२०८२ जेष्ठ २६ आईतवार
२०८२ जेष्ठ २६ आईतवार

करिब २० करोडको लगानीमा खानेपानी योजना निर्माण

हेटौंडा। हेटौंडा उपमहानगरपालिका र संघिय सरकारको सहलगानीमा हेटौंडामा २० करोड रुपियाँ भन्दा बढिको लगानीमा खानेपानी योजना निर्माण हुने भएको छ।

उपमहानगरापलिकाको ९, १४ र १५ नम्बर वडा लक्षित गर्दै सिमलटार-रातोमाटे सहलगानी खानेपानी योजना अन्तरगत ठुलो लगानीको काम हुने भएको हो। शुक्रबार हेटाैंडा उपमहानगरपालिका, संघीय खानेपानी योजना र निर्माण पक्ष बिच त्रिपक्षीय सहमती पत्रमा हस्ताक्षर भएको छ।

हेटौंडा उपमहानगरपालिका खानेपानी बोर्डले तयार पारेको ८२ करोडको वाताबरणीय प्रभाब मुल्याङकन अन्तरगत रहेर संघिय सरकारले हेटौंडा उपमहानगरपालिका लक्षित गर्दै खोलेको ठेक्कामा अनुसार निर्माण पक्षले २० करोड ५६ लाख रुपियाँमा २ बर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने सम्झौता भएको छ।

उपमहानगरपालिका कार्यालयमा भएको सम्झौता पत्रमा नगर प्रमुख मीनाकुमारी लामा, संघिय खानेपानी योजना प्रमुख पुर्णप्रसाद उपाध्याय, हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप बिष्ट र निर्माण पक्ष जयमाता सुप्रीम जेभीका कृष्णहरी चौलागाईले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार उपमहानगरको ३० र संघिय योजनाको ७० प्रतिशत लगानी रहने छ।

२० करोड ५६ लाखको लगानीमा हेटौंडा-९ को बेदखोल्सिमा ६ लाख लिटर, हेटौंडा–१५ पिसपार्कमा २ लाख लिटर र हेटौंडा–१४ मा २ लाख लिटरको खानेपानी टंकी निर्माण गरीने छ भने हेटौंडा-१४ मै २ वटा सामवेल बनाउने सम्झौतामा उल्लेख छ। योजना अनुसार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले प्रयोगमा ल्याएको सामरीको समवेलको पानिलाई ३ करोड रुपियाँ खर्चेर यहि योजनामा समाबेस गर्ने बताइएको छ।

योजना सम्झौतामा नगर प्रमुख लामाले निर्माणको कामलाई गुणस्तरीय बनाउँदै नगरवासीलाई चाडै खानेपानीको व्यवस्थापन मिलाउने कामम लाग्न निर्माण पक्षलाई सुझाब दिइन्। योजना निर्माण हुने क्षेत्र मध्य दुई वटा वडा १४ र १५ पछि उपमहानगरापालिकामा समाबेश भएको क्षेत्र भएकाले त्यहाँका जनतालाई खानेपानीको सुबिधा दिने काममा उपमहानगर पछि नपर्ने गरी काममा लाग्न निर्देशन दिइन्।

सम्झौतामा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ, उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, खानेपानी बोर्डका कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटा, योजनाका इन्जिनियर प्रदिप यादब, लेखा अधिकृत कपिल अर्याल, प्रबिधिक अजित चौलागाई, बोर्डका लेखा प्रमुख सञ्जय न्यौंपाने लगाएको अन्य प्रतिनिधीको उपस्थिति थियो।


सामाग्री श्रोत :
https://www.dcnepal.com/2025/06/665187/

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट