२०८२ कार्तिक ३ आईतवार
LATEST NEWS
२०८२ कार्तिक ३ आईतवार

दन्त चिकित्सकले ‘लाइसेन्स भाडामा दिएको’ गुनासो आएको भन्दै डेन्टल एशोसिएसनको चेतावनी

​काठमाडौं- केही दन्त चिकित्सकहरूले आफू कार्यरत नभएका दन्त अस्पताल वा क्लिनिकहरूमा आफ्नो नाम जोडेको, साथै आफ्नो लाइसेन्स अन्य व्यक्ति वा संस्थालाई बिक्री वा भाडामा दिएको भन्ने गुनासो आएको भन्दै नेपाल डेन्टल एशोसिएसनले जरुरी सूचना जारी गरेको छ।  संस्थाको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अध्यक्ष डा अजय शाह र महासचिव डा प्रदीप भण्डारी हस्ताक्षरित विज्ञप्तमा त्यसो नगर्न चेतावनी दिइएको छ।

‘यस प्रकारको कार्य केवल नेपाल डेन्टल एसोसिएसनको आचारसंहिताको उल्लङ्घन मात्र होइन, पेशागत मर्यादा र कानुनी दायित्व प्रतिको गम्भीर बेवास्ता पनि हो,’ एशोसिएसनले बिज्ञप्तिमा भनेको छ,  ‘तसर्थ, यस्ता कार्यमा संलग्न चिकित्सकज्यूहरूले तुरुन्तै आफ्नो नाम हटाउने र लाइसेन्सको दुरुपयोग रोक्ने व्यवस्था गर्नुहुन अनुरोध गरिन्छ। अन्यथा, संघले आवश्यक अनुशासनात्मक र कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी गराउँछ।’

 हालसम्म क्लिनिक दर्ता नगराई संचालन गरिरहनु भएका चिकित्सकले यथाशिघ्र सम्बन्धित निकायमा क्लिनिक दर्ता गराई, नविकरण प्रक्रिया समेत पूरा गर्न अनुरोध गरेको छ। 

आफ्नो पेशाको गरिमा र विश्वसनीयताको रक्षाका सक्रिय सहकार्य अपेक्षा गरिएको समेत उल्लेख छ। 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट