२०८२ श्रावण १२ आईतवार
LATEST NEWS
२०८२ श्रावण १२ आईतवार

गण्डकी। पोखरा पर्यटन परिषद्ले फेवातालको सीमांकनका नाममा दीर्घकालीन योजनाबिना नै पोल गाड्न थालिएको भन्दै ध्यानाकर्षण गराएको छ। परिषद्ले आज पत्रकार सम्मेलन गर्दै फेवातालको सीमांकन भन्दै बिनायोजना पोल गाड्न थालेकामा विरोध गरेको हो।

परिषद्ले बिनायोजना ६५ मिटर मापदण्ड लगाउँदा पर्यटन केन्द्र लेकसाइड मासिने खतरा रहेको भन्दै लेकसाइड मासेर पोखरा पर्यटनको राजधानी नबन्ने जनाएको छ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न बनेको सहजीकरण समितिले शनिबारदेखि फेवातालको साँधमा भौतिक पोल गाड्न सुरु गरेपछि स्थानीयवासीले त्यसको विरोध गरेका परिषद् अध्यक्ष तारानाथ पहारीले बताए।

राज्यले जग्गाको सीमांकन गर्दा जग्गाधनीसँग सहमति लिनुपर्ने बताउँदै उनले सहमति तथा उचित मुआब्जाबिना कसैलाई विस्थापित गर्न नमिल्ने बताए। मुआब्जा दिन नसकिए ६५ मिटरको साटो ३० मिटर मापदण्ड लगाउनु उचित हुने पहारीको भनाइ छ।

परिषद्का पूर्वअध्यक्ष सूर्य भुजेलले छ महिनाभित्रमा फेवाताल संरक्षणको काम सक्न भनेर सर्वोच्च अदालतको आदेश आएको दुई वर्षपछि मानहानीको गालबाट बच्न पोल गाडिएको बताए। वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले स्थानीयसँग छलफल नै नगरी सीमांकन गर्न खोज्न गलत हुने धारणा राखे।

परिषद्का प्रथम उपाध्यक्ष हरि भुजेलले पर्यटनको जग लेकसाइड मासेर पर्यटकीय राजधानी बनाउने सपना नदेख्न आग्रह गरे। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले स्थानीयको सहमतिमा फेवातालको सीमांकन हुनपर्नेमा जोड दिए।

चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, परिषद्का महासचिव जीवनराज सापकोटा लगायतले स्थानीयवासीको सहमतिमा सीमांकनको विषय टुंग्याउनुपर्ने आवश्यकता औँल्याए।

सन् १९५० को माउण्टेन टुरिजम हुँदै १९६० को हिप्पी टुरिजमदेखि सुरु भएको पर्यटन क्षेत्रको लगानी ड्यामसाइड गौरीघाट हुँदै हाल लेकसाइडको मुख्य क्षेत्र बाराही चोक, हल्लनचोक, खहरे हुँदै खपौदीसम्म होटल, रेष्टुराँ, गेष्ट हाउस तथा ट्राभल्स टे«किङ आदिमा अर्बौ लगानी भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो।


सामाग्री श्रोत :

फेवातालमा दीर्घकालीन योजना ल्याएर मात्र पोल गाड्न आग्रह

काठमाडौँ । कास्कीमा मनपर्दी भाडा असुल्ने १५ जना राइडर कारबाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय  कास्कीले सोमबार पोखराका विभिन्न स्थानबाट बढी भाडा असुलेको आरोपमा १५ जना राइडरलाई कारबाही गरेको हो ।

प्रहरीले उनीहरूका सवारी नियन्त्रणमा लिई जरिबाना तिराएर छाडेको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार सर्वसाधारणबाट बढी भाडा लिएको गुनासो आएपछि प्रहरी टोली खटिएको थियो । 

“राइडर र यात्रुबिच एपबाटै भाडाको सहमति भइसकेको हुन्छ । त्यही सहमति अनुसार राइडरले गन्तव्यसम्म पुर्‍याइदिने रहेछन्,” टेकपानासँग कुरा गर्दै प्रहरी नायब उपरीक्षक बस्नेतले भने, “गन्तव्यमा पुगिसकेपछि पहिले सम्झौता भएको भाडा कम भयो, बढी दिनुस् भन्ने रहेछन् । यसरी बढी भाडा असुल्न खोजेको भन्दै गुनासो आएको थियो ।”

अहिले गण्डकी प्रदेशमा सार्वजनिक यातायात व्यवसायीले राइड शेयरिङलाई कानुनी मान्यता दिन लागेको भन्दै  सेवा ठप्प पारेका छन् । यातायात सेवा अवरुद्ध हुँदा सर्वसाधारण गन्तव्यमा पुग्न राइड शेयरिङ प्रयोग गरिरहेका छन् । 

यही मौकामा केही राइडरले यात्रुसँग मनपरी भाडा असुल्ने गरेको गुनासो बढेपछि राइड शेयरिङ प्लेटफर्मले एपमा देखाइएको भाडा मात्र तिर्न आग्रह गरेका छन् । जिप्रका कास्कीले आइतबार पनि मनलाग्दी भाडा असुलेको फेला पारेपछि आठ राइडरलाई कारबाही गरेको थियो ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ २०:४९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा छानबिनका लागि गृहमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय बनस्थलीमा बसेको रास्वपा संसदीय दलको बैठकले उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने र त्यसअघि गृहमन्त्रीले मार्ग प्रशस्त गर्नुपर्ने अडान कायमै राख्ने निर्णय गरेको हो ।

गृहमन्त्रीमाथि प्रश्न उठेकाले गृहमन्त्रीले नभइ सरकारको अभिभावकको रुपमा रहेका प्रधानमन्त्री केपी ओलीले सदनमा जवाफ दिनुपर्ने बैठकको निष्कर्ष रहेको रास्वपा कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए ।

भिजिट भिसा प्रकरणमा रास्वपा कुनै एक व्यक्तिको पछि लागेको नभइ समग्र बेतिथिलाई अन्त्य गर्नुपर्छ भन्नेमा जोड रहेको उनले बताए ।

त्यसअघि सोमबार नै बसेको रास्वपा सचिवालय बैठकले भिजिट भिसा प्रकरणमा सदनमा शसक्त रुपमा प्रस्तुत हुन संसदीय दललाई निर्देशन दिएको थियो ।

त्यस्तै, सचिवालय बैठकले पार्टीको स्थापना दिवस मनाउनका लागि बिभिन्न कमिटी गठन गरिएको कार्यवहाक प्रवक्ता झाले जानकारी दिए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

इलाम (फिक्कल)। खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताएका छन्।

आज संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामअन्तर्गत कन्याम-पञ्चकन्या खानेपानी योजनासम्बन्धी सरोकारवालाहरुसँगको अन्तरक्रियामा मन्त्री यादवले खानेपानी जस्तो अत्यावश्यक सेवामा ढिलासुस्तीको कुनै बहाना स्वीकार्य नगरिने र तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याइने बताए।

उनले भने, ‘खानेपानीजस्तो अत्यावश्यक चिजलाई ढिलासुस्ती गर्ने कार्य किमार्थ स्वीकार्य छैन। खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नुपर्छ।’

तोकिएको समयमा योजना सम्पन्न नगर्ने गुनासो सुनिएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने जानकारी उनले गराए। उनले भने, ‘कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म स्वयं यहाँ आएको छु। आज समस्या समाधान निकाल्नु पर्छ। कि ठेकेदारले काम गर्नुपर्छ, कि त ठेक्का रद्द गर्नुपर्छ।’

उक्त कार्यक्रममा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, खानेपानी मन्त्रालयका सचिव इ प्रमिलादेवी शाक्य बज्राचार्य, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इ रामकुमार श्रेष्ठलगायतको सहभागिता थियो।

सरकारले आधारभूतस्तरको खानेपानी सेवा जनताको पहुँचमा पुर्‍याउने उद्देश्यले आर्थिक वर्ष २०६८/६९ देखि खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना तर्जुमा गरेको थियो। सोही आयोजनाअन्तर्गत कन्याम पञ्चकन्या खानेपानी आयोजनास्थल सुर्योदय नगरपालिका-३, ६-८, १०-१४, इलाम नगरपालिका-१० र रोङ गाँउपालिका–३ मा निर्माण भइरहेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, इलामले जनाएको छ।


सामाग्री श्रोत :

खानेपानीका आयोजना निर्माणमा ढिला सुस्ति गर्नेलाई उन्मुक्ति दिइने छैन: मन्त्री यादव

काठमाडौँ । ‘झोले’ र ‘म झोले हो’ भन्ने शब्दहरू  सामाजिक सञ्जाल फेसबुकको ट्रेन्डिङमा देखिएका छन् । सोमबार नेकपा (एमाले)ले ‘म झोले हो’ भन्ने अभियान सुरु गरेसँगै यी शब्द ट्रेन्डिङमा आएका हुन् ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका नेता तथा कार्यकर्ताले ‘म झोले हो’ भन्दै सामाजिक सञ्जालमा यस्तो अभियान सुरु गरेका थिए । त्यससँगै यो नयाँ ट्रेन्डको पक्ष र विपक्षमा अनेक चर्चा परिचर्चा सुरु भइरहेको छ ।

फेसबुकमा ‘झोले’ र ‘म…
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न प्रकरणसँग जोड्दै भ्रष्टाचारी ‘झोले’ भएको आरोप लगाएका छन्।

उनले भ्रष्टाचारको नभई राष्ट्रको ‘झोले’ बन्न प्रधानमन्त्रलाई आग्रह समेत गरे। सोमबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै शाहीले प्रधानमन्त्री ओली विभिन्न विवादास्पद काण्ड र व्यापारिक समूहको स्वार्थमा लागेको आशय व्यक्त गरेका हुन्।

उनले प्रधानमन्त्री ओलीलाई गिरिबन्धु टी-स्टेट, कम्बोडिया प्रकरण, यति होल्डिङ्स, ओम्नी समूह, भ्यू-टावर, टेरामक्स, भुटानी शरणार्थी प्रकरण, वाइडबडी जहाज खरिद, एनसेल, पोखरा र भैरहवा विमानस्थल निर्माण तथा भिजिट भिसा प्रकरणसँग जोड्दै ‘झोले’ को संज्ञा दिए।

शाहीले आफ्नो फेसबुकमा लेखेका छन्, “प्रधानमन्त्री ज्यू तपाईं झोले नै हो – गिरिबन्धुको, कम्बोडियाको, यतिको, ओम्निको, भ्यू-टावरको, टेरामाक्सको, भुटानी शरणार्थीको, वाईड बोडिको, एनसेलको, पोखरा बिमानस्थलको, भैरहवा बिमानस्थलको, भिजिट भिसाको।”

उनले अगाडि लेखेका छन्, “तर प्रधानमन्त्री ज्यू … भ्रष्टाचारीको झोले होइन, राष्ट्रको झोले बन्नुहोस्।” राप्रपा प्रमुख सचेतक शाहीको यो टिप्पणी प्रधानमन्त्री ओलीले आफूलाई ‘म झोलेले हुँ’ भन्दै सामाजिक सञ्जालमा एक पोस्टर सेयर गरेपछिको प्रतिक्रियाका रूपमा आएको हो।

प्रधानमन्त्री ओलीको उक्त पोस्टपछि विभिन्न राजनीतिक व्यक्तित्व तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन टुंगिएको छ। सोमबार गृह मन्त्रालयमा यातायात व्यवसायी र सरकारबीच भएको वार्ता विनानिष्कर्ष टुंगिएसँगै मंगलबार पनि सार्वजनिक यातायात नचल्ने भएका छ्न।

गण्डकी प्रदेशले ल्याएको नियमावली स्थगित गर्ने कुरामा सरकारी पक्ष तयार नहुँदा वार्तामा सहमति जुट्न नसकेको हो। सोमबार (आज)को वार्ता निष्कर्षविहीन भएपछि मंगलबार (भोलि) साढे १० बजे पुनः वार्ता हुने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा गठन भएको वार्ता टोली र यातायात व्यवसायीबीच वार्ता भएको थियो।


सामाग्री श्रोत :

सरकार र यातायात व्यवसायीबीचको वार्ता निष्कर्षविहीन

काठमाडौँ । सार्वजनिक यातायात बन्दको मौका छोपी अफलाइन राइडमार्फत यात्रुसँग मनपरी भाडा असुल्ने राइड शेयरिङ चालक कारबाहीमा परेका छन् । सोमबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अफलाइन राइड गरेको र हैरान पारेको आरोपमा २७८ जनालाई कारबाही गरेको हो ।

त्यस्तै ६० जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात व्यवसायीले राइड शेयरिङको विरोध गर्दै सार्वजनिक सवारी साधन बन्द गरेको मौकामा ती चालकले सडकमा यात्रु पर्खेर सवारी आवागमनमा अवरोध पुर्‍याएको ट्राफिक प्रहरीले जनाएको छ । साथै उनीहरूले यात्रुसँग अत्यधिक भाडा लिने, अफलाइन बार्गेनिङ गर्ने र अनावश्यक दुःख दिने गरेको पाइएको थियो ।

यसरी नियम विपरीत गतिविधि गर्नेमध्ये ६० जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी वृत्तमा बुझाइएको छ । बाँकी २१८ जनालाई भने यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाही गरी छाडिएको कार्यालयले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ २१:१६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– आइसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन् । 

स्कटल्यान्डले दिएको २९७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालका लागि कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका हुन् । 

उनले ४१ बलमा अर्धशतक प्रहार गरे । एक दिवसीयमा उनको यो नवौं अर्धशतक हो । अर्धशतक प्रहार गर्ने क्रममा उनले ११ चौका प्रहार गरे । 

नेपालले दुवै ओपनरलाई गुमाएको छ । ओपनर आशिफ शेख ३३ बलमा २० रन बनाएर आउट भए । उनले दुई चौका हिर्काए । आशिफ आउट भएपछि भीम शार्की आएका थिए । तर कुशल भुर्तेल पनि बोल्ड भए । उनले ४४ बलमा ५३ रन बनाए ।  उनको ठाउँमा भीम शार्की आएका छन् । अहिले क्रिजमा कप्तान रोहित पौडेल र भीम शार्की छन् । 

त्यसअघि स्कटल्यान्डले टस हारेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । स्कटल्यान्डका चार्ली टियरले सर्वाधिक ८० रन बनाए। ७२ बल खेलेका उनले १२ चौका र एक छक्का प्रहार गरे।

फिनले म्याकक्रियाथले ६७ बलमा तीन चौका र एक छक्कासहित ५५ रन बनाए। कप्तान रिची बेरिङ्टन ४०, माथ्य्यू क्रस ३९, ब्रान्डन म्याकमुलन १९, माइकल लिस्क १८ र जर्ज मुन्से १२ रनमा आउट हुँदा मार्क वाट १० रनमा अविजित रहे।

नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान दुई विकेट लिए। सन्दीप लामिछानेको नाममा एक विकेट रह्यो। रिजनले सर्वाधिक ७८ रन खर्चिए। उनले १० ओभर बलिङ गरेका हुन्। समान ओभर बलिङ गरेका सोमपालले ६६ रन दिए।

अंक तालिकामा स्कटल्यान्ड १६ खेलबाट २० अंक बटुल्दै चौथो स्थानमा छ। चार खेल कम खेलेको नेपाल भने स्कटल्यान्डभन्दा चार स्थान तल नै छ। नेपालले १२ खेल सक्काउँदा जम्मा ६ अंक हात पारेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- निजामती कर्मचारी अस्पतालमा कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडाको प्रत्यारोपण गर्ने सेवा सुरु भएको छ। मुख्यसचिव एकनारायण अर्यालले सोमबार ‘नेभिगेसन सिस्टम फर नी आर्थोप्लाष्टी’ सेवाको सोमबार औपचारिक उद्घाटन गरेका छन्।

‘नेभिगेसन सिस्टम फर नी आर्थोप्लाष्टी’ सेवाको उदघाटनपछि मुख्यसचिव अर्यालले नयाँ प्रविधिसहितको उपचार सेवा विस्तार गरेर बिरामीका लागि राम्रो काम गरेको बताए। उनले अन्य अस्पतालमा नभएको प्रविधि निजामती अस्पतालमा हुनु खुसीको कुरा भएको पनि बताए।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मुख्यसचिव अर्यालले अस्पतालले उत्कृष्ट सेवा दिएका कारण नै आमनागरिकहरुको रोजाइमा समेत परेको जानकारी दिए। 

अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीले आफूले निर्देशक हुने समयमा पेश गरेको कार्ययोजना अनुसार नै अस्पतालमा काम अगाडि बढाइरहेको जानकारी दिए। उनले आगामी दिनमा पनि अस्पतालमा थप नयाँ सेवा सुविधाहरु थप गर्दै लैजाने बताए।

अस्पतालका घुँडा प्रत्यारोपण विशेषज्ञ डा सुमनबाबु मरहठ्ठाले कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडा प्रत्यारोपण गर्नु नेपालका लागि ऐतिहासिक भएको जानकारी दिए।’यो प्रविधिले घुँडा प्रत्यारोपण सेवालाई अझ प्रभावकारी बनाउनेछ। घुँडा खिइएका, बुढ्यौली, चोटपटकलगायतका घुँडाको जोर्नी बिग्रिएमा बिरामीहरुले जोर्नी प्रत्यारोपण गर्नुपर्छ। परम्परागत उपचार प्रविधिभन्दा यो निकै सहज र राम्रो छ,’ उनले भने।
 

सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट