२०८२ जेष्ठ २६ आईतवार
२०८२ जेष्ठ २६ आईतवार

नागरिक एप डाउन, सेवाग्राही मर्कामा

काठमाडौँ । शनिबार बिहानैदेखि नागरिक एप डाउन भएको पाइएको छ । एप नचलेपछि सेवाग्राहीहरू मर्कामा परेका छन् ।

एप खोल्दा होमपेजमा ‘केही समस्या आएको छ । कृपया फेरि प्रयास गर्नुहोस्’ भन्ने सन्देश देखिन्छ । एपमा लिंक गरिएका कागजातहरू नखुल्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।

विशेषगरी एपमा रहेको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउनुपर्ने सेवाग्राही प्रभावित भएका छन् । आवश्यक समयमा लाइसेन्स देखाउन नपाउँदा समस्या भएको उनीहरूको गुनासो छ ।

यो समस्या आईओएस, एन्ड्रोइड र वेब एप तीनै प्लेटफर्ममा देखिएको छ । वेबमार्फत लगइन गर्दा ‘नेटवर्क कनेक्सन एरर’ भन्ने सन्देश देखिने गरेको छ । समस्या के कारणले आएको हो भन्ने स्पष्ट भइसकेको छैन । नागरिक एपको प्राविधिक टोलीसँग सम्पर्क प्रयास जारी छ ।

यसअघि, गत वैशाखमा राष्ट्रिय सूचना प्रविधि केन्द्रको विद्युत् आपूर्ति प्रणालीमा खराबी आउँदा पनि यस्तै समस्या देखिएको थियो ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ ७:१५





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट