२०८२ जेष्ठ २७ सोमबार
२०८२ जेष्ठ २७ सोमबार

नेपालमा ४०-५० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ट्युमर, पहिलोपटक तथ्यांक सार्वजनिक

काठमाडौं- नेपालमा पहिलो पटक राष्ट्रियस्तरको मस्तिष्क ट्युमरसम्बन्धी तथ्याङ्क सार्वजनिक भएको छ।  विश्व मस्तिष्क ट्युमर दिवस २०८१ का अवसरमा, नेपालमा पहिलोपटक मस्तिष्क ट्युमरसम्बन्धी राष्ट्रिय तथ्याङ्क सार्वजनिक गरिएको हो।

राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार ट्युमर धेरै देखिनेमा औसत उमेर ४६.३२ वर्ष रहेको छ। अर्थात् ४०-५० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ट्युमर पत्ता लागेको केन्द्रका संस्थापक अध्यक्ष राजीव झा बताउँछन्।

अध्ययनमा देशभरका २० भन्दा बढी न्युरोसर्जिकल केन्द्रहरूबाट मस्तिष्क ट्युमर भएका १ हजार ७ सय ३९ जना बिरामीहरूको तथ्याङ्क सङ्कलन गरिएको छ। प्राप्त तथ्याङ्कका आधारमा नेपालमा हरेकवर्ष करिब २ हजार ५०० देखि २ हजार ६०० नयाँ मस्तिष्क ट्युमरका बिरामीहरू पहिचान हुने अनुमान गरिएको छ। कुल २.२ करोड जनसङ्ख्या अनुसार यसको आवधिक्ता लगभग ११.४- ११.८ प्रति १ लाख जनसङ्ख्या रहेको देखिएको छ।

डा झा भन्छन्,  ‘यो तथ्यांक सार्वजनिक ऐतिहासिक उपलब्धिको हो। यस प्रयासले नेपालको स्नायुरोग क्षेत्रलाई नयाँ युगमा प्रवेश गराएकाले हाम्रा लागि  ऐतिहासिक गौरवमय क्षण हो।’

यस तथ्याङ्कका आधारमा प्राप्त प्रमुख निष्कर्षहरू
(१) लिङ्गको समानता : विश्वको प्रवृत्तिसँग विपरीत नेपालमा पुरुष र महिलाको सङ्ख्या लगभग ५०%-५०% समान रहेको पाइयो।

(२) उमेर समूह : बिरामीहरूको औसत उमेर ४६.३२ वर्ष रहेको छ। ४०-५० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ट्युमर पत्ता लागेका छन्, जुन तुलनात्मक रूपमा कम उमेरमै ट्युमर हुने प्रवृत्ति देखाउँछ।

(३) सामान्य लक्षणहरू :

• टाउको दुख्ने – ५८%
• बान्ता हुने – ३६%
• अन्य लक्षणहरुमा (seizure) बेहोस हुने, शरीर पक्षाघात (paralysis), र टाउको घुम्ने (vertigo) आदि पर्न जान्छन् ।

(४) प्रदेशगत वितरण : सबैभन्दा धेरै बिरामीहरू बागमती र मधेश प्रदेशबाट देखिएका छन्।

(५) ट्युमरको प्रकार :

• ग्लायोमा (Gliomas)-३९% (सबैभन्दा सामान्य)

• तीमध्ये ५६% उच्च-ग्रेड ग्लायोमा रहेका छन्, जसमा शल्यक्रिया, विकिरण र कीमोथेरापीजस्ता बहुआयामी उपचार पर्ने र परिणाम तुलनात्मकआवश्यक

• मेनिन्जियोमा (Meningioma) – २१%

• पिट्युटरी ट्युमर – ८%
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट