२०८२ श्रावण ५ आईतवार
LATEST NEWS
२०८२ श्रावण ५ आईतवार

दिलभूषण पाठकलाई तत्काल पक्राउ नगर्न उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकले उच्च अदालत पाटनमा दिएको निषेधाज्ञा रिटमा अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । सोमबार उच्च अदालतमा भएको न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले विपक्षीलाई ५ असारमा उपस्थित हुन र पाठकलाई कुनै प्रकारको धरपकड नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उक्त आदेशमा भनिएको छ, “२०८२/०३/०५ गतेलाई छलफलको मिति तोकी सो अवधिसम्म निवेदनको गम्भीरतालाई विचार गरि निवेदक दिलभूषण पाठकलाई कानुन बमोजिम बाहेक धरपकड नगर्न/नगराउन उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) बमोजिम विपक्षीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ ।”

पाठकले सञ्चालन गर्दै आएको युट्युब कार्यक्रम ‘टफ टक’ को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नताबारे एक रिपोर्ट सार्वजनिक गरिएको थियो ।

उक्त सामग्रीमा देउवा पुत्रले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको छ । रिपोर्ट ‘कपोलकल्पित, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले तयार पारिएको’ भन्दै साइबर अपराध अन्तर्गत उजुरी परेको थियो । उक्त उजुरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाउन काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

त्यसपछि सञ्चारकर्मी पाठकले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाएर आइतबार निषेधाज्ञा निवेदन दर्ता गराउँदै उनले आफूलाई पक्राउ नगर्न आदेशको माग गरेका थिए । उक्त आदेशमा अल्पकालीन अन्तरिम आदेश दिँदै न्यायाधीश राजभण्डारीले बिहीबार दुबै पक्षलाई अदालतमा उपस्थित हुने आदेश दिएका हुन् ।

पछिल्लो अध्यावधिक: असार २, २०८२ १९:१५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट