेसेज पठाएको भिडिओ खतिवडाले टिकटकमा राखेपछि उनका समर्थक ती प्रयोगकर्तामाथि खनिए ।

त्यसैगरी मोडल ईभा गिरीले एक पत्रिकामा प्रकाशित आफ्नो फोटोलाई लिएर बलात्कारको धम्की दिने व्यक्तिको प्रोफाइल नै आफ्नो इन्स्टाग्राम स्टोरीमा सार्वजनिक गरी दिएको एक पोडकास्टमा बताएकी छिन् । पछि ती व्यक्तिले गिरीका समर्थकबाट हैरानी खप्नु परेको भन्दै पोस्ट हटाउन अनुरोध गरे र नहटाएमा गिरीकै नाम लिएर आत्महत्या गर्ने धम्की दिए । त्यसपछि गिरीले उक्त स्टोरी हटाइन् ।

यो क्रम रोकिएन । कलाकारलाई त्यसमा पनि महिला कलाकारलाई लक्षित गरी नकारात्मक र अपाच्य शब्द प्रयोग गरी कमेन्ट गर्नेहरू बढ्दै गए । पछिल्लो समय गायिका एलिना चौहान र समीक्षा अधिकारीले पनि आफूलाई अभद्र टिप्पणी गर्ने प्रयोगकर्ताहरूको स्क्रिनशट नियमित रूपमा सार्वजनिक गरिरहेका छन् ।

सामाजिक सञ्जालमा आफूमाथि नकारात्मक टिप्पणी गर्नेहरुको विवरण सार्वजनिक गर्न थालेकी गायिका समीक्षा अधिकारीले साइबर ब्युरोको निष्क्रियताका कारण आफू यो कदम चाल्न बाध्य भएको टेकपानालाई बताइन् ।

विगतमा आफ्नो चरित्रमाथि औँला उठाएर बोल्ने धेरैको नाममा साइबर ब्युरोमा उजुरी दिए पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ । “मैले सुरुवाति दिनदेखि नै धेरै जना विरुद्ध ब्युरोमा उजुरी दिएकी थिएँ । तर आजसम्म उनीहरूलाई केही कारबाही नै भएन,” अधिकारीले भनिन्, “ब्युरोले उजुरीमा खासै मतलब नगर्ने, अनुसन्धान नै नगर्ने रहेछ ।”

पछिल्लो समय एआई प्रयोग गरेर आफ्नो चरित्र हत्या गर्ने भिडिओ बनाउने व्यक्तिबारे उजुरी दिँदा समेत ब्युरोले वास्ता नगरेको उनको गुनासो छ । “त्यो मान्छे खुलेआम हिँडिरहेको छ, तर कारबाही भएको छैन । यसलाई ब्युरोले बेवास्ता गरेकै भन्नु पर्‍यो,” उनले भनिन् ।

ब्युरोले सुनुवाइ नगरेपछि आफू नै नकारात्मक कमेन्ट गर्नेहरूलाई सार्वजनिक गर्न अग्रसर हुनु परेको उनले बताइन् । “अब म आफैँले यस्ता व्यक्तिलाई समात्ने हो । जसले नकारात्मक कमेन्ट गर्छ, त्यसलाई सामाजिक सञ्जालमा सार्वजनिक गरी दिने तरिका अपनाएकी हुँ,” उनले भनिन् । 

आफ्नो यो कदम कसैलाई दुःख दिने नियतले नभइ केवल गल्तीको महसुस गराउनका लागि लिएको उनले स्पष्ट पारिन् । “मलाई यस्ता कमेन्टले अब केही फरक पर्दैन, म धेरै कुरा सहेर यहाँसम्म आएकी हुँ,” उनले थपिन्, “म त उहिले नै ‘मुभ अन’ भइसकेकी हुँ । तर अरूको चरित्रमाथि औंला उठाउँदा कस्तो हुँदो रहेछ भन्ने कुरा उनीहरूले पनि महसुस गरुन् भन्ने मात्र मेरो चाहना हो ।”

उनका अनुसार यसरी विवरण सार्वजनिक गरेपछि धेरैले मेसेन्जरमा आएर आफ्नो गल्ती स्वीकार्दै माफी मागिरहेका छन् । “पोस्ट हालेपछि उनीहरूलाई गल्ती रियलाइज त भयो नि !,” उनले भनिन्, “एक जनाले त अहिले पनि मेसेज गरेर ‘बहिनी प्लिज, मबाट गल्ती भयो’ भनी रहनु भएको छ ।”

सामाजिक सञ्जालमा फेसबुक र टिकटक दुवै तिरबाट आफूलाई नकारात्मक मेसेज आउने गरेको उनले जानकारी दिइन् । अरूको गोपनीयताको ख्याल गर्दै आफूले कमेन्ट गर्ने व्यक्तिको मात्र विवरण राख्ने र परिवारका सदस्यहरूको अनुहार ब्लर (धमिलो) गर्ने गरेको पनि उनले बताइन् ।

उनकै लयमा गायिका एलिना चौहान पनि देखिन्छिन् । “प्रहरीले कुनै कारबाही गर्दैन । प्रहरीले पनि कतिलाई कारबाही गर्ने ? कसरी साध्य हुन्छ, यत्तिका सबैलाई कार्बाही गर्न ? प्रहरीमा उजुरी दिँदा कुनै नतिजा नआएपछि मैले पनि यस्तो अभियान चलाएको हुँ,” चौहानले टेकपानासँगको कुराकानीमा बताइन् । 

नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी भने सामाजिक सञ्जालमा देखिने विकृतिलाई दण्ड र कारबाहीले मात्रै समाधान गर्न नसकिने बताउँछन् । उनका अनुसार सामाजिक सञ्जाल प्रयोगकर्ताको सङ्ख्या यति विशाल छ कि घृणायुक्त अभिव्यक्ति दिने सबैलाई पक्राउ गरेर साध्य नै छैन । त्यसैले दण्डात्मकभन्दा नियन्त्रणमूखी उपाय अपनाउनु बुद्धिमानी हुन्छ ।

उनले ‘साइबर’ आफैँमा अपराध नभई एउटा माध्यम मात्र भएको प्रस्ट्याउँदै यसैका आधारमा बनाइएका कानुनको समीक्षा गर्नुपर्नेमा जोड दिए । “साइबर माध्यम हुँदैमा हरेक विषय साइबर अपराध हुँदैन,” मल्लले भने, “यसका लागि विद्युतीय कारोबार ऐनमा भएका कतिपय व्यवस्थामाथि नै सरकारले पुनर्विचार गर्न जरुरी छ ।”

प्रहरीको क्षमता वृद्धिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिँदै उनले भने, “अहिलेकै अवस्थामा प्रहरीको डिजिटल फरेन्सिक ल्याबमा आएका उजुरीको चाङ फर्छ्यौट गर्न ३-४ वर्ष लाग्ने अवस्था छ । स्रोत, साधन र जनशक्ति नदिई प्रहरीलाई मात्रै नियन्त्रण गर भन्नु व्यवहारिक हुँदैन ।”

सामाजिक सञ्जालमा हुने गालीगलौज र घृणायुक्त टिप्पणीलाई बेवास्ता गर्नु पनि पीडितका लागि उत्तम उपाय हुन सक्ने उनले सुनाए । आफ्नो अनुभव उल्लेख गर्दै मल्लले भने, “मलाई पनि सामाजिक सञ्जालमा धेरै गाली आउँछन्, तर म त्यस्ता टिप्पणी हेर्दिनँ र पछि पनि लाग्दिनँ । कतिपय अवस्थामा यस्ता गतिविधिलाई बेवास्ता गर्दा ती आफैँ निस्तेज हुन्छन् ।”

घृणायुक्त टिप्पणी लेख्ने व्यक्ति आफैँ पनि सचेत हुनुपर्नेमा जोड दिँदै उनले भने, “मानिसहरूले सामाजिक सञ्जालमा आफू र पीडित मात्रै छौँ भन्ने सोच्छन् । तर त्यो गलत हो । त्यहाँ उनीहरूलाई परिवार, आफन्त र सारा समाजले हेरिरहेको हुन्छ । आफ्नो परिवारले देख्दा के सोच्लान् भन्ने मात्रै विचार गर्ने हो भने पनि यस्ता गतिविधि धेरै कम हुन्छन् ।” 

कलाकारहरूले नकारात्मक र अश्लील तथा अपाच्य शब्द टिप्पणी गर्ने प्रयोगकर्ताको स्क्रिनशट सार्वजनिक गरिसकेपछि ती प्रयोगकर्तालाई हुने आत्मग्लानीले पनि डीआईजी मल्लको भनाइ पुष्टि गर्छ । “अब कमेन्ट गर्दिनँ, मलाई अन्तिम पटक माफ दिनुहोस् । मबाट अनजानमा गल्ती भयो” भन्ने महसुस त्यति बेला मात्र भएको छ, जति बेला कलाकारले पोस्टका रूपमा स्क्रिनशट सार्वजनिक गर्छन् । कमेन्ट गर्दा कसैलाई थाहा हुन्न भन्ने मान्यता राखेर पनि धेरैको नकारात्मक कमेन्ट र इनबक्समै गाली गर्ने गरेको पनि देखिन्छ । यसका पछाडिको कारण नैतिक शिक्षाको कमी रहेको डीआईजी मल्ल ठान्छन् ।

“पहिले कलाकारलाई मुस्किलले पत्रिकामा मात्र देख्न सकिन्थ्यो । प्रत्यक्ष संवाद वा अन्तर्क्रिया गर्न सक्ने अवस्था थिएन । अहिले सामाजिक सञ्जालले यसलाई सहज बनाएको छ । तर, सामाजिक सञ्जालमा के गर्ने र के नगर्ने भन्ने विषयमा नैतिक ज्ञान नहुँदा यस्ता गतिविधि बढ्दै गएको देखिन्छ,” मल्लले थपे ।

सामाजिक सञ्जालमा कलाकारले आफूलाई घृणायुक्त टिप्पणी गर्नेको प्रोफाइल सार्वजनिक गर्न थालेको विषयमा साइबर ब्युरोले ध्यानाकर्षण भएको जनाएको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले उजुरीको चाप र सीमित स्रोत साधनका कारण सबै घटनामा तत्कालै अनुसन्धान गर्न सम्भव नहुने स्पष्ट पारे । 

कलाकारले आफूलाई सामाजिक सञ्जालमा दुःख दिने प्रयोगकर्ताको विरुद्धमा चलाएको अभियानबारे टिप्पणी गर्दै उनले भने, “उहाँहरूलाई यसरी आफ्नो कुरा राख्दा शान्ति मिल्छ भने त्यो उहाँको व्यक्तिगत रोजाइ हो । तर, कानुनी प्रक्रियाभन्दा बाहिर गएर गरिने यस्ता गतिविधिले भोलि उहाँलाई नै नकारात्मक असर पार्न पनि सक्छ ।”

ब्युरोले राजनीतिक पहुँचका आधारमा मात्र काम गर्ने गरेको आरोपलाई खण्डन गर्दै अवस्थीले पछिल्लो १०-११ महिनामा मात्रै यस्ता प्रकृतिका १,२६२ ओटा उजुरी दर्ता भएको जानकारी दिए । उनले भने, “हामी कहाँ माननीय र सम्माननीय व्यक्तिहरू विरुद्ध गरिएका पोस्ट र कमेन्टका उजुरी पनि थुप्रै छन् । जसमा हामीले अनुसन्धान अगाडि बढाउन सकेका छैनौँ । स्रोत साधन र प्रविधिको सीमितताका कारण सबै घटनालाई प्राथमिकतामा राख्न सकिँदैन ।”

ब्युरोले केही गरेको छैन भन्दै आफ्नो तरिकाले सार्वजनिक गर्नुभन्दा अन्य कानुनी विकल्पबारे पनि सोच्न सकिने उनले सुझाए । “यदि ब्युरोले कुनै कारणवश उजुरी हेर्न सकेन भने पीडितले सिधै जिल्ला अदालतमा पनि निवेदन दिन सक्ने कानुनी व्यवस्था छ,” अवस्थीले भने, “ब्युरोमा हजारौँ उजुरी आउँछन्, तर हाम्रो क्षेत्राधिकार, प्राविधिक जटिलता र जनशक्तिको अभावले गर्दा सबैमा सफल भइन्छ भन्ने पनि छैन ।”

उनले कुनै पनि उजुरीलाई बेवास्ता नगर्ने, तर अनुसन्धान प्रक्रियाले समय लिने भएकाले धैर्यता अपनाउन पनि आग्रह गरे । हरेक उजुरीलाई ब्युरोले एउटै दृष्टिकोणले हेर्ने गरेको बताउँदै उनले नेपाल प्रहरी युरोप वा अमेरिकाको जस्तो प्रविधिमा सम्पन्न नभएकाले सबैले वास्तविकता बुझिदिनुपर्ने बताए ।

पछिल्लो अध्यावधिक: असार १२, २०८२ १९:१८





सामाग्री श्रोत :
टेक पाना

लमजुङ– लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक अमेरिकन ‘अस्फाल्ट’ प्रविधिको कालोपत्रे सुरू भएको छ। 

यस खण्डअन्तर्गत उदिपुर–रिठ्ठेबगर–नौथर सडकमा केही दिन अघिदेखि कालोपत्रे सुरू भएको हो।

गण्डकी प्रदेश सरकारले ‘एक पालिका, एक सडक’ पुर्‍याउने अभियानअन्तर्गत कालोपत्रे गर्न सुरु गरिएको पूर्वाधार विकास कार्यालय लमजुङका सूचना अधिकारी नरेशराज जोशीले बताए। उनका अनुसार पालिकाको केन्द्र जोड्ने यो सडक सात दशमलव १२१ किलोमिटर रहेकामध्ये चालु आर्थिक वर्षमा तीन किमी कालोपत्रे भइरहेको छ।

यो प्रविधिबाट गरिएको कालोपत्रे टिकाउ, दिगो, र उत्कृष्ट रहेको सूचना अधिकारी जोशीको भनाइ छ। आगामी दसैँ तिहारसम्ममा सबै सडक कालोपत्रे भइसक्ने लक्ष्य रहेको उनले बताए। उनका अनुसार अहिले बेँसीसहर नगरपालिका वडा नम्बर १ उदिपुर बजार तल मर्स्याङ्दी नदी पारीबाट कालोपत्रे सुरु गरिएको हो।

जोशीले भने, “यस सडकको काम केही वर्षअघि सम्पन्न हुनुपर्नेमा ठेकेदारले समयमा काम नगर्दा पटक पटक म्याद थप गरेर पनि सम्पन्न हुन नसक्दा ढिलाइ भएको हो।”

Ncell 2
Ncell 2

उनका अनुसार सम्झौता अनुसार वि.सं. २०७९ असार २ गतेभित्र कालोपत्रे गरिसक्नुपर्ने भए पनि कोभिडका कारण निर्माण सुरु गर्न ढिलाइ भएको देखाउँदै निर्माण कम्पनीले विसं २०७९ पुससम्म सक्ने गरी जिम्मेवारी पाएको थियो।

उक्त समयभित्र पनि निर्माण सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै विसं २०८० असार २९ गतेसम्म सम्पन्न गर्नुपर्नेमा सो अवधिमा सम्पन्न नभएपछि विसं २०८१ मङ्सिर २८ गतेसम्म समयसीमा ताकिएको थियो। 

“सो समयसम्म पनि निर्माण सम्पन्न नहुँदा हालसम्म पनि म्याद थप हुन सकेको छैन। म्याद थपका लागि मन्त्रालयमा पठाइएको छ। केही दिनमा विवरण आउने छ”, उनले भने। 

सडकको निर्माणका लागि कन्टेक निर्माण प्राइभेट लिमिटेड काठमाडौँले वि.सं. २०७७ असार ३ गते सम्झौता गरेको थियो। प्रदेश सरकारको रु २६ करोड २९ लाख छ हजार २२५ लगानीमा निर्माण भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। 

कार्यालयका अनुसार यस वर्ष मात्र रु चार करोड १० लाख कार्यालयले भुक्तानी गरेको छ भने हालसम्म करिब रु २१ करोड भुक्तानी भइसकेको छ।लामो समयसम्म ठेकेदार कम्पनीले काम नगरेर निर्माणमा ढिलाइ भएको कार्यालयका सूचना अधिकारी जोशीले बताए। 

“पछि सरकारले रकम उपलब्ध गराउन नसक्दा निर्माणमा असर परिरहेको छ। बजेट सुनिश्चितताका लागि सम्बन्धित निकायमा पत्र पठाएका छौँ। तत्काललाई करिब रु दुई करोड लाग्ने अनुमान छ”, उनले भने।

पूर्वाधार कार्यालयका अनुसार बेँसीसहर नगरपालिका–१ उदिपुरबाट बेँसीसहर–११ हुँदै दोर्दी गाउँपालिका–४ मा जोडिन्छ। सोमध्ये सडकको दुई ठाउँमा गरी एक हजार ११३ घनमिटर सडक ढलान गर्ने जनाइएको छ। कालोपत्रे चार सेन्टिमिटरको हुनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ