२०८२ जेष्ठ २७ सोमबार
LATEST NEWS
२०८२ जेष्ठ २७ सोमबार

आजदेखि एप्पलको डेभलपर कन्फ्रेन्स, आईओएस २६ देखि नयाँ म्याक प्रो घोषणा गर्ने तयारी

काठमाडौँ । एप्पलको वार्षिक डेभलपर कन्फ्रेन्स (डब्लूडब्लूडीसी) २०२५ आजदेखि सुरु हुँदैछ । कम्पनीले यस कार्यक्रममा आफ्ना पछिल्ला सफ्टवेयर संस्करणहरूका साथै केही नयाँ हार्डवेयर उत्पादन घोषणा गर्ने तयारी गरेको छ ।

हालसम्म बाहिरिएका रिपोर्ट अनुसार एप्पलले यसपटक अपरेटिङ सिस्टमहरूको नाम परिवर्तन गर्दैछ । कम्पनीले आईओएस १९ र आईप्याडओएस १९ को साटो आईओएस २६ र आईप्याडओएस २६ सार्वजनिक गर्नेछ । यसले वर्तमान वर्षसँग नामलाई मेल गराउने उद्देश्य लिएको बुझिएको छ ।

आईओएसको डिजाइनमा पनि व्यापक परिवर्तनको अपेक्षा गरिएको छ । खबर अनुसार आईओएस ७ पछिको सबैभन्दा ठुलो परिवर्तन गर्नेगरी कम्पनीले काम गरिरहेको छ । नयाँ डिजाइन एप्पल भिजन प्रोको इन्टरफेसबाट प्रेरित हुनेछ । यसअन्तर्गत आईओएसमा गोलो एप आइकनहरू, ट्रान्सप्यारेन्ट मेनुहरू, ग्लासी फ्लोटिङ बटनहरू, तलपट्टि पिल-आकारका नेभिगेसन बारहरू लगायत हुनेछन् । साथै एआईमा आधारित ब्याट्री व्यवस्थापन र शर्टकर्ट्स, लाइभ ट्रान्सलेसन जस्ता सुविधा पनि समावेश हुने बताइएको छ ।

अर्कोतर्फ आईप्याडले पनि नयाँ मल्टिटास्किङ सुविधाहरू पाउने अनुमान छ । यी सुविधाले आईप्याडलाई म्याकजस्तै बनाउनेछ । एप्पल पेन्सिलमा स्ट्यान्डअलोन क्यालिग्राफी पेन मोड थपिने चर्चा छ ।

आगामी म्याकओएसलाई ‘Tahoe’ नाम दिने सम्भावना छ । यसले आईओएस २६ डिजाइनसँग मेल खाने अपडेटेड लुक प्राप्त गर्नेछ । यसले नयाँ गेमिङ एप र राम्रो एयरपड्स सुविधा इन्टिग्रेसन पनि ल्याउनेछ । बाहिरिएका जानकारी अनुसार वाचओएस र टिभीओएसले पनि नयाँ डिजाइनका साथै एयरपड्स लाइभ ट्रान्सलेसन इन्टिग्रेसन पाउनेछन् । साथै एप्पल टिभीमा नयाँ गेमिङ एप समावेश हुनेछ ।

भिजनओएसमा डकुमेन्टहरूका लागि नयाँ आई-स्क्रोलिङ सुविधा र थर्ड पार्टी कन्ट्रोलरहरूका लागि ‘म्याजिक वान्ड’ सपोर्टको हल्ला छ । कम्पनीले एआई-आधारित ट्रान्सलेसनलाई सबै एप्पल उत्पादनहरूमा विस्तार गर्ने र फोन कल र टेक्स्ट मेसेजहरूका लागि लाइभ ट्रान्सलेसन थप्ने अपेक्षा गरिएको छ । 

हार्डवेयरतर्फ एप्पलले पुन: डिजाइन गरिएको म्याक प्रो प्रदर्शन गर्ने अपेक्षा छ । कम्पनीले आफ्नै चिप्स प्रयोग गर्न थालेपछिको यो म्याक पहिलो पुन: डिजाइन हुनेछ । योसँगै ‘चीज ग्रेटर’ डिजाइन अब हट्ने सम्भावना छ ।

होमपडमा डिस्प्ले थपी होमकिट डिभाइसहरूलाई कन्ट्रोल गर्न सजिलो बनाउने तयारी छ । यसमा सिरी, एप्पल टिभीसँग इन्टिग्रेसन र होम अटोमेसनका लागि एआई-सञ्चालित सुविधा समावेश हुनेछन् । एयरट्याग्समा पनि अपडेट आउने अपेक्षा गरिएको छ । तर यसको विस्तृत जानकारी अझै आएको छैन ।

अर्कोतर्फ नयाँ एयरपड्स ल्याउने चर्चा खासै नभएपनि यस वर्ष कम्पनीले एयरपड्समा ‘नयाँ हेड जेस्चर’ फिचर सार्वजनिक गर्ने तयारी गरेको छ । यस फिचर अन्तर्गत एयरपड्स लगाएको प्रयोगकर्ताले टाउको हल्लाएकै भरमा फोन उठ्नेछ । साथै टाउकोको चालबाटै यस फिचरले कलको भोल्युम बढाउने वा घटाउने काम गर्नेछ । एयरपड्समा आउन लागेको अर्को फिचर हो ‘अटो पज फर स्लिप’ । यस फिचरले एप्पल वाचको स्लिप डेटा प्रयोग गरी प्रयोगकर्ता निदाएको थाहा पाउँछ । र, एयरपड्समा बजिरहेको म्युजिक वा अन्य सामग्री स्वतः पज (रोकिने) गर्छ । त्यस्तै एयरपड्समा आउन लागेको अर्को फिचर ‘क्यामेरा टिगर’ हो । जस्तो वायर्ड इयरपोड्स (इयरफोन) मा बटन थिचेपछि आईफोनले फोटो खिच्थ्यो, त्यस्तै यस फिचरले पनि छोएको थाहा पाउनासाथ फोटो खिच्नेछ ।

डब्लूडब्लूडीसी २०२५ को किनोट वक्तव्य नेपाली समय अनुसार आज राति १०ः४५ देखि एप्पलको आधिकारिक वेबसाइटबाट हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: जेठ २६, २०८२ ७:१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट