२०८२ असार ३ मंगलवार
२०८२ असार ३ मंगलवार

बागमतीको बजेट ६७ अर्ब ४७ करोड (पूर्णपाठ)

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री कुञ्जन राज काफ्लेले चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार (३८.६प्रतिशत) र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार (६१.४प्रतिशत) बजेट विनियोजन गरेका हुन्।

मन्त्रालयगत बजेट विनियोजनमा भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि २४ अर्ब ८० करोड १९ लाख, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका लागि ७ अर्ब २८ करोड ७१ लाख, वन तथा वातावरण मन्त्रालयका लागि ३ अर्ब ९९ करोड ६७ लाख, स्वास्थ्य मन्त्रालयका लागि ३ अर्ब ९६ करोड ८८ लाख विनियोजन गरिएको छ।

संस्कृति तथा पर्यटन मन्त्रालयका लागि ३ अर्ब ६७ करोड ७० लाख, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६३ करोड ४२ लाख, युवा तथा खेलकुद मन्त्रालयका लागि १ अर्ब १६ करोड, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका लागि ७७ करोड ९६ लाख, आर्थिक मामिला तथा कानुन मन्त्रालयका लागि ६२ करोड ११ लाख र सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि २५ करोड ७८ लाख विनियोजन गरिएको छ।


सामाग्री श्रोत :

बागमतीको बजेट ६७ अर्ब ४७ करोड (पूर्णपाठ)

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट