२०८२ जेष्ठ २७ सोमबार
२०८२ जेष्ठ २७ सोमबार

२० ओटा आईफोनले खिचिएको हलिउड मुभी

काठमाडौँ । यही जुन २० तारिखमा सार्वजनिक हुने तयारीमा रहेको हलिउडको हरर (डरलाग्दो) चलचित्र ‘28 Years Later’ (२८ वर्ष पछि) अहिले निकै चर्चामा छ । चर्चामा हुनुको कारण यसको कथावस्तु वा अन्य कुनै विषय भन्दा पनि चलचित्र निर्माण गर्न प्रयोग भएको प्रविधिको विषय रहेको छ । 

यो चलचित्रको छायाङ्कनमा २० वटा आईफोन प्रयोग गरिएको भन्ने विषय बाहिर आएपछि चलचित्र अहिले चर्चाको विषय बन्न पुगेको हो । निर्देशक डेनी बोइलले निर्देशन गरेको यो चलचित्रका केही विशेष दृश्यहरू खिच्नका लागि रिग प्रयोग गरेका थिए, जसमा एकैपटक ८, १० वा २० वटा आईफोन राख्न सकिन्छ । यसरी फरक-फरक क्यामेरा एंगलबाट छायाङ्कन गरेर दृश्यहरूलाई फरक शैलीमा प्रस्तुत गरिएको छ ।

निर्देशक बोइल चलचित्र निर्माणमा प्रविधिको फरक प्रयोगका लागि चिनिन्छन् । यो पटक पनि उनले ‘होम भिडिओ’ नामक फरक प्रविधि प्रयोग गरेर चलचित्रको छायाङ्कन गरेका छन् जसका लागि आईफोन प्रयोग गरिएको हो । 

चलचित्रमा आईफोन १५ प्रो म्याक्सका साथै ड्रोन र परम्परागत क्यामराको समेत प्रयोग गरिएको छ । निर्देशकका अनुसार, २० आईफोन प्रयोग गरेर खिचिएको दृश्यलाई उनले “गरीबको बुलेट टाइम” भनेका छन्, जसले १८० डिग्री दृश्य प्रदान गर्छ र सम्पादनका क्रममा समय वा एंगल अनुसार दृश्य चयन गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ १०:११





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट