काठमाडौँ । एप्पलले सन् २०२६ को अन्त्यतिर आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गर्ने भएको छ । चर्चित एप्पल विश्लेषक मिङ-ची कुओले सार्वजनिक गरेको पछिल्लो सप्लाई चेन एनालिसिस रिपोर्टअनुसार एप्पलले यसका लागि आवश्यक पर्ने फोल्डेबल डिस्प्ले प्यानल सामसङ डिस्प्लेबाट खरिद गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

रिपोर्टका अनुसार एप्पलको एसेम्बली साझेदार फक्सकनले सन् २०२५ को तेस्रो वा चौथो त्रैमासिकबाट यो परियोजनामा काम सुरु गर्नेछ । सन् २०२६ को दोस्रो अर्धवार्षिकदेखि यसको मास प्रडक्सन सुरु हुने सम्भावना छ ।
‘लिक्विडमेटल हिन्ज’ सहित फोनका अधिकांश अन्य पाटपुर्जाहरूको डिजाइन भने अझै अन्तिम चरणमा पुगेको छैन । तर, फोनको डिस्प्लेको स्पेसिफिकेसन भने टुंगो लागिसकेको छ र यो सामसङ डिस्प्लेबाट आपूर्ति हुनेछ । यसले फोल्डेबल आईफोन कस्तो हुनेछ भन्ने प्रारम्भिक अनुमान लगाउन सकिन्छ ।
विश्लेषक कुओका अनुसार एप्पलले सुरुवाती चरणमा ७० देखि ८० लाख फोल्डेबल प्यानल अर्डर गरेको छ, जबकि यसको कुल उत्पादन लक्ष्य डेढ करोडदेखि दुई करोड युनिटसम्म रहेको छ । यो संख्या फोनको २-३ वर्षे लाइफसाइकलको माग धान्नका लागि भएको अनुमान छ । फोनको मूल्य निकै महँगो हुने भएकाले एप्पलले २०२६ मा मात्रै डेढ करोड युनिट बेच्ने सम्भावना भने कम रहेको रिपोर्टमा उल्लेख छ ।

Apple Foldable iPhone Updates:
1. Assembly supplier Foxconn is expected to officially kick off the project in late 3Q25 or early 4Q25. As of now, many component specifications (including the hinge, which has drawn considerable market attention) have yet to be finalized.
2. The… https://t.co/KsGu49JXkP
— 郭明錤 (Ming-Chi Kuo) (@mingchikuo) June 18, 2025
पछिल्लो अध्यावधिक: असार ७, २०८२ १०:४
सामाग्री श्रोत :
टेक पाना