२०८२ जेष्ठ २६ आईतवार
२०८२ जेष्ठ २६ आईतवार

सरकारले झन्डै ८ अर्बमा जर्मन कम्पनीलाई दियो इलेक्ट्रोनिक मसिन रिडेबल ट्राभल डकुमेन्टको ठेक्का

काठमाडौँ । राहदानी विभागले इलेक्ट्रोनिक मसिन रिडेबल ट्राभल डकुमेन्ट (ईएमआरटीडीएस) को ठेक्का दुई जर्मन कम्पनीलाई दिएको छ । बिहीबार छुट्‍टाछुट्‍टै सूचनामार्फत विभागले दुवै कम्पनीको सँग ठेक्का सम्झौता गर्न चाहेको जानकारी गराएको हो ।

दुई प्याकेजमा विभाजित ईएमआरटीडीएसको प्याकेज-१ मुइलबर आईडी सर्भिसेज जीएमबीएच (Muehlbauer ID Services GmbH) लाई एक अर्ब ५५ करोड ८ लाख १४ हजार ३२५ तथा ७ लाख ३८ हजार ५३६ गरी एक अर्ब ५५ करोड १५ लाख ५२ हजार ८६१ रुपैयाँमा दिइएको छ । जसमा प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डेटा म्यानेजमेन्ट र डेलिभरी सिस्टम लगायत ईएमआरटीडीएस सिस्टमको काम समावेश छ ।

त्यसैगरी परियोजनाको प्याकेज-२ को ठेक्का ६ अर्ब ११ करोड ३८ लाख २७ हजार ३७० का अतिरिक्त १६ करोड १६ लाख ८ हजार ३८४ गरी ६ अर्ब २७ करोड ५४ लाख ३५ हजार ७५४ रुपैयाँको ठेक्का जर्मनीकै भेरिडोस जीएमबीएच (Veridos GmbH) लाई हस्तान्तरण गरिएको छ ।

जसमा ईएमआरटीडीएसको बुकलेटसहित पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टम समावेश छ । दुवै प्याकेजको ठेक्का सम्झौताका लागि तय गरिएको मूल्य ७ अर्ब ८२ करोड ६९ लाख ८८ हजार ६१५ रुपैयाँ हुन आउँछ । उल्लिखित दुवै कम्पनी न्यूनतम बोलकबोल रकमको आधारमा छनौट गरिएको विभागले जनाएको छ । 

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ २१:०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट