२०८२ जेष्ठ २४ शुक्रबार
२०८२ जेष्ठ २४ शुक्रबार

अथेन्टिकेटरबाट पासवर्ड सेभ गर्ने फिचर हटाउँदै माइक्रोसफ्ट, अन्यत्र सुरक्षित गर्न आग्रह

काठमाडौँ । माइक्रोसफ्टले आफ्नो लोकप्रिय अथेन्टिकेटर एप माइक्रोसफ्ट अथेन्टिकेटरमा रहेको पासवर्ड व्यवस्थापन प्रणालीलाई चरणबद्ध रूपमा हटाउने घोषणा गरेको छ । यो परिवर्तन सुरु हुनुअघि नै एपका प्रयोगकर्तालाई आफ्ना सबै पासवर्ड सुरक्षित रूपमा सेभ गर्न चेतावनी दिइएको छ ।

माइक्रोसफ्ट अथेन्टिकेटर मुख्यतया अनलाइन अकाउन्टका लागि टु-फ्याक्टर अथेन्टिकेसन प्रदान गर्नका लागि परिचित छ । साथै यसले वेबसाइट र एपका लागि पासवर्ड पनि सेभ गर्ने र स्वतः भर्ने (अटोफिल) सुविधा पनि दिँदै आएको थियो ।

कम्पनीको योजनाअनुसार यही महिनादेखि यो फिचर विस्तारै हट्ने काम सुरु भएको छ । १ जुनदेखि माइक्रोसफ्ट अथेन्टिकेटर एपले नयाँ पासवर्ड सेभ गर्न बन्द गर्ने बताएको छ । माइक्रोसफ्टले पासवर्ड व्यवस्थापनको यो कार्यभार आफ्नो एज ब्राउजरमा सारिरहेको छ ।

१ जुलाईसम्ममा अथेन्टिकेटरमा रहेको अटोफिल फिचर निष्क्रिय हुनेछ भने एपमा सेभ गरिएका क्रेडिट कार्ड लगायतका सबै पेमेन्ट विवरण पनि मेटिनेछन् । यस किसिमको पेमेन्ट डेटा स्वतः एजमा स्थानान्तरण नहुने कुरा माइक्रोसफ्टले स्पष्ट पारेको छ । त्यसैले प्रयोगकर्ताले आफ्नो क्रेडिट कार्ड विवरण नयाँ ठाउँमा वा एजमा म्यानुअल्ली राख्नु पर्नेछ ।

आउँदो अगस्टसम्ममा अथेन्टिकेटर एपमा यसअघि सेभ गरिएका सबै पासवर्ड पूर्ण रूपमा हटाइने कम्पनीले जनाएको छ । माइक्रोसफ्टले अगस्टपछि पनि आफ्ना पासवर्ड र लगइन प्रयोग गरिरहन चाहने प्रयोगकर्तालाई आफ्नो फोन र अन्य डिभाइसमा माइक्रोसफ्ट एज डाउनलोड गर्न सुझाएको छ ।

माइक्रोसफ्ट एजको एकीकृत पासवर्ड म्यानेजर प्रयोग गरी सबै प्लेटफर्ममा पासवर्ड पहुँच र अटोफिल सुविधालाई सुव्यवस्थित गर्ने उद्देश्यले यो कदम चालिएको हो । त्यसैले माइक्रोसफ्ट अथेन्टिकेटरका प्रयोगकर्तालाई आगामी महिनामा हुन लागेको यो परिवर्तनबारे सचेत रहन र आफ्ना महत्त्वपूर्ण पासवर्ड तथा पेमेन्ट डिटेल सुरक्षित रूपमा अन्यत्र सेभ गर्न वा एजमा सार्न सुझाव दिइएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १८:२०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट