२०८३ असार ४ बिहीबार
LATEST NEWS
२०८३ असार ४ बिहीबार

गोलबजार(सिरहा)। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले देशलाई समृद्ध बनाउनका लागि युवामा काम गर्ने हुटहुटी हुनुपर्ने बताएका छन्।

यहाँको खडक नगरपालिकामा राष्ट्रिय युवा परिषद्द्वारा आयोजित ‘आकस्मिक, मानसिक स्वास्थ्य तथा उद्यमशील केन्द्रित युवा परामर्श तथा मार्गदर्शन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सम्भावना छैन भन्ने गलत भाष्य सृजना भइरहेको बताए।

नगरपालिकाको सभाहलमा आयोजित एक दिने कार्यशालाको सहजीकरण प्रमुख प्रशिक्षक मनोविद् डा गोविन्दराज पोखरेल र डा राम थापाले गरेका छन्। तालिममा युवा मानसिक स्वास्थ्य, यसले पार्ने प्रभाव, परामर्श र बिरामीलाई कसरी पहिचान गर्नेबारे प्रशिक्षण दिइएको थियो।

खडक नगरपालिकाका नगरउप्रमुख रिता चौधरीले युवाहरु राष्ट्रको गहना भएकाले राज्यले युवालाई सीपमूलक तालिमको व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन्।


सामाग्री श्रोत :

‘युवामा काम गर्ने हुटहुटी हुनुपर्छ’

काठमाडौँ । मधेस प्रदेशले सम्पूर्ण यातायात व्यवस्था कार्यालयहरूमा अटोमेटिक ट्रायल सेन्टर स्थापना गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ को प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सुमित्रा सुवेदीले यस्तो योजना सार्वजनिक गरेकी हुन् । 

“मधेस प्रदेशका सबै यातायात व्यवस्था कार्यालयमा अटोमेटिक ट्रायल सेन्टर स्थापना र स्मार्ट लाइसेन्सको छपाइको व्यवस्था मिलाइनेछ,” उनले भनेकी छिन् । साथै राजमार्गका विभिन्न स्थानमा भेहिकल फिटनेस टेस्ट सेन्टर स्थापनाका लागि सङ्घीय सरकारसँग समन्वय गरी प्रक्रिया समेत अघि बढाइनेछ । 

यसका साथै विकट क्षेत्रमा बस्ने बिरामीका लागि टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याउने घोषणा समेत प्रदेश सरकारले गरेको छ । स्वास्थ्य सेवा सुलभ रूपमा नपाएका नागरिकका लागि यस्तो सेवा सुरु गरिनेछ ।

“स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित बिरामीहरूलाई सञ्चार प्रविधिको माध्यमबाट विशेषज्ञ चिकित्सकको परामर्श उपलब्ध गराउन तथा स्वास्थ्य सेवाको डिजिटल अभिलेख राखी सेवा प्रवाह गर्न टेलिमेडिसिन र ई-हेल्थ प्रणाली सञ्चालन गरिनेछ,” प्रदेश प्रमुख सुवेदीले भनिन् ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ २०:५७





सामाग्री श्रोत :
टेक पाना

सुर्खेत– जाजरकोटको नलगाड नगरपालिका–८ मा भेरी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका तीन जनामध्ये दुईको शव फेला परेको छ ।

भेरी नदीको मन्मैमा पौडी खेल्ने क्रम्मा १५ वर्षीया भगवती नेपाली र १० वर्षीय महेश कुसारीको शव फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक बसन्त शर्माले जानकारी दिए । १२ वर्षीया आशा कुसारी अझै बेपत्ता छन् ।

Ncell 2
Ncell 2

बेपत्ताको खोजी जारी छ । आज दिउँसो २ बजे भेरीमा पौडी खेल्ने क्रममा उनीहरु भेरीमा बेपत्ता भएका हुन् । जाजरकोट तर्फको ६ ठाउँमा प्रहरी परिचालन गरेर बेपत्ताको खोजी भइरहेको जाजरकोटका डिएसपी शर्माले जानकारी दिए । आशा र महेश एकै घरका दिदी भाई हुन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

कञ्चनपुर। गौरीफन्टा नाका हुँदै भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको संक्रमण देखापरेको छ। सो नाका हुँदै फर्केका पाँच महिलाको आज ‘एन्टिजेन’ परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको हो। ती मध्ये तीन जना कैलाली र दुई जना अछामका हुन्।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीका अनुसार भारतबाट फर्केका शंकास्पद ३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। कोरोना संक्रमित पाँचै जनालाई ‘होम क्वारेण्टाइन’मा बस्न परामर्श दिइएको छ। दुई दिनअघि मात्रै यही नाका भएर भारतबाट आएका ३६ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

तीन दिनमा भारतबाट फर्केका आठ जनामा कोराना संक्रमण देखा परेको सूचना अधिकारी जोशीले जानकारी दिए। संक्रमितहरुमा ज्वरो र रुघाखोकीको समस्या रहेको उनको भनाइ छ।

एन्टिजेनको नतिजा पोजेटिभ आएका आठै जनाको नमूना काठमाडौंस्थित प्रयोगशालामा पठाइएको छ। आपतकालीन सञ्चालन केन्द्रले सीमा नाकामा तीन दिनदेखि ‘हेल्थ डेस्क’ राखेर कोराना परीक्षण गर्दै आएको छ।

‘पुरानै स्टकमा रहेका किट प्रयोग गरी परीक्षण गर्दै थियौँ, आज थप दुई सय किट प्राप्त भएको छ’, सूचना अधिकारी जोशीले भने, ‘दुई÷तीन दिनभित्रै सीमा नाका गड्डाचौकीमा हेल्थ डेस्क राखेर कोरोना परीक्षण गर्छौँ।’


सामाग्री श्रोत :

भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोनाको संक्रमण

काठमाडौँ । राहदानी विभागले इलेक्ट्रोनिक मसिन रिडेबल ट्राभल डकुमेन्ट (ईएमआरटीडीएस) को ठेक्का दुई जर्मन कम्पनीलाई दिएको छ । बिहीबार छुट्‍टाछुट्‍टै सूचनामार्फत विभागले दुवै कम्पनीको सँग ठेक्का सम्झौता गर्न चाहेको जानकारी गराएको हो ।

दुई प्याकेजमा विभाजित ईएमआरटीडीएसको प्याकेज-१ मुइलबर आईडी सर्भिसेज जीएमबीएच (Muehlbauer ID Services GmbH) लाई एक अर्ब ५५ करोड ८ लाख १४ हजार ३२५ तथा ७ लाख ३८ हजार ५३६ गरी एक अर्ब ५५ करोड १५ लाख ५२ हजार ८६१ रुपैयाँमा दिइएको छ । जसमा प्रि-इनरोलमेन्ट, इनरोलमेन्ट, डेटा म्यानेजमेन्ट र डेलिभरी सिस्टम लगायत ईएमआरटीडीएस सिस्टमको काम समावेश छ ।

त्यसैगरी परियोजनाको प्याकेज-२ को ठेक्का ६ अर्ब ११ करोड ३८ लाख २७ हजार ३७० का अतिरिक्त १६ करोड १६ लाख ८ हजार ३८४ गरी ६ अर्ब २७ करोड ५४ लाख ३५ हजार ७५४ रुपैयाँको ठेक्का जर्मनीकै भेरिडोस जीएमबीएच (Veridos GmbH) लाई हस्तान्तरण गरिएको छ ।

जसमा ईएमआरटीडीएसको बुकलेटसहित पर्सनलाइजेसन, क्वालिटी कन्ट्रोल र प्याकेजिङ सिस्टम समावेश छ । दुवै प्याकेजको ठेक्का सम्झौताका लागि तय गरिएको मूल्य ७ अर्ब ८२ करोड ६९ लाख ८८ हजार ६१५ रुपैयाँ हुन आउँछ । उल्लिखित दुवै कम्पनी न्यूनतम बोलकबोल रकमको आधारमा छनौट गरिएको विभागले जनाएको छ । 

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ २१:०





सामाग्री श्रोत :
टेक पाना

बुटवल–  नवलपरासीमा एक युवकले कोदालाे प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या गरेका छन् । जिल्लाको सुनवल नगरपालिका वडा नम्बर २ अवरैयामा २७ वर्षीय हेमराज थारुले बुबा ५० वर्षीय जयराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका हुन् ।

शुक्रबार उनले कोदालोले प्रहार गरेर बुबा र छिमेकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी बिरदत्त पन्तले जानकारी दिए ।

Ncell 2
Ncell 2

हेमराजले आफ्नै बुबाको कोठाभित्रै कोदालो प्रहार गरेर हत्या गरेका हुन् । उनले लगत्तै छिमेकी धरिकारलाई घर अगाडिको बाटोमै हत्या गरेको प्रहरी जनाएको छ । 

प्रहरी नायव उपरीक्षक पन्तका अनुसार हत्याको कारणबारे अझै खुल्न सकेको छैन । हेमराजलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

हेमराज रुपन्देहीमा मणिग्रामस्थित सुधार गृहमा बसेर केही समय अगाडि मात्रै निस्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको  छ । उनी तीन महिना सुधार गृहमा बसेका थिए । हत्याबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नेपालमा छात्रवृत्तिमा पढेका आँखा रोग विशेषज्ञ चिकित्सकहरूको दुई वर्षे सेवा अवधिलाई प्रभावकारी बनाउन पारदर्शी र सहभागितामूलक परिचालन प्रणाली आवश्यक छ। सरकारी अस्पतालमा पर्याप्त पूर्वाधार, उपकरण, जनशक्ति र बिरामीमैत्री वातावरण सुनिश्चित गर्नुपर्छ। अस्पतालको पूर्वमूल्यांकन, अनुभवी विशेषज्ञसँग सहकार्य र प्राविधिक सहयोगले सेवा गुणस्तरीय बनाउन सकिन्छ। 

समयमै तलब, प्रोत्साहन, मानसिक स्वास्थ्य सहयोग र सुरक्षित आवासले चिकित्सकको मनोबल र कार्यक्षमता बढ्छ। नेत्र सेवालाई मुख्य विभागको रूपमा स्थापित गर्दै मोतिबिन्दु शल्यक्रिया र अन्य विशेष सेवाहरू विस्तार गर्नुपर्छ। 

निजी क्षेत्रसँग सहकार्य गर्दा सरकारी जिम्मेवारीबाट पन्छिनुहुँदैन। थप अध्ययन, तालिम, र सम्मानजनक वातावरणले चिकित्सकहरूलाई देशको सेवा गर्न प्रेरित गर्छ, जसले सबै नेपालीका लागि गुणस्तरीय नेत्र सेवा सुनिश्चित गर्नेछ। 

छात्रवृत्तिमा पढेका आँखा रोग विशेषज्ञ चिकित्सकहरूको प्रभावकारी परिचालन र सरकारको दायित्वलाई यसरी बुझ्न सकिन्छ:
१.    दुई वर्षे सेवा अवधिमा आँखा रोग विशेषज्ञ (Ophthalmologist) चिकित्सकहरू जाने अस्पतालको विस्तृत जानकारी दिनु आवश्यक छ। त्यहाँ उपलब्ध नेत्र सेवा, उपकरणहरू, जनशक्ति स्थिति, बिरामीको आगमन संख्या आदिबारेयसरी गरेमा खटाइने ठाउँप्रति पूर्वतयारी भएर जान मिल्छ। 

– ‘टप-डाउन’ आदेशभन्दा ‘कोल्याबोरेटिभ डेभलप्मेन्ट’ को अभ्यास सुरु हुन्छ।
आँखा रोग विशेषज्ञ चिकित्सक सेवा स्थलमा ‘खटाइएको’ होइन, ‘सहमतिमा सहभागी भएको’ महसुस गर्न सक्ने पारदर्शी र सुरक्षित प्रणाली हुनु आवश्यक छ।देशका दुर्गम ठाउँमा सेवा गर्दा सम्मान, सुरक्षा र सहयोगको प्रत्याभूति पाउनैपर्छ।

२. छात्रवृत्तिमा पढेका चिकित्सकहरूको उचित परिचालन
•दुई वर्षे बोन्डमा रहेका आँखा रोग विशेषज्ञ (अप्थाल्मोलोजिष्ट) चिकित्सकहरूलाई  सरकारी अस्पतालहरूमा नै खटाउनु पर्छ।पहिले नै कार्यरत रहेका आँखा रोग विशेषज्ञ भएका अस्पतालहरूमा खटाइयो भने नयाँ आँखा रोग विशेषज्ञलाई प्रशिक्षण, मार्गदर्शन र सहकार्य गर्न सहज हुन्छ।

३.खटाउनु अघि अस्पतालको मूल्याङ्कन गर्नुपर्छ
अस्पतालको पूर्वाधार, उपकरण, आवश्यक जनशक्ति (अप्टोमेट्रिस्ट, अप्थाल्मिक एसिस्टेन्ट आदि) छन् कि छैनन् भनेर अध्ययन गर्नुपर्छ।
•    पूर्वका आँखा रोग विशेषज्ञहरूले पहिल्यै के–कस्तो समस्या भोगे? अनुसन्धान (फिल्ड फिडब्याक) लिएर सुधार गर्नु पर्छ।

 ४. आँखा विभाग सफा, बिरामीमैत्री हुनुका साथै, चिकित्सक तथा प्यारामेडिक्सहरुले सहज ढंगले बिरामीको जाँच गर्न सक्ने वातावरण हुनुपर्छ र कार्यस्थल आउन मन लाग्ने खालको आकर्षक, आरामदायी र विश्वासिलो वातावरण सिर्जना गर्नुपर्छ।

५. प्रविधिको पहुँच हुनुपर्छ । हिजोका दिनमा टर्च लाइटले आँखा जाँच गरेका ठाउँमा आज स्लिट ल्याम्प छ।यो सकारत्मक सुधार हो तर अहिले पनि कतिपय अस्पतालमा आधारभूत नेत्र उपकरण छैनन्।अनिवार्य उपकरणहरू उपलब्ध गराउनु पर्छ। नत्र भने यो त लडाइँमा हतियार बिना परिचालन गरेको सिपाही जस्तै हुन्छ। 

६. जनशक्ति व्यवस्थापन 
•    नेत्र विभागमा बिरामीको आगमन संख्या, र शल्यक्रियाको मात्रा आदिको आधारमा जनशक्तिको आवश्यकता मूल्याङ्कन गर्नुपर्छ।
•    जहाँ आवश्यक छ, त्यहाँ अप्टोमेट्रिस्ट, अप्थाल्मिक एसिस्टेन्ट र अन्य सहयोगी स्वास्थ्यकर्मी थप्नु पर्छ।

७.नेत्र विभागको कार्यक्षेत्र विस्तार गर्ने सोच ल्याउनु पर्छ
•    अस्पताल व्यवस्थापनले नेत्र विभागलाई ‘मुख्य सेवा विभाग’ भनेर बुझ्न आवश्यक छ, न कि ‘अप्सनल’ सेवा जस्तो व्यवहार गर्नु।

नेत्र सेवा भनेको मात्र डाइबेटिक रेटिनोप्याथी वा हाइपर रेटिनोप्याथीको स्क्रिनिङको लागि मात्र राखिएको हो भनेर सोच्नु हुँदैन। आँखाको उपचार जाँचमा मात्र सीमित नराखी, मोतिबिन्दु शल्यक्रिया समेत सुरु गर्ने उद्देश्य र प्रगति गर्ने सोच हुनुपर्छ। 

८. तलबको विषय विशेष प्राथमिकता: समयमै तलब, कामको आधारमा थप प्रोत्साहन, स्थायीत्व र सम्मानको अनुभूति दिलाउने व्यवस्था गर्नु आवश्यक छ।

९. कार्य-जीवन सन्तुलन : सरकारी सेवामा काम गर्दा कार्यको चाप र व्यक्तिगत जीवनबीच सन्तुलन कायम राख्न सकुन् भन्ने सुनिश्चित गर्नुपर्छ।प्रशासकीय दबाब घटाउने, समयमै बिदा दिने र मानव संशाधन उचित रूपमा बाँडफाँट गर्ने व्यवस्था हुनुपर्छ।

१०. मानसिक स्वास्थ्यमा ध्यान: आँखा रोग विशेषज्ञ चिकित्सकहरूको लागि मानसिक स्वास्थ्य सत्र, काउन्सेलिङ सेवा, जस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ।बर्नआउट कम गर्न सकिने नीति तथा व्यवस्थापन प्रणाली विकास आवश्यक छ। कुनै अस्पतालमा आँखा रोग विशेषज्ञ चिकित्सकले काम गर्ने वातावरण अपमानजनक, अपारदर्शी वा यातनाजन्य अनुभव गरे: यस्तो अवस्था उपयुक्त अनुसन्धानसहित तत्काल सम्बोधन गरिनुपर्छ।आवश्यक परे स्थानान्तरणको वैकल्पिक व्यवस्था मिलाइनुपर्छ।

११. दुई वर्षे बोन्डको भावना बदल्नु पर्छ : आँखा रोग विशेषज्ञ चिकित्सकहरूले ‘दुई वर्षको समय बेकार गयो’  भन्ने होइन, ‘देशको सेवा गर्दा अनुभव, आत्मसन्तुष्टि र सम्मान पाएँ’ भन्ने अनुभूति पाउन वातावरण सिर्जना गर्नुपर्छ। भविष्यमा पनि अरु आँखा रोग विशेषज्ञ चिकित्सकहरू खुशीका साथ जान चाहून्, भन्ने वातावरण निर्माण गर्नु जरुरी छ। यसमा अस्पतालका मेडिकल डाइरेक्टरहरूको प्रमुख भूमिका हुन्छ।

१२. निजी तथा गैरसरकारी क्षेत्रसँग प्रविधिक सहकार्य:  निजी तथा गैरसरकारी संस्थाहरूबाट प्राविधिक सहयोग लिनु सकारात्मक हो, तर सहयोग पायो भन्दैमा सरकारले यस्ता संस्थालाई आफ्नो घरको चाबी नै दिनु हुँदैन, आफ्ना जिम्मेवारीबाट पन्छिनु पनि हुँदैन।

सरकारी अस्पतालभित्रै उपकरण, जनशक्ति र सेवा सञ्चालन गर्नु पर्छ न कि बाहिर। यसरी गर्दा डुप्लिकेसनको जोखिम हट्छ, नयाँ भवन निर्माण वा छुट्टै पूर्वाधारको आवश्यकता पर्दैन, जसले गर्दा खर्चमा कटौती हुन्छ।सरकारले आफ्नो पूर्वाधार र जनशक्ति मार्फत आमजनतालाई गुणस्तरीय सेवा दिँदै साझा उद्देश्य: सबै नेपालीलाई गुणस्तरीय आँखा सेवा र नेपालका सबै भूभागमा नेत्र सेवा विस्तार लक्ष्य पूरा हुन मद्दत गर्छ।

१३.सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना) अस्पतालहरूमा पर्याप्त संख्यामा आँखा रोग विशेषज्ञहरू छ-छैनन् अध्ययन गरी दुई वर्षे बोन्डमा रहेका आँखा रोग विशेषज्ञहरू खटाउने व्यवस्था गर्नुपर्छ  र लोकसेवा आयोग मार्फत दरबन्दी खुलाउँदा विशेष प्राथमिकता दिनु आवश्यक छ।

१४. थप अध्ययन र सीप विकासका अवसरहरू- फेलोसिप, सबस्पेसियालिटी ट्रेनिङ, वर्कशप, सेमिनार, सिएमईमा आँखा रोग विशेषज्ञ चिकित्सकहरूको सहभागी गर्न मौका तथा हौसला दिनु पर्छ।

१५. आँखा रोग विशेषज्ञ चिकित्सकहरूका लागि सुरक्षित र सम्मानजनक आवासको व्यवस्था र न्यूनतम यस्ता आवासीय सुविधा उपलब्ध हुनु पर्छ:
•    कम्तिमा १ कोठा (रूम), किचन, शौचालय 
•    आँखा रोग विशेषज्ञ चिकित्सकले त्यो क्वार्टरमा आफ्नो परिवारसहित बस्न मिल्ने वातावरण पाउनुपर्छ, र  सरकारले दिएको ‘सुविधा’ लाई गर्भको रूपमा लिने वातावरण हुनु पर्छ।

बसोबासको स्थान आँखा रोग विशेषज्ञ चिकित्सक र उनीहरुको परिवारको लागि सुरक्षात्मक हुनुपर्छ।त्यहाँ आवासीय इलाकामा बिजुली, पानी, सञ्चार सुविधा, सरसफाइ आदि न्यूनतम आवश्यक पूर्वाधार व्यवस्थापन अनिवार्य हुनु पर्छ।

-(आँखा रोग विशेषज्ञ डाक्टर मल्ल नेपाल ओफ्थाल्मिक सोसाइटीका महासचिव हुन्। उनी नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य पनि हुन्।)
 

सामाग्री श्रोत :
swasthyakhabar

धरान (सुनसरी)। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले उत्तेजक नारा र भीड उक्साउने शैलीको राजनीतिमा विश्वास नराख्ने बताएका छन्।

धरानमा नेपाल लोकतन्त्रवादी याक्थुङ लिम्बू संघको प्रथम महाधिवेशनमा आज उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनसम्मको यात्रामा कांग्रेसको अग्रणी भूमिका रहेको बताए। उहाँले संविधान निर्माणको संवैधानिक प्रक्रियामा मात्र नभएर त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारीमा कांग्रेस अग्रमोर्चामा उभिएको धारणा राखे।

राजनीति उक्सावट लोकतन्त्रमाथि नै गम्भीर प्रश्न उठ्न सक्ने भएकाले पार्टी शान्ति स्थिरता र संस्थागत सुधारका लागि जिम्मेवार भूमिका खेल्दै आएको बताए। उनले भने, ‘लोकतान्त्रिक मूल्य, बहस सहमतिदेखि नीति नै कांग्रेसको राजनीति आधार हो । राजनीतिमा भावना हुन्छ तर भावनालाई हामीले बेचेर राष्ट्र बन्दैन । परिवर्तनको प्रक्रिया शान्त र स्थायी र सवलीकरणको मार्गबाट अघि बढ्नुपर्छ।’

कांग्रेसले विवेकपूर्ण बहस र नीति निर्माणका कामलाई बलियो बनाउँदै अघि बढ्ने बताउँदै महामन्त्री थापाले राजनीतिमा लोकमत र भावनाभन्दा विचार नीति र पहुँचमुखी संवादलाई महत्त्व दिनु आजको आवश्यकता रहेको बताए।

राष्ट्रवादको बहानामा कुनै पनि बहुकालीन व्यवस्थामा फर्किन नहुने धारणा राख्दै उनले नेपालको आर्थिक सामाजिक परिवर्तनमा प्रजातन्त्रले अतुलनीय योगदान दिएको बताए। उनले भने, ‘अहिले दुई दलको सरकार र राजनीतिलाई नै शक्तिशाली बनाउनु हाम्रो पहिलो आवश्यकता हो।’


सामाग्री श्रोत :

उत्तेजनाको राजनीति कांग्रेसको शैली होइन: महामन्त्री थापा

काठमाडौँ । एनसेल फाउन्डेसनले ‘सीप मेला २०८२’ को लागि काठमाडौँ महानगरपालिकासँग साझेदारी गरेको छ । सीप विकास अन्तर्गत काठमाडौँ महानगरपालिकाले आयोजना गरेको यो सबैभन्दा ठुलो सीप विकास कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत, व्यवहारिक र रोजगारमुखी सीपको तालिम दिने लक्ष्य लिइएको छ ।

जसले सहभागीहरूको रोजगारी सम्भावना वृद्धि गर्दै दिगो जीविकोपार्जनमा सहयोग पुऱ्याउने अपेक्षा राखिएको छ । काठमाडौँ महानगरपालिकाले बुधबार काठमाडौँको टुंडिखेलमा दुवै पक्षबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

काठमाडौँ महानगरपालिकाको तर्फबाट सीप मेला २०८२ कार्यान्वयन समितिका संयोजक शैलेन्द्र झा र गतिशील अभियान नेपालका तर्फबाट अध्यक्ष रामजीप्रसाद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एनसेलको तर्फबाट एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर, विशाखा लक्ष्मी खड्का र कर्पोरेट एन्ड रेगुलेटरी अफेयर्स डाइरेक्टर डिल्लिराम श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

“एनसेल फाउन्डेसनमा हामी सीप अभिवृद्धि नै रोजगारीको सम्भावना बढाउने र दिगो जीविकोपार्जनको आधार निर्माण गर्ने प्रमुख उपाय हो भन्नेमा विश्वास गर्छौँ । यस सहकार्यबाट युवाहरूलाई व्यवहारिक सीपहरू प्रदान गरी आजको परिवर्तनशील रोजगारी बजारमा सफल हुन सघाउने विश्वास लिएका छौँ,” विशाखा लक्ष्मी खड्काले भनिन् ।

गत ७ जेठदेखि सुरु भएको सीप मेलामा हाल १० क्षेत्रमा आधारित ३७ पेसामा २,४२४ जनालाई सीप तालिम प्रदान भइरहेको छ । यसमा आईसीटी क्षेत्रमा साइबर सेक्युरिटी, मल्टिमिडिया, डट नेट, जाभा, पीएचपी र ग्राफिक्स, डिजिटल मार्केटिङ, ड्रोन, रोबोटिक्स, फाइबर अब्टिक्स टेक्निसियन, एआई र यसको प्रयोग गरी १२ पेसा समावेश छन् ।

इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सीसीटिभी रिपेयरिङ, मोबाइल रिपेयरिङ गरी ४ ओटा पेसाको तालिम सञ्चालनमा छ । कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन लगायतका ५ पेसाको तालिम छ । अटोमोबाइल्समा इलेक्ट्रिक भेहिकल (ईभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत, विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ पेसाको तालिम सञ्चालित छ । 

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ २१:१९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– माओवादी केन्द्रसम्वद्ध वाईसीएलको अध्यक्षमा पुष्प ओली सर्वसम्मत चयन भएका छन्।

राजधानीमा भएको तेस्रो सम्मेलनबाट ओली नेतृत्वमा सर्वसम्मत बनेका हुन्। त्यसैगरी महासचिवमा गणेश शाही चुनिएका छन्।

Ncell 2
Ncell 2

आइतबारदेखि सुरु भएको तेस्रो सम्मेलनमा सहमति जुट्न नसक्दा चार पटकसम्म निर्वाचन कार्यतालिका संशोधन भएको थियो।

बिहिबारसम्म कमलादीस्थित प्रज्ञा भवनमा चलेको सम्मेलन आजदेखि चाबहिल मित्रपार्कमा रहेको गोल्डेन पार्टी प्यालेसमा सारिएको थियो।

वाईसीएल नेताहरुका अनुसार अध्यक्षका आकांक्षी १३ जना आकांक्षी थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट