२०८२ श्रावण १ बुधबार
LATEST NEWS
२०८२ श्रावण १ बुधबार

वन्युजन्तुको चोरी पैठारी रोक्न चितवन राष्ट्रिय निकुञ्जमा ३० ‘स्पाइ’ क्यामेरा

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा मानिसहरूको हलचलको भरमा तस्बिर कैद गर्ने गोप्य क्यामेरा (स्पाई क्यामेरा) हरू जडान गरिएका छन् । वन्यजन्तु र वनस्पतिको संरक्षणका लागि भन्दै चितवन राष्ट्रिय निकुञ्जका भित्री स्थानमा ३० ओटा स्पाई क्यामेरा जडान गरिएको हो ।

निकुञ्जका संरक्षण अधिकृत प्रवचन पौडेलका अनुसार यी क्यामेराहरू कहाँ कहाँ छन् भन्ने जानकारी गोप्य राखिएको छ । क्यामेराहरूमा मोसन-बेस्ड सेन्सर जडान गरिएको  उनले बताए । उनले भने, “यसले क्यामेराको अगाडि कुनै गतिविधि भयो भने तत्काल फोटो खिच्छ । र, तत्कालै रियल टाइममा हामीलाई जानकारी पठाउँछ ।” यस्ता स्पाई क्यामेरा राख्नुको मुख्य उद्देश्य निकुञ्जमा हुने चोरी पैठारीका तथ्याङ्क सङ्कलन गर्नु र निकुञ्जको सुरक्षा बढाउनु रहेको उनले जानकारी दिए । 

पौडेलका अनुसार निकुञ्जमा गोप्य क्यामेरा जडानको काम निरन्तर भइरहन्छन् । तर मौसम अनुसार थप घट भइरहने उनले सुनाए । उनले भने, “आगलागी हुन सक्ने जोखिम भएका मौसममा क्यामेरा हटाइन्छ । अरू बेलामा क्यामेरा थपिन्छ । गत नोभेम्बरदेखि स्पाई क्यामेरा बढाइरहेका छौँ ।” हाल नयाँ पुरानो गरेर ३० ओटा गोप्य क्यामेरा निकुञ्जको निगरानीमा प्रयोग भएको उनले जानकारी दिए । 

पछिल्लो अध्यावधिक: असार ९, २०८२ १८:५५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट