२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

दुई बुँदे सहमतिबारे प्रचण्डले – एक महिनाभित्र छानबिन समिति नबने फेरि आन्दोलन गर्छौं

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिटिज भिसा प्रकरणमा सरकारलाई छानबिन समिति बनाउन बाध्य पारेर संसद् खोल्ने सहमति गरेको दाबी गरेका छन् ।

कोच, धिमाल, मेचे, सन्थाल, झाँगड/उराऊसहित पाँच वटा मोर्चाको संयुक्त सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले आफूहरूले विवेक पुर्‍याएर नै दुई बुँदे सहमति गरेको सुनाए ।

Ncell 2
Ncell 2

उनले भने, ‘संसद् अवरुद्ध थियो, हिजो सरकारले अध्ययन गरेर एक महिनाभित्र छानबिन समिति बनाएर जान तयार भएपछि हामीले अधिवेशन खोलेर बहस गर्न जरुरी छ किनकि जनताका मुद्दा त्यहाँ सदनभित्र छन् । संघीय निजामती ऐन म प्रधानमन्त्री हुँदा धेरै मेहनत गरेर सदनमा पुर्‍याएको हो । त्यो पारित गर्ने जिम्मेवारी पनि हाम्रो हो ।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट