२०८२ असार १० मंगलवार
२०८२ असार १० मंगलवार

कीर्तिपुर: विष्णुदेवी अस्पतालमा २४ घण्टे इमर्जेन्सी सेवा सुरु

कीर्तिपुर– कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलले चुनावी प्रतिबद्धता पूरा गर्दै पदबहालीको ६ महिनामा विष्णुदेवी अस्पतालमा २४ घण्टे इमर्जेन्सी सेवा सुरु गरेका छन्। २०८१ मंसिरमा नेपाली कांग्रेसबाट उपनिर्वाचनमा मेयरमा निर्वाचित डंगोलले आफ्नो कार्यकालको आधा अवधि बाँकी रहँदा यो महत्वपूर्ण कदम चालेका हुन्। 

संघीयता कार्यान्वयनअघि नै १५ शय्यामा स्तरोन्नति भएको विष्णुदेवी अस्पताल लामो समयदेखि जीर्ण भौतिक संरचनाका कारण स्वास्थ्य चौकी स्तरको दिउँसो मात्र चल्ने सेवामा सीमित थियो। स्थानीय तहलाई हस्तान्तरण भए पनि प्रभावकारी सेवा दिन नसकेको गुनासो बढिरहेका बेला मेयर डंगोलले आज एक समारोहबीच २४ घण्टे इमर्जेन्सी सेवा शुभारम्भ गरेका हुन्।

कीर्तिपुर नगरपालिका स्वास्थ्य शाखाका अमृतजंग बस्नेतले यो पहिलो चरणको सेवा विस्तार भएको बताए। “भौतिक संरचना मर्मत, निर्माण र उपकरण खरिदमा समय लागेकाले अहिले इमर्जेन्सी सेवाबाट सुरु गरेका हौं। अब छिट्टै बर्थिङ सेन्टर, फार्मेसी, एक्स–रे र इन्डोर सेवासहित अस्पतालको भव्य उद्घाटन हुनेछ,” उनले भने। हाललाई २४ घण्टे इमर्जेन्सी सेवा, आधारभूत प्रयोगशाला, भिडियो एक्स–रे, इको स्क्रिनिङ, जनरल फिजिसियन, बालरोग विशेषज्ञसहितका सेवा उपलब्ध गराइएको छ।

मेयर डंगोलले अस्पताललाई आफ्नो प्रमुख एजन्डा बनाएका छन्। “म आधा कार्यकालका लागि निर्वाचित भएको हुँ। बाँकी दुई वर्षमा अस्पताललाई सुदृढ बनाउन सबैको साथ चाहिन्छ,” उनले भने। उपनिर्वाचनका बेला कांग्रेस महामन्त्रीले कीर्तिपुरमा स्वास्थ्य, शिक्षा र आइटी क्षेत्रमा जोड दिँदै मासिक ३–४ लाख कमाउने आधार बनाउने भाषण चर्चित बनेको थियो। यो कदमले त्यही सकारात्मक परिवर्तनको ढोका खोलेको स्थानीयको भनाइ छ।

यो सेवाले कीर्तिपुरवासीको स्वास्थ्य सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट