२०८२ जेष्ठ २६ आईतवार
LATEST NEWS
२०८२ जेष्ठ २६ आईतवार

भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

नयाँदिल्ली। भारतमा २ दिन भित्रमा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जसअनुसार सबैभन्दा बढी महाराष्ट्र र केरलामा ७–७ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

साथै, कोरोनाका सक्रिय केसहरूको संख्या हवात्तै बढेर ३७८३ पुगेको छ भने सबैभन्दै बढी संक्रमितहरूको संख्या केरलामा रहेको छ, जहाँ १४०० संक्रमित मामिलाहरू उल्लेख गरिएको छ।

स्वास्थ्य विभागको वेबसाइटका अनुसार २२ मे मा देशमा २५७ केसहरू मात्रै थिए तर यो बिचका ९ दिनमा १४ गुणाले कोरोनाका केसहरू बढेका हुन्।

गत मे ३१ मा बेङ्गलुरुमा ६३ वर्षीय प्रौढको कोरोना कारण मृत्यु भएका थियो। तर, उनले दुवै खोपसँगै  बुस्टर डोज पनि लगाएका थिए तर  पनि उनको ज्यान गुमाउनु परेको थियो।

भारत सरकारले मानिसहरूलाई भीडभाड हुने ठाउँमा मास्क लगाउन, शारीरिक दूरी कायम गर्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ।

ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्तै नजिकको अस्पतालमा गएर परीक्षण गराउन भनिएको छ।


सामाग्री श्रोत :

भारतमा २ दिनमा कोरोनाका कारण २१ जनाको मृत्यु

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट