२०८२ जेष्ठ २७ सोमबार
२०८२ जेष्ठ २७ सोमबार

गाजामा इजरायलको पछिल्लो आक्रमणमा परी ७५ जनाभन्दा बढीको मृत्यु

एजेन्सी –गाजामा इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा ७५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । एक आवासीय भवनमा गरिएको बम आक्रमणपछि भग्नावशेषमा फसेकाहरूको उद्धार जारी रहेको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ । 

गाजाको साबरा क्षेत्रमा रहेको सो भवनमा शनिबार बिहान गरिएको आक्रमणबारे प्यालेस्टिनी नागरिक सुरक्षा प्रवक्ता महमूद बासेलले अल जजीरालाई भने, ‘यसअघि कुनै चेतावनी दिइएन, कुनै सूचना दिइएन ।’ उक्त बम आक्रमणमा महिला र बालबालिकासहित कम्तीमा १६ जनाको ज्यान गएको पुष्टि गरिएको छ ।

Ncell 2
Ncell 2

‘यो साँचो अर्थमा एक नरसंहार हो । यो भवन नागरिकहरूले भरिएको थियो’, उनले भने । उनका अनुसार करिब ८५ जना अझै भग्नावशेषमा फसेका छन् भन्ने अनुमान गरिएको छ ।

घटनास्थलमा रहेका विस्थापित प्यालेस्टिनी नागरिक हामेद कहीलले भने, ‘हामी बमको आवाज, विनाश, चिच्याहट र ढुंगाहरूले ब्युँझियौं ।’ उनले यो आक्रमण ईद अल अधाको दोस्रो दिन भएको बताए ।

स्थानीय बासिन्दा हसन अलखोरले अल जजीरालाई बताए अनुसार सो भवन अबु शरिया परिवारको थियो । इजरायली सेनाले भने सो आक्रमणमा मुजाहिदीन ब्रिगेड्सका नेता असआद अबु शरियालाई मारिएको दाबी गरेको छ । टाइम्स अफ इजरायलमा प्रकाशित रिपोर्ट अनुसार उनी २०२३ को अक्टोबर ७ मा हामासले इजरायलमा गरेको आक्रमणमा संलग्न थिए । हामासले पनि टेलिग्राममार्फत वक्तव्य जारी गर्दै असआद अबु शरियाको मृत्यु पुष्टि गरेको छ । वक्तव्यमा उनका भाइ अहमद अबु शरियाको पनि हत्या गरिएको उल्लेख गरिएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट