२०८२ जेष्ठ २८ मंगलवार
२०८२ जेष्ठ २८ मंगलवार

राइड शेयरिङ नियमावली १ महिनापछि लागु हुन्छ, हामी पछि हट्दैनौंः मुख्यमन्त्री पाण्डे

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड शेयरिङ सेवा नियमनसम्बन्धी नियमावली एक महिनापछि कार्यान्वयनमा ल्याइने बताएका छन् । आइतबार प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि सांसदहरूले प्रस्तुत गरेका सुझावपछि जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले नियमावली कार्यान्वयन गर्न सरकार पछि नहट्ने उल्लेख गरे ।

राइड शेयरिङलाई कानुनी रूपमा व्यवस्थापन गर्न नियमावली ल्याएको उनको भनाइ थियो । “यसलाई कार्यान्वयनमा लैजानबाट हामीले एक महिनाको लागि स्थगित गरेका छौँ । तर, यो कार्यान्वयनमा जान्छ, यो लागु हुन्छ । र, यही एक महिना पछिबाट यो राइड शेयरिङ नियमावली अनुसारको कार्य प्रक्रिया सुरु हुन्छ,” उनले भने ।

प्रदेश सभा बैठकमा सांसदहरूले संघ सरकारले नियमावलीमाथि हस्तक्षेप गरेको विषय उठाएका थिए । सोप्रति सहमति जनाउँदै मुख्यमन्त्री पाण्डेले भने, “एउटा कोणबाट हेर्दा संघबाट हस्तक्षेप भएकै हो । तर संविधानले संघ, प्रदेश र स्थानीय सरकारबिच समन्वय र सहकार्यको व्यवस्था गरेको छ ।”

संविधानको यही मर्मअनुसार नियमावली कार्यान्वयन एक महिनाका लागि स्थगित गरिएको उनले स्पष्ट पारे । “म फेरि दोहोर्‍याएर भन्छु, सरकार यस कदमबाट पछि हट्दैन,” उनले भने, “सदनले पनि नियमावली कार्यान्वयनमा ऐक्यबद्धता देखाएको छ । यसले सरकारलाई अझ आत्मबल दिएको छ ।”

पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ ११:३१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट