२०८२ असार ९ सोमबार
२०८२ असार ९ सोमबार

नेपाली टिम होरा ई-स्पोर्ट्स पब्जी विश्वकपमा छनोट, जित्यो २९ लाख पुरस्कार

काठमाडौँ । नेपाली पब्जी टिम होरा ई-स्पोर्ट्स साउदी अरबमा आयोजना हुने ई-स्पोर्ट्स विश्वकप २०२५ का लागि छनोट भएको छ । कजाखस्तानको अल्माटीमा भएको ‘पब्जी मोबाइल सुपर लिग (PMSL) मध्य तथा दक्षिण एसिया स्प्रिङ २०२४’ मा दोस्रो स्थान हासिल गर्दै होराले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । 

उपविजेता बनेसँगै होराले २२ हजार ३५० अमेरिकी डलर (करिब २९ लाख ६४ हजार रुपैयाँ) पुरस्कार पनि जितेको छ । आइतबार सम्पन्न फाइनल चरणमा चिनियाँ ई-स्पोर्ट्स टिम ‘फर्स्ट अल्फा गेमिङ’ले उपाधि जित्यो भने होरा ई-स्पोर्ट्स उपविजेता बन्यो । पाकिस्तानको ‘४थ्राइब्स ई-स्पोर्ट्स’ तेस्रो स्थानमा रह्यो ।

ई-स्पोर्ट्स विश्वकपका लागि यी तीन ओटै टिम छनोट भएका छन् । २५ जुलाईदेखि सुरु हुने पब्जी मोबाइल विश्वकपमा ३० लाख अमेरिकी डलर (करिब ४१ करोड ६५ लाख रुपैयाँ) प्राइज पुल राखिएको छ । जसका लागि विश्वभरका २४ टिम भिड्दैछन् । 

प्रतियोगितामा सहभागी अन्य नेपाली टिमहरू डीआरएस गेमिङले ११औं र एएसटी ई-स्पोर्ट्स (ट्राइब एरोमेसी) ले १०औं स्थान हासिल गरे । यसै प्रतियोगितामा होरा ई-स्पोर्ट्सका खेलाडी आकाश ‘स्काई’ राईले एउटै खेलमा सबैभन्दा बढी इलिमिनेसन (Most Eliminations) गर्ने खेलाडीको कीर्तिमान पनि बनाए । ई-स्पोर्ट्स विश्वकपको छनोट चरणको रूपमा रहेको यो प्रतियोगिता जुन १२ देखि २२ सम्म चलेको थियो । 

यसमा मध्य तथा दक्षिण एसियाका २० व्यावसायिक टिमले प्रतिस्पर्धा गरेका थिए, जसबाट १६ टिम फाइनल चरणमा पुगेका थिए । प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख अमेरिकी डलर (करिब २ करोड ६६ लाख रुपैयाँ) रहेको थियो । 

यस प्रतियोगितामा डीआरएस गेमिङ र एएसटी ई-स्पोर्ट्स ‘पब्जी मोबाइल नेसनल च्याम्पियनशिप (पीएमएनसी) दक्षिण एसिया’ बाट क्रमशः पहिलो र दोस्रो हुँदै छनोट भएका थिए भने होरा ई-स्पोर्ट्सले ‘इन्भाइटेड’ टिमको रूपमा सहभागिता जनाएको थियो ।

पछिल्लो अध्यावधिक: असार ९, २०८२ ८:१८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट