२०८२ असार ६ शुक्रबार
LATEST NEWS
२०८२ असार ६ शुक्रबार

लिङ्देन नआएपछि राजावादी भेलामा होहल्ला, बैठक स्थगित

काठमाडौं। आज बसेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ। बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको थियो तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि बैठक स्थगित भएको हो।

राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए। विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो। त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैँ माइक लिएर सम्बोधन गरे। उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरे।

भेला सुरु भएलगत्तै लिङ्देनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो। कार्यकर्ताहरुले भने यही संसद चाहिने भए आन्दोलन केका लागि भन्दै असन्तुष्टि पोखे। केहि बाहिर रहेका कार्यकर्ताले भने जबसम्म राजा र जनता एकता हुँदैनन् तबसम्म आन्दोलन गरि रहने बताएका छन्। राजाले नै जनताको साथ चाहियो भनेपछि हामी सडकमा आएको बताएका छन्। आन्दोलन समिति ल्याउने भनेर लागेकाले नै गणतन्त्रवादीसँग ल्याउन लागेको केहि कार्यकर्ताले बताएका छन्।

यसैगरी विनोद कंंडेलले आन्दोलनमा भाग लिनेप्रति धन्यवाद ज्ञापन गरेका छन्। राप्रपा महामन्त्री राजेन्द्र गुरुङले जुन उद्देश्य भित्र हिडेका छौँ त्यसलाई फोकस गर्नुपर्ने बताए। उनले एकमत भएर आन्दोलनमा उत्रिन आवश्यक रहेकाले आन्दोलनलाई गन्तव्यमा पर्‍याएर मात्र छोड्ने बताए।


सामाग्री श्रोत :

लिङ्देन नआएपछि राजावादी भेलामा होहल्ला, बैठक स्थगित

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट