२०८२ जेष्ठ २६ आईतवार
२०८२ जेष्ठ २६ आईतवार

तरकारी खेतीबाट हेर्नीकाँध गाउँका किसानलाई मालामाल

मगुगु। मुगुको छायानाथ रारा नगरपालिका–३ हेर्नीकाँध गाउँ विगत एक दशकदेखि तरकारी खेतीमा आत्मनिर्भर छ। यहाँ रहेका २२ घरपरिवारको दैनिकी बिहानदेखि बेलुकीसम्म खेतबारीमै वित्नेगर्छ।

गाउँका सबै घरपरिबार बेमैसमी र मौसमी तरकारी खेतीमा आकर्षण भएसँगै हेर्नीकाँध तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएको छ।

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि गाँउका २२ घरधुरीले ८१ भन्दा बढी रोपनीको कृषि क्षेत्र विकास कार्यक्रमको १० लाख ४७ हजार २ सय १६ रुपैंयाँ र महिला प्रगतिशिल कृषक समूहको एक लाख ४७ हजार २ सय ४७ रुपैंयाँ गरी जम्मा २० लाख ८९ हजार नौं सय ५२ रुपैंयाको लगानीमा २२ वटा फलामे टनेल घर निर्माणलगायत अन्य तालिम गोष्ठी, सेमिनार, औजार, बिउलगायतको लगानीमा सामूहिक मौसमी र बेमौसमी खेती गरिरहेका छन्।

विगतका दिनमा अन्नवालीबाट मात्र घरखर्च चलाउन निकै गा¥हो हुने गरेको थियो। ‘कृषि क्षेत्र बिकास कार्यक्रक लागू भएदेखि २२ घर परिवारका महिलाहरु मिलेर समूहमार्फत तरकारी खेती गरेका छौं। २२ वटा फलामे टनेल घर निर्माण गरिएको छ। अन्य तालिम, गोष्ठी, जैविक बिषादी मल, तरकारी उत्पादन गर्ने तालिम ,पोषणयुक्त खानेकुराहरुको लालिम पाएपछि पथ सहज भएको छ। हामीले विदेश जान पर्दैन्, बालबच्चाको पढाइलेखाइ अन्य घरखर्च तरकारी विक्रीबाट चलाउछौं,’ स्थानीय चन्द्र रोकायाले भने।

हिजोआज प्रत्येक घरमा चारदेखि पाँच लाखसम्म रकम जम्मा भएको छन्। ‘प्रत्येक घरमा जीवन बिमा समेत गरेका छौं। सबैभन्दा सहज बिगतका बर्षहरुमा टनेल घर बनाउँदा प्रत्येक बर्ष काठ चाहिने भएको हुँदा वन फडानी बढी हुन्थ्यो। अहिले फलामे टनेल निर्माण गर्दा फडानी कम भएको र समयको बचत भएको छ। तरकारी आफुहरुले खाएर नजिकैको गमगढी बजारमा विक्री गरिरहेका छौं,’ कृषक सृजना बुढाले भनिन्।

बजार पनि सबैभन्दा नजिक भएकाले दैनिक तरकारी विक्रीबाट राम्रो आम्दानी हुने गरेको कृषि प्राविधिक एवम छाँयानाथ रारा नगरपालिका कृषि क्षेत्र बिकास कार्यक्रम मुगुका दानसिंह जिसीले बताए।


सामाग्री श्रोत :

तरकारी खेतीबाट हेर्नीकाँध गाउँका किसानलाई मालामाल

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट