२०८२ जेष्ठ २७ सोमबार
LATEST NEWS
२०८२ जेष्ठ २७ सोमबार

मिर्गौला पीडितलाई १३ लाख रकम हस्तान्तरण

वालिङ (स्याङ्जा) । यहाँका एक मिर्गौला पीडित युवाको सहयोगका लागि रु १३ लाख १६ हजार सङ्कलन गरी हस्तान्तरण गरिएको छ। वालिङ नगरपालिका–९ भुसालथोकका मिर्गौला पीडित ३६ वर्षीय जगदीश भुसालको सहयोगार्थ नेपाल स्वयंसेवक सञ्जालले रकम सङ्कलन गरी हस्तान्तरण गरेको हो।

सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहँदै आएको सञ्जालले ‘जगदीश बचाउ अभियान’ सञ्चालन गरी सो रकमको चेक उहाँको परिवारलाई हस्तान्तरण गरेको हो। भुसालको दुवै मिर्गौलाले काम गर्न छाडेपछि अभियान सञ्चालन गरी उक्त रकम सङ्कलन गरेको सञ्जालका अध्यक्ष गोविन्द गैरेले बताए। सञ्जालले सामाजिक सञ्जालको प्रयोगमार्फत सञ्चालन गरेको अभियानमा देश तथा विदेशमा रहेका विभिन्न सहयोगदाताले संस्थालाई उपलब्ध गराएको रकम उहाँको परिवारलाई उपलब्ध गराएको अध्यक्ष गैह्रेले बताए।

वैदेशिक रोजगारीका सिलसिलामा युएईमा रहेका भुसाल केही समयअघि मात्रै स्वदेश फर्किएका थिए। उनको हाल काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको भाइ चिरञ्जीवी भुसालले बताए।

चार वर्षअगाडि वालिङमा स्थापना भएको सञ्जालले केही दिनअगाडि मात्रै वालिङ–५ की पाठेघरको क्यान्सरबाट पीडित युवती बिपना रेग्मीलाई दुई लाख सहयोग गरेको थियो।


सामाग्री श्रोत :

मिर्गौला पीडितलाई १३ लाख रकम हस्तान्तरण

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट