२०८२ श्रावण १२ आईतवार
LATEST NEWS
२०८२ श्रावण १२ आईतवार

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी देश र जनताप्रति सधैँ उत्तरदायी रहेको बताएका छन्।

एमाले ओखलढुंगाको लिखु-काठमाडौं सम्पर्क मञ्चको तेस्रो अधिवेशनलाई आज यहाँ उद्घाटन गर्दै उनले लोकतन्त्र र गणतन्त्रको पक्षमा रहेको शक्तिलाई कमजोर बनाउने नियतले पछिल्लो समय एमालेमाथि आक्रमण भइरहेको बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी कोही छभने त्यो एमाले हो। त्यसैले पार्टीमाथि आक्रमणको प्रयास भइरहेको छ। पार्टी आर्थिक विकास र समृद्धिका ‘एजेन्डा’ बोकेर अघि बढिरहेको छ, तर नेपाल आत्मनिर्भर भएर अघि बढेको देख्न नसक्ने शक्तिहरू विरुद्धमा लागिरहेको छन्।’

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी हशर्मा ओलीको अभिव्यक्तिका कारण एमालेविरुद्ध प्रहार नभएको उनको भनाइ थियो। एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले पार्टीले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने गरी तयारी थाल्नुपर्ने बताए।

सोही अवसरमा मञ्चद्वारा प्रकाशित कम्युनिष्ट आन्दोलनको एकीकृत उपहार ‘लिखु सङ्गालो’ वरिष्ठ पोखरेलले उक्त विमोचन गरे। मञ्चका अध्यक्ष पूर्ण खड्काले पुस्तकमा कम्युनिष्ट आन्दोलनसम्बन्धी ६० जनाको लेखरचना रहेको जानकारी दिए।


सामाग्री श्रोत :

एमाले पार्टी देश र जनताप्रति सधैँ उत्तरदायीः वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ –  नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखेको बताएका छन्।

शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताएका हुन्। 

उनले सरकारले ३ करोडभन्दा कम बजेटका आयोजना संघअन्तर्गत नराखेको दाबी गरे पनि बजेटमा २ लाखसम्मका आयोजना रहेको दाबी गरे।

Ncell 2
Ncell 2

शहरी विकास मन्त्रालयको विनियोजित बजेट १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रहेको छ। यो कुल बजेटको ६.०३ प्रतिशत हो। मन्त्रालयको आगामी बजेट चालू वर्ष २०८१।८२ को तुलनामा २७.७५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड ५४ लाखको बजेट विनियोजन गरेको थियो। बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्भित रहेको बताए। उनले योजनाहरू आफूखुसी राखेको स्पष्ट देखिएको पनि बताए।

पुनले भने, ‘योपटक हिजो शहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो। गत वर्ष ९२ अर्ब थियो। यस पटक १ खर्ब १८ अर्ब पुगेको छ। २६ अर्ब त यसै पनि बढ्यो । तर उसको शिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने । हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरु रहेछन् । अनि किन यो ३ करोडको भनेर उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्रीलाई सोध्दा होइन, २५ लाख भन्दा मुनिको त हालेको छैन भन्नुभयो । यि दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नुभएन । १७ हजारबाट कटाएको छैन । सशर्तमा झन अरु अरुतिर सारेको देखिन्छ । सशर्तको रकम गत वर्षको भन्दा बढेको छ । सशर्त त घटाउने हो खासमा । घटाउँदै गएर समानीकरणमा बढाइदिने हो । तीन करोडको योजना होइन, दुई लाखको योजना राखिएको आइसक्यो । यस पटक अलि मनपर्दी गरेको छ । एउटै शहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ । मसिना सबैखाले आफूखशी राखेको देखिन्छ।’

बजेटमा १६ औं योजनाको कुनै चर्चा नरहेको बताए। उनले संविधान जारी भएपछि माओवादी केन्द्रले विपक्षीमा रहेर पहिलो पटक बजेटको विषयमा आफ्ना धारणा राखेको बताए। नीति तथा कार्यक्रममाथि पनि पहिलोपटक आफ्ना धारणा राखेको जिकिर गरे।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले देश तथा विदेशमा सीपको आवश्यक पर्ने भएकाले जुनसुकै सीप सिक्न जरुरी रहेको बताएका छन्।

देश विकासका लागि सीप सिकेका युवा आवश्यक पर्ने भन्दै उनले हरेक युवाहरुले सीप सिक्न आवश्यक रहेको पनि बताए।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको दोस्रो संकरणको सीप मेलाको शनिबार अवलोकन गर्दै सबैखाले डाटा राख्न सकियो भने सुशासन कायम गर्न सकिने पनि औंल्याए। उनले भ्रष्टाचार गर्ने विधि अपनाउन सुझाव पनि दिए।

अरुले गरेको कुरा हामी किन गर्न सक्दैनौं भन्ने महानगरले प्रमाण गरिदिएको दावी गरेको मुख्यमन्त्री लामाले सीप मेलाको प्रशंसा समेत गरे। नयाँ परिवर्तनका लागि टेक्नोलोजीलाई बढी प्रथामिकता दिए राम्रो हुने उनले बताए।


सामाग्री श्रोत :

सीप सिकेको युवा देश तथा विदेशमा काम गर्न सक्षम हुन्छ: मुख्यमन्त्री लामा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई ईकमर्ससँग जोडेर आम्दानीको स्रोत बनाउने सम्भावना रहेको बताएका छन् । 

शनिबार विराटनगरमा आयोजित हुलाक सेवाको पुनःसंरचना विषयक कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहेका गुरुङले हुलाक सेवालाई मागीखाने संस्था नभई कमाइ गर्नसक्ने संस्थाको रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।

“ईकमर्सको माध्यमबाट सेवासँगै आम्दानी गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुपर्ने छ,” मन्त्री गुरुङले भने, “सरकारले त्यसका लागि आवश्यक ऐन, कानुन र नीतिमा सुधार गरी प्रभावकारी बनाउन सक्छ ।”

कार्यक्रममा उनले हुलाक सेवा सुधारका लागि प्रविधिमैत्री जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै जनशक्तिको संरचना अद्यावधिक गर्न पनि निर्देशन दिए । “कार्यालय व्यवस्थापनमा कर्मचारी साथीहरू लाग्नुपर्छ,” उनले भने, “हुलाक प्रविधिमैत्री संस्था बन्नुपर्छ ।” 

जनतालाई अब सुन्दर नारा नभई काम चाहिएको र सरकार त्यसका लागि काम गरिरहेको उनको भनाइ थियो ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ २१:५०





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इलोन मस्कलाई दिमाग खुस्केको आरोप लगाएका छन्।

ट्रम्पले अमेरिकी मिडिया आउटलेट एबीसी न्युजसँग अन्तर्वार्तामा मस्कलाई उक्त गम्भीर आरोप लगाउँदै उनीसँग कुरा गर्न इच्छुक नभएको बताएका हुन्। 

आज मस्क र ट्रम्पले फोनमा कुरा गर्न सक्ने रिपोर्टपछि ट्रम्पको त्यस्तो प्रतिक्रिया आएको हो।

Ncell 2
Ncell 2

विश्वकै सबैभन्दा धनी व्यक्ति इलोन मस्क र सबैभन्दा शक्तिशाली नेता डोनाल्ड ट्रम्पबीच यतिबेला एकअर्काको विरोधमा उत्रिएका छन्। 

एबीसी न्युजसँगको फोन अन्तर्वार्तामा ट्रम्पले मस्कलाई ‘दिमाग खुस्केको’ व्यक्ति भनी टिप्पणी गरेका हुन्। 

मस्क र ट्रम्पबीच कुराकानी हुने रिपोर्टमा ह्वाइट हाउसले बीबीसीसँग भनेको छ- राष्ट्रपति ट्रम्पले आज मस्कसँग कुरा गर्ने छैनन्।

सीएनएनसँगको कुराकानीमा ट्रम्पले भनेका छन्, ‘म इलोनका विषयमा सोचिरहेको पनि छैन। उनीसँग समस्या छ।’

अमेरिकाको सरकारी दक्षता विभाग (डज) छाडेपछि मस्कले ट्रम्पको घरेलु नीति र कर विधेयकको आलोचना गरेका थिए। त्यसयता दुई जनाबीच सामाजिक सञ्जालमा पनि भनाभन चलिरहेको छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

गण्डकी। कास्कीस्थित सशस्त्र प्रहरी बल, नेपालको नं २४ गणले ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सञ्चालन गरेको छ। पोखरा महानगरपालिकासँगको समन्वयमा भइरहेको तालिम आगामी असार १० गतेसम्म सञ्चालन हुनेछ।

गणका गणपति एवं सशत्र प्रहरी उपरीक्षक सूर्यप्रसाद तिमिल्सेनाले महानगरभित्रका सबै वडाको प्रतिनिधित्व हुने गरी ५० जना प्रशिक्षार्थीलाई विपद् वयवस्थापन तथा पूर्वतयारीसम्बन्धी तालिम प्रदान गरिने जानकारी दिए।

उनका अनुसार यही जेठ २१ गतेदेखि सुरू भएको तालिममा प्रशिक्षार्थीलाई नेपालमा विपद् व्यवस्थापन प्रणाली, बाढीपहिरो तथा डुबान, अग्नी नियन्त्रण, वन डढेलोलगायत विपद्मा डोरीद्वारा गरिने उद्धार, भुकम्पीय जोखिम न्यूनीकरण, सडक दुर्घटना र जोखिम न्यूनीकरण, उद्धार सामग्रीको प्रयोगलगायत विषयमा तालिम दिइने छ। पानीमा हुने उद्धार अभ्यास पनि सञ्चालन गरिने गणपति तिमिल्सेनाले बताए।

‘विपद्को समयमा स्थानीयस्तरमा उपलब्ध सामग्रीको तत्कालै अधिकतम प्रयोग गरी विपद् प्रतिकार्यमा जुट्न सैद्धान्तिक र प्रयोगात्मक सीप सिकाउने उद्देश्यले यो तालिम सञ्चालन गरिएको हो’, उनले भने


सामाग्री श्रोत :

सशस्त्र प्रहरीद्वारा विपद् स्वयंसेवक तालिम सञ्चालन

काठमाडौं । बिहीबार, ५ जुन २०२४ देखि सामाजिक सञ्जाल फेसबुकमा ‘कतारमा यसरी दिइन्छ मृत्युदण्ड, नेपालीहरू जोगिनुहोस्’ भन्ने शीर्षकसहितको एक भिडिओ भाइरल भएको छ । लाखौं भ्युज पाएको उक्त भिडिओमा देखाइएका घटनाहरूको भने ठोस विवरण उल्लेख गरिएको छैन । ‘कतारले मृत्युदण्ड यसरी दिन्छ’ भन्दै नेपालीहरूमा डर फैलाउने प्रयास गरिएको उक्त भिडिओ टेकपाना फ्याक्टचेकबाट अपुष्ट भएको पाइएको छ ।

कतारले केवल गम्भीर प्रकृतिका अपराधमा मात्र मृत्युदण्डको सजाय सुनाउने गरेको छ । पछिल्लो पटक सन् २०२० मा एक नेपाली नागरिकलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । त्यसअघि सन् २००० तिर मात्र कतारले मृत्युदण्ड दिएको एउटा घटना बाहिर आएको थियो । अर्थात्, कतारमा मृत्युदण्डको घटना निकै बिरलै मात्र सार्वजनिक हुन्छ । सबैभन्दा महत्वपूर्ण कुरा, सार्वजनिक समारोहमा गाउँलेहरूको उपस्थितिमा मृत्युदण्ड कार्यान्वयन गर्ने खालको कुनै व्यवस्था कतारको कानुनमा छैन ।

दाबी

५ जुन २०२५ मा राजन साउद नाम गरेका प्रयोगकर्ताले फेसबुकमा एक भिडिओ पोस्ट गरेका छन् । एक मिनेट ३० सेकेन्डको उक्त भिडिओमा उनले ‘कतार मा मृत्यु दण्ड यसरि दिइन्छ’ भन्ने क्याप्सन राखेका छन् । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओ पोस्टमा एक लाख ३३ हजारभन्दा बढी रियाक्सन, १६ कमेन्ट, २३ सयभन्दा बढी शेयर र एक करोड ५० लाखभन्दा बढी भ्युज आइसकेको देखिन्छ । साउदले उक्त पोस्टमा कमेन्ट गर्ने सुविधा सीमित व्यक्तिहरूका लागि मात्र खुला गरेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट । भिडिओमा ‘मृत्यु’ जस्तो गम्भीर शब्द राखिएको र विषयवस्तु पनि त्यही प्रकृतिको भएकाले हामीले भिडिओलाई आर्काइभ गरेका छैनौं ।

 

अनुसन्धान

राजन साउदको फेसबुक टाइमलाइन अवलोकन गर्दा उनले व्यक्तिगत सामग्रीबाहेक अन्य अपुष्ट र तथ्यहीन सामग्रीहरू पनि पोस्ट गर्ने गरेको देखिन्छ । उनले पोस्ट गरेको ‘कतारमा मृत्युदण्ड’सम्बन्धी भिडिओको सत्यता जाँच गर्न त्यसबाट कि-फ्रेम निकालेर गुगल र बिङमा रिभर्स इमेज सर्च गर्दा ‘कम्युनिटी गाइडलाइन्स’ उल्लङ्घनको सूचना बाहेक अन्य परिणाम प्राप्त भएन ।

तर, यान्डेक्समा खोजी गर्दा भिडिओसँग मिल्दोजुल्दो दृश्यसहितका अन्य तस्बिर र भिडिओहरू फेला परे । यान्डेक्सका अनुसार, यस्ता पोशाक लगाएर प्रायः मध्यपूर्व, दक्षिण एशिया तथा अफ्रिकाका देशहरूमा बस्ने ‘शिया इस्लाम’ धर्मावलम्बीहरू सांस्कृतिक नृत्य प्रस्तुत गर्ने गर्छन् ।

भिडिओको क्याप्सनलाई आधार बनाई फेसबुकमै खोज्दा, ‘रोशन किङ्ग’ नामका प्रयोगकर्ताले पनि ५ जुनमै सोही भिडिओ ‘कतार मा मुत्युदन्ण यसरि दिन्छ सबै नेपाली होसियार भएर काम गरौ’ भन्दै पोस्ट गरेको पाइएको छ ।

उक्त भिडिओ ४ मिनेट ७ सेकेन्ड लामो छ र ‘Ngga tega liat nya coba liat sampai akhir jangan di skip’ भन्ने वाक्य लेखिएको छ, जुन इन्डोनेसियाली भाषा हो । गुगल ट्रान्सलेट अनुसार यसको अर्थ हो- “मैले त हेर्न सकिनँ, तपाईंहरूले नछुटाएर अन्तिमसम्म हेर्नुहोस् ।”  हेर्नुहोस् भिडिओको ओरिजिनल पोस्ट र स्क्रिनशट ।

 

त्यसैगरी ‘भाइब हब’ नामको फेसबुक पेजले पनि ‘रोशन किङ्ग’ नामका प्रयोगकर्ताले राखेको हिज्जे र व्याकरण नमिलेको ‘कतार मा मुत्युदन्ण यसरि दिन्छ सबै नेपाली होसियार भएर काम गरौ’ लेखेको देखियो । यो भिडिओमा भने इन्डोनेसियाली शब्दसँगै तपपट्टि क्याप्सनमै राखिएको शब्द राखिएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट र स्क्रिनशट । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ४७७ रियाक्सन, १३ कमेन्ट र झन्डै डेढ लाख भ्युज आएको छ ।

अन्य प्रयोगकर्ताहरूले पनि ती तीन ओटा भिडिओहरूलाई आ-आफ्ना विचार राख्दै फेसबुकमा फरक-फरक सन्देशसहित शेयर गरिरहेका छन् ।

अब भिडिओको दृश्यलाई विश्लेषण गरौं: भिडिओमा विशेष पोसाक लगाएका केही पुरुषहरू एक व्यक्तिलाई मञ्चतर्फ लगिरहेका देखिन्छन् । सेतो लुगा र हरियो फेटा बाँधेका व्यक्तिलाई दुई पुरुषले अग्लो मञ्चतर्फ लैजाँदैछन् । ती व्यक्तिहरू भने विभिन्न किसिमका गहनाले सजिएको कालो पोसाकमा देखिन्छन् । अगाडि रहेका अर्को पुरुषले पहेँलो लुगा लगाएका छन् ।

पहेंलो र कालो रङका ऐतिहासिक वा युद्धजन्य पोसाकमा सजिएका अर्को समूहका पुरुषहरू तरबार बोकेर छेउमा उभिएका छन् । पहेँलो लुगा लगाएका व्यक्तिको दाँही अस्वाभाविक देखिन्छ, जुन सम्भवतः नाट्य प्रयोजनका लागि प्रयोग गरिएको हो ।

माथिल्लो भागमा साङ्लाले बेरिएको धातुको फ्रेम देखिन्छ भने माइक्रोफोन समातेका एक व्यक्तिले केही वर्णन गरिरहेको जस्तो देखिन्छ । भिडिओको एक दृश्यमा सेतो पोसाक लगाएका व्यक्तिलाई अगाडि झुकाएर शिर छेदन गर्न लागेझैँ देखिन्छ, तर अन्तिमसम्म कसैलाई कुनै हानि भएको देखिँदैन ।

भिडिओमा अरबी भाषाको गीत (ब्याकग्राउन्ड म्युजिक) सुन्न सकिन्छ, तर गोली, फायरिङ वा हिंसात्मक आवाजहरू भने सुनिँदैनन् । दृश्यहरूमा तरबार र साङ्ला मात्र देखिन्छन् । समग्रमा भन्ने हो भने भिडिओ वास्तविक मृत्युदण्ड नभई एक औपचारिक नाटक वा सांस्कृतिक नाट्यप्रस्तुति जस्तो देखिन्छ ।


 

भिडिओको १ः३७ सेकेन्डमा एक बच्चा कुर्सीमा बसिरहेको देखिन्छन् । केही दर्शकबाहेक अरू साधारण पोसाकमै छन् । भिडिओको १ः४३ सेकेन्डमा ढोकामा अरेबिक शब्द लेखिएको देखिन्छ । पूरा ढोका र त्यसमा लेखिएको शब्द भने देखिएको छैन । 

जेमिनाईमा फोटो अपलोड गरेर त्यसमा लेखिएको अरेबिक शब्दको अर्थ निकाल्न अनुरोध गर्दा यस्तो नतिजा आयोः

[माथिल्लो लाइन:

بِسْمِ اللهِ الرَّحْمٰنِ الرَّحِيْمِ

नेपालीमा (उच्चारण): बिस्मिल्लाह अर-रहमान अर-रहीम

अर्थ: “अल्लाहको नाममा, जो अत्यन्तै कृपाशील, अत्यन्तै दयालु हुनुहुन्छ।”

तलको मुख्य पाठ:

مضيف أمارة

عشيرة ال…

यसको अर्थ हो:

समग्रमा, यो साइनले “[कबीलाको नाम] को अमिरातको अतिथि गृह” भनेर जनाउँछ । यो कबीलाको बैठक बस्ने ठाउँको लागि राखिएको औपचारिक साइन हो ।]

भिडिओमा बालबालिका, महिलादेखि अन्य पुरुषहरू देखिन्छन् । केही सांस्कृतिक पोशाकमा देखिन्छन् भने अधिकांश साधारण लुगा लगाएका छन् । 

सबै प्रमाणले यो भिडिओलाई गलत तरिकाले प्रस्तुत गरिएको देखाउँछ । दृश्य र पोसाक कतारको जेल प्रणालीसँग नभई, दक्षिण एसियाली/शिया धार्मिक समारोहहरूसँग मिल्दोजुल्दो छ । भिडिओमाथि लेखिएको इन्डोनेसियाली टेक्स्ट (“Ngga tega lihat…” आदि) ले यो सामाजिक सञ्जालमा क्लिकबेट (ध्यान तान्न प्रयोग गरिने सामग्री) को रूपमा शेयर गरिएको सङ्केत गर्छ । कुनै पनि आधिकारिक स्रोत वा समाचार संस्थाले यसलाई कतारी मृत्युदण्ड भनेर पहिचान गरेको छैन । 

कतारमा दिइने मृत्युदण्डको विश्वसनीय समाचार कभरेजमा हेर्दासम्म त्यसरी मृत्युदण्ड दिन कुनै सार्वजनिक समारोह नहुने देखिन्छ । विभिन्न सञ्चार माध्यमका अनुसार कतारमा मृत्युदण्डका घटना गोप्य हुन्छन् र त्यसमा तरबार वा साङ्ला नभई फायरिङ स्क्वाडको प्रयोग हुन्छ । 

फरेन नेसन्स अन देथ रोका अनुसार कतारको दण्ड संहिताले मृत्युदण्डलाई अनुमति दिन्छ तर यो विरलै मात्र लागु गरिन्छ । र त्यो पनि विशेष विधिहरू अपनाएर लागु गरिएको हुन्छ । त्यहाँको कानुन नं. ११ (सन् २००४) (संशोधित) अनुसार मृत्युदण्ड हुनसक्ने अपराधहरूमा हत्या, मृत्युमा टुङ्गिने अपहरण, आतंकवाद, बलात्कार, हाडनाता करणी, पुनरावृत्त लागुऔषध तस्करी, जासुसी, जबर्जस्ती असुली (कसैलाई इज्जतसम्बन्धी अपराधको आरोप लगाएर), व्यभिचार/अवैध यौनसम्बन्ध, मृत्युदण्डमा पुर्‍याउने झुटो गवाही र शरिया अन्तर्गतका केही ‘हुदुद’ अपराधहरू (चोरी, अवैध मदिरा सेवन र धर्मत्याग) पर्दछन् ।

सबैभन्दा महत्त्वपूर्ण कुरा कतारको कानुनले मृत्युदण्ड केवल झुन्ड्याएर वा फायरिङ स्क्वाडद्वारा मात्रै कार्यान्वयन गर्न सकिने र प्रत्येक मृत्युदण्डलाई अमीर (शासक) द्वारा अनुमोदन गरिनुपर्ने व्यवस्था गरेको छ । भिडिओमा देखिए जस्तो तरबारले मृत्युदण्ड दिने वा कुनै सार्वजनिक प्रदर्शन गर्ने कुनै प्रावधान छैन । कतारमा मृत्युदण्ड दशकौंदेखि लगभग नगन्य नै छ । लामो समयको अघोषित रोकपछि कतारले २०२० मा ‘हत्यामा दोषी ठहरिएका एक नेपाली आप्रवासी कामदार अनिल चौधरीलाई’ लाई मृत्युदण्ड दिएको थियो । त्यो मृत्युदण्ड पहिलेका जस्तै फायरिङ स्क्वाडद्वारा दिइएको थियो । त्यसअघि पछिल्लो ज्ञात मृत्युदण्ड सन् २००० मा भएको थियो । अन्य कुनै पनि मृत्युदण्ड विधि सार्वजनिक रूपमा प्रयोग गरिएको छैन ।

यद्यपि एक अध्ययनले भने सन् २०१६ देखि २०२१ को बीचमा कतारले २१ जनालाई मृत्युदण्ड दिएको खुलाएको थियो । तर, उक्त अध्ययनलाई आधार बनाएर अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार लेखेका छैनन् । गत वर्ष फेब्रुअरीमा भारतका आठ कामदारलाई जासुसीको आरोपमा दोषी ठहर गरी मृत्युदण्डको सजाय सुनाइएको थियो । तर, पछि भारतको पहलमा उक्त मुद्दा उल्टियो र ती कामदार भारत फर्किएका थिए । कतारको वर्तमान कानुनले धेरै गम्भीर अपराधका लागि मृत्युदण्डको अनुमति दिन्छ । तर त्यसका लागि फायरिङ स्क्वाड र ह्याङ्गिङ (कानुनी रूपमा झुन्ड्याउने) विधि प्रयोग गर्छ । 

तरबारले शिर छेदन गर्ने वा सार्वजनिक समारोह गर्ने त्यहाँको परम्परा भएको देखिँदैन । 

यहाँ क्लिक गर्दा इरानको एक भिडिओ खुल्छ । उक्त भिडिओमा पनि अहिले भाइरल भपरहेको भिडिओको जस्तै नृत्य समावेश छ । यी सबै पक्ष विश्लेषण गर्दा विभिन्न पक्षहरू सतहमा आए । पहियो यो कुनै पुरानो कथा वा ऐतिहासिक घटनालाई नाटकको रूपमा प्रस्तुत गरिएको हुनसक्छ । दोस्रो यो कबीलाको परम्परा र इतिहास देखाउनको लागि गरिएको कुनै कार्यक्रम हुन सक्छ । र, अर्को कुनै फिल्म वा टिभी कार्यक्रमको लागि दृश्य खिचिरहेको दृश्य हुन सक्छ । 

दाबी

कतारमा तरबारले सार्वजनिक रूपमा शिर छेदन गरेर मृत्युदण्ड दिन्छ ।

दाबीकर्ता

फेसबुक प्रयोगकर्ता राजन साउद, रोशन किङ्ग, भाइब हब नामक फेसबुक पेज लगायत अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ।

तथ्य

यो भिडिओ कतारमा यसरी मृत्युदण्ड दिइन्छ भन्ने दाबी गर्दै फैलाइएको छ । भिडिओमा देखिएको दृश्य एक सांस्कृतिक वा नाटकीय प्रस्तुति जस्तो देखिन्छ । यो सम्भवतः कुनै ऐतिहासिक वा धार्मिक घटनाको पुन: अभिनय हुनसक्छ । कतारको कानुनअनुसार मृत्युदण्ड फाँसी वा फायरिङ स्क्वाडद्वारा दिइन्छ । तरबारले सार्वजनिक रूपमा घाँटी रेटेर मृत्युदण्ड दिने व्यवस्था कतारमा छैन । कतारले दिने मृत्युदण्डका घटना बिरलै सतहमा आउँछन् । पछिल्लो समय सन् २०२० मा नेपालीलाई फाँसी दिइएको थियो । त्यसभन्दा अगाडि सन् २००० तिर मृत्युदण्ड दिएको घटना बाहिर आएको थियो । भाइरल भइरहेको भिडिओमा ढोकामा देखिने अरेबिक शब्दले पनि ‍यो स्थान कुनै कबीलाको पाहुनाघर वा सामुदायिक सभाहल भएको जनाउँछ ।‍

निष्कर्ष

‘कतारमा यसरी दिइन्छ मृत्युदण्ड’ भन्दै सामाजिक सञ्जालमा भाइरल भएको भिडिओको दाबी पुष्टि हुन सकेन । कतारमा तरबार प्रयोग गरेर मृत्युदण्ड दिने कुनै कानुनी व्यवस्था छैन । त्यहाँ मृत्युदण्ड केवल गम्भीर प्रकृतिका अपराधमा मात्रै दिइन्छ, त्यो पनि फाँसी वा फायरिङ स्क्वाडमार्फत कार्यान्वयन गरिन्छ । यस्तो सजायको घटना पनि दुर्लभ रूपमा मात्र सार्वजनिक हुने गरेको देखिन्छ । भिडिओमा तरबार बोकेका पुरुष, शृङ्खलाबद्ध दृश्य, विशेष पोसाक र सांस्कृतिक शैलीमा देखिएका गतिविधि तथा अरबी म्युजिकको प्रयोग भएका कारण यो सांस्कृतिक नाटक वा शुट गरिएको प्रस्तुति हुन सक्ने प्रबल सम्भावना देखिन्छ । भिडिओका प्रमुख कि–फ्रेमहरू गुगल र बिङ जस्ता सर्च इन्जिनमा रिभर्स इमेज सर्च गर्दा कम्युनिटी गाइडलाइन्सको उल्लङ्घन भन्दै स्रोत फेला परेन । यद्यपि त्यही प्रकृतिका भिडिओहरू यान्डेक्सजस्ता अन्य प्लेटफर्ममा फेला परेकोले, विषयले सामाजिक सञ्जालमा भ्रम फैलाउने सम्भावना बोकेको देखिन्छ । हामीले भिडियोको ठोस स्रोत र वास्तविकता पुष्टि गर्न नसकेकाले यसलाई ‘अपुष्ट सूचना’को रूपमा फ्ल्याग गरेका छौं ।

 

 

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ १९:५५





सामाग्री श्रोत :
टेक पाना

बनियानी– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बर्खा लागिसकेकाले अब ठुलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्।

झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले गरिरहेको आन्दोलन राजसंस्था र हिन्दु राष्ट्रका लागि मात्रै नभएको भन्दै उपयुक्त समयमा राप्रपाले ठुलो आन्दोलन गर्ने बताएका हुन्।

Ncell 2
Ncell 2

अध्यक्ष लिङ्देनले राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनःस्थापना, हिन्दु राज्यसँगै देशमा सुशासन र विकासका लागि पनि भएको बताए। जुनसुकै व्यवस्था आए पनि तीन दशकदेखि सीमित नेताले देशमा नेतृत्व गरिरहेकाले नेतृत्व परिवर्तनको आवश्यकता रहेको उनको भनाइ थियो। 

अध्यक्ष लिङ्देनले संविधानमा रहेका कतिपय कुरामा पार्टीको फरक मत रहे पनि कतिपय राम्रा रहेको उल्लेख गरे। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

मोरङ- प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका- २ स्थित जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउण्डेशनको  उद्घाटन गरेका छन्।

नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ सेवाको पहुँच पुर्याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको बताइएको छ।

प्रधानमन्त्री ओलीलाई अस्पतालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डललगायतले स्वागत गरेका थिए।

सामाग्री श्रोत :
swasthyakhabar

मुगु। जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका, सोरु र खत्याड गाउँपालिका र युएसएआईडीको आर्थिक साझेदारीमा १४ वटा खानेपानी आयोजना संचालितमा थिए।

हिमाली ग्रामीण युवा समाज विकास केन्द्र (हिरिसडेकए) नेपालको प्राविधिक सहयोगमा संचालित ति आयोजनाहरु हाल संकटमा परेका छन्।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ‘युएसआइडी’ अन्तर्गतका ति योजनाहरु अलपत्र अवस्थामा पुगेका हुन्। तर छायाँनाथ रारा नगरपालिकाले आफनो क्षेत्र भित्रका त्यस्ता आयोजना पुनः निर्माण गर्ने निर्णय गरेको छ।

छायाँनाथ रारा नगरपालिकाको कार्यपालिकाको बैठकले हालै गरेको निर्णय अनुसार युएसएआइडी र नगरपालिकाको आर्थिक साझेदारीमा संचालित नगरपालिका भित्रका ६ वटा खानेपानी आयोजनालाई निरन्तरता दिने निर्णय भएको हो।

छायाँनाथ रारा नगरपालिकामा ६ खत्याड गाउँपालिमा ६ र सोरु गाउँपालिकामा २ गरि १४ वटा आयोजना निर्माण गरी ८ सय ४२ घरधुरी र सामुदायिक संस्थामा ६ धारा खानेपानीका धारा सम्झौता अनुसार ०८१ मंसिरदेखि ०८२ असार मसान्तसम्म निर्माण गरी सुरक्षित खाने पुर्‍याउनुपर्ने थियो। आयोजना स्थलमा ३० प्रतिशत काम अगाडि बढिसकेको थियो।

युएसएआईडीको ४ करोड १२ लाख २५ हजार ९ सय १८ रुपैया मध्ये १ करोड ३९ लाख ५९ हजार ८ सय ९३ रुपैया बराबरको निमार्ण सामग्री आयोजना स्थलमा ढुवानी भइसकेको थियो।

नगरपालिकाकाले आफना नगरभित्रका ६ वटा आयोजनाका लागि ३८ लाख १२ हजार ५ सय ७६ खत्याड गाउँपालिकाले ४१ लाख ८६ हजार ५ सय ७७ र सोरु गाउँपालिकाले १३ लाख ४५ हजार ५ सय १४ पैसा बिनियोजित गरी निर्माण कार्य अघि बढिरहेका बेला ट्रम्प प्रशासनले युएसए आईडीका अन्य परियोजना सहित कर्णाली जलपरियोजनाको काम समेत बन्द गर्ने निर्देशनले यि आयोजनाहरु अलपत्र परेका थिए।

आफनो नगरपालिका भित्रका आयोजना अलपत्र अवस्थामा रहेपछि नगरपालिकाको तर्फबाट ८३ लाख ३४ हजार ३ सय ११ रुपौया ६९ पैसा सम्बन्धित वडाको तर्फबाट ८३ लाख ३४ हजार ३ सय ११ रुपैयाँ गरी कुल १ करोड ६६ लाख ८६ हजार २३ रुपैयाँ ३८ पैसामा ६ वटा आयोजन हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र(हिरिसडेक)को प्राविधिक सहयोगमा पुन संचालन गर्ने भन्ने निर्णय भएका उक्त संस्थाका कार्यकारी निर्देशक शिवचन्द्र कार्कीले जानकारी दिएका हुन्।

समूदाय स्तरबाट पुनः निर्माण गरी दशैं अगाडि निर्माण कार्य सम्पन्न गरी आयोजना स्थलका घरघरमा खानेपानीका धारा निर्माण सम्पन्न गरिने छायाँनाथ रारा नगरपालिकाका मेयर बिष्णु कुमार भामले बताए।

खत्याड गाउँपालिका सक्रिय

खत्याड गाउँपालिकाले पनि आफ्नो पालिकाभित्र युएसएआइडीले अलपत्र अवस्थामा छाडेका ६ वटा आयोजनालाई पालिका आफैले निर्माण कार्यलाई निरन्तरता दिने भएको छ।

खत्याड गाउँपालिका र युएसएआइडीको आर्थिक साझेदारीमा हिरिसडेक नेपालको प्राविधिक सहयोगमा ६ वटा आयोजना संचालित थिए। ति आयोजनाबाट ३ सय ८५ घरधुरीका घर घरमा धारा निर्माण भई प्रत्येक घरधुरीले सुरक्षित खानेपानी उपभोग गर्न पाउने थिए।

ति आयोजनाका लागि गाउँपालिकाले ४१ लाख ८६ हजार ५ सय ७७ रुपैंयाँ विनियोजित गरेको र बाँकी रकम युएसएआइडले ब्यर्होने सम्झौता अनुसार ५० प्रतिशत निर्माण सामग्री आयोजना स्थमा पुगिसकेको थियो।

आयोजनाहरु अलपत्र पर्ने देखेपछी गाउँपालिकाले आवश्यक ७० लाख रकम आउँदो बजेटमा ब्यवस्थापन गरी दशैंभित्रै ६ वटा आयोजनाका प्रत्येक घरमा एक घर एक धारा पुर्‍याउने लक्ष्य राखिएको खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले जानकारी दिए।

आगामी बजेटमा समेटिने

सोरु गाउँपालिका—८ रुमा गाउँका ८९ घरधुरीका लागि युएसएआइडी र गाउँपालिकाको साझेदारीमा एक घर एक धाराको कार्य अगाडि बढिरहेको थियो। तीन वटा आरबिटी निर्माण हुँदै मूख्य पाइपलाइनको काम सकिएको थियो।

लामो समयदेखि पानीका समस्या झेल्दै आएका रुमाबासीहरु घर घरमा धाराबाट पानी उपभोग गर्न पाइने भएपछि खुशी देखिन्थे। तर निर्माण कार्य रोक्नुपर्ने निर्देशन आएपछि उपभोक्ता चिन्तित भएका थिए।

उक्त आयोजना निर्माण समितिक अध्यक्ष अमृत रावल भन्छन्, ‘रुमाबासीले लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका थिए । त्यही विचमा सुरक्षित खानेपानी पुर्‍याउने आफनो लक्ष्य थियो। तर एक्कासी काम रोक्नु भन्ने जानकारी आएपछि काम रोकेका थियौं। तर आरबिटीहरु माटोले पुरेर पुनः प्रयोग गर्न नमिल्ने भएको हुँदा मन कटक्कै पोलेको छ।’ तर उक्त आयोजनाहरु पनि आउँदो बजेट सभाबाट रकम ब्यवस्थापन गरी पुनः निर्माण सुरु गरिने सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए।


सामाग्री श्रोत :

युएसएआइडी बन्द भएपछि आयोजना सम्पन्न गर्न स्थानीय सरकार सक्रिय

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट