२०८२ जेष्ठ २० सोमबार
२०८२ जेष्ठ २० सोमबार

एजेन्सी । यमनमा गृहयुद्ध जारी रहँदा धेरै वालवालिकाहरुको विचल्ली भएको छ। धेरैले अशक्त जीवनसँग संघर्ष गरिरहेका छन्।

एकै दिनमा तीन भाइबहिनी गुमाएर आफू अपाङ्ग बनेका सात वर्षीय बालक हमेद अल अथौरी कठिन जीवन बाँचिरहेका छन्। मध्य यमनको ताइजको एउटा समुदायमा बस्दै आएका उनीका आसपास बारम्बार गोलीबारी भइरहेको छ।

गोलाबारीका कारण अनगिन्ती नागरिकहरू मारिने र घाइते भइरहेका छन्। अक्टोबर ३०, २०२१ मा, उनी एक घातक बम विस्फोटबाट बच्न सफल भए। तर उनका तीन भाइबहिनीको मृत्यु भएको थियो। र उनले खुट्टा गुमाएका थिए।

‘हामी पसलबाट बाहिर निस्कँदै गर्दा हामीमाथि रकेट खस्यो। त्यसपछि मेरा भाइबहिनीहरू मारिए,’ हमेदले भने।

‘विपत्तिले हाम्रा तीन बच्चाहरूको ज्यान लियो। भगवानलाई धन्यवाद, हमेद बाँचे, तर उनी घाइते भए र जीवनभर बिग्रिएको खुट्टा लिएर बाँच्नुपरेको छ। जसले सधैं पीडा दिनेछ। हामीमाथि यस्तो अप्रत्याशित विपत्ति किन आइपर्छ भनेर हामीले बुझ्न सकेनौं। ठूलो पीडा भोग्यौं र निराश महसुस गर्यौं,’ हमेदका बुबा मुस्तफा अल अथौरीले भने।

हामेद केवल तीन वर्षको हुँदा उनले आफ्नो एउटा तल्लो खुट्टा गुमाए। चार वर्ष बितिसक्यो, उनी अझै पनि एक परोपकारी संस्थाबाट प्राप्त कृत्रिम खुट्टा प्रयोग गर्ने असुविधासँग संघर्ष गरिरहेका छन्।

‘म कृत्रिम खुट्टा बारम्बार लगाउँछु। कहिलेकाहीँ म यसलाई निकाल्छु र कहिलेकाहीँ लगाउँछु। म यसलाई लिएर हिंड्न सक्छु, तर यसले धेरै दुख्छ। म यो रातमा लगाउँदिन,’ हामेदले भने।

हामेदको पीडा कम गर्न उपयुक्त कृत्रिम खुट्टा खरिद गर्न उनको परिवारलाई कठिन भइरहेको छ। उनका आमाबाबुले आफ्नो छोरालाई मद्दत गर्न सक्दो प्रयास गरिरहेका छन्। परिवारले प्रायः उनलाई आफ्नो ढाडमा बोकेर शहर घुमाउँछन्।

‘उनकी आमाले उसलाई आफ्नो ढाडमा बोकेर स्कूल लैजान्छिन् र त्यसपछि कक्षा सकिएपछि घर फर्काउँछिन्। मेरो छोरा सधैंभरि बिग्रिएको खुट्टा लिएर बाँच्नुपर्छ भन्ने थाहा पाउँदा अरू केटाकेटीहरू स्वतन्त्र रूपमा दौडिरहेको देख्दा मेरो मन दुख्छ। म सबै राजनीतिक शक्तिहरूलाई सकेसम्म चाँडो युद्ध रोक्न र मानिसहरूलाई अपाङ्गता भएको जीवनको पीडा वा परिवारका सदस्यहरू गुमाउनुको पीडा दिन बन्द गर्न आह्वान गर्दछु,’ मुस्तफा अल अथौरीले भने। (सीसीटीभीप्लस)


सामाग्री श्रोत :

गृहयुद्धको चपेटामा यमन, खुट्टा गुमाएका एक वालकको मार्मिक जीवन

काठमाडौँ । च्याट गर्दा होस् वा कुनै लिखित सामग्री तयार पार्न, पोस्ट लेख्न आदि कामका लागि बेलाबेला मोबाइलमा टाइपिङ गरिरहनु पर्छ । यसका लागि विभिन्न किबोर्ड एपहरू उपलब्ध छन् ।

गुगलको किबोर्ड एप जीबोर्डमा आएको पछिल्लो अपडेटसँगै अब मोबाइलमा टाइपिङ गर्न औँला चलाइरहनु पर्ने बाध्यता पनि हटेको छ । आज हामी तपाईँलाई बोलेकै भरमा आफूले चाहेको भाषामा मोबाइलमा टाइपिङ गर्ने तरिका बताउँदै छौँ ।

 

अझै धेरै खाली ठाउँ चाहिन्छ भने भर्टिकल टूलबारमा स्विच गर्न पनि सक्नु हुन्छ । त्यससँगैको किबोर्डको आइकनमा दबाउँदा औँलाले टाइपिङ गर्ने किबोर्ड माथि आउँछ । 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १४:२६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– गाजापट्टीमा राहत स्वरुप बाँड्न लागिएको खाद्यान्न लिन जाँदै गरेका मानिसमाथि गोली प्रहार हुँदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।

एसोसिएट प्रेसले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै इजरायली सेनाले गोली चलाएको उल्लेख गरेको छ । तर इजरायली सेनाले भने संक्षिप्त विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हामीलाई मानवीय सहायता वितरण स्थलमा इजरायली सेनाको गोलीबारीबाट घाइते भएको कुनै जानकारी अहिलेसम्म छैन । यो विषय हाल अनुसन्धानमा छ ।’ 

अलजजिराले भने उक्त घटनामा कम्तीमा ३९ जनाको मृत्यु भएको उल्लेख गरेको छ । ती सहायता वितरण केन्द्रहरू इजरायली सैन्य नियन्त्रणमा रहेका क्षेत्रमा रहेको र त्यहाँ अन्यको पहुँच कमजोर भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । घटनास्थल गाजाको दक्षिणी र मध्य भागस्थित राफाहमा पर्दछ । 

हमासले अमेरिकाले प्रस्ताव गरेको युद्धविराम सम्झौतामा केही परिवर्तनको माग गरेको छ । तर मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफले समूहको प्रतिक्रिया स्वीकार्य नभएको उल्लेख गरेका छन् । यो पृष्ठभूमिमा गाजापट्टीमा झनै धेरै मानवीय संकट उत्पन्न हुने देखिन्छ । 

शुक्रबारमात्रै संयुक्त राष्ट्रसंघ अन्तर्गतको मानवीय सहायता समन्वय कार्यालयले गाजामा हालसम्मकै गम्भीर संकट उत्पन्न भएको जनाएको छ । 

हमासले इजरायलमा २०२३ अक्टोबर ७ मा आक्रमण गरेपछि २० महिनादेखि जारी युद्धका कारण ठूलो संख्यामा सर्वसाधारण विस्थापित भएका छन् भने निरन्तर बम आक्रमणका कारण कुपोषण सिर्जना भएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

भक्तपुर । एक सय २१ वर्ष पुरानो भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट घोषणा गरिएको छ। भक्तपुर अस्पतालमा आयोजना गरिएको अस्पताल व्यवस्थापन सुदृढीकरण अन्तरगत न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन सार्वजनिक कार्यक्रममा देशभरका अस्पतालमध्ये भक्तपुर अस्पताल १०० पूर्णाकमा ९० अङ्क प्राप्त गर्दै सर्वोत्कृष्ट अर्थात् पहिलो भएको घोषणा गरिएको हो।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले भक्तपुर अस्पताल लगातार चौथो पटक प्रथम हुन सफल भएको उल्लेख गर्दै अस्पतालको गुणस्तरमा कुनै कमि आउन नदिन कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताए।

अस्पतालमा न्यूरो सेवा सञ्चालन गर्न मन्त्रालयले रु एक करोड विनियोजन गरिएको उल्लेख गर्दै उनले एक महिनाभित्र सो अस्पतालमा डायलाइसिस सेवा सञ्चालन गर्ने तथा अस्पतालको पुरानो भवन निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने बताए।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य सचिव डा.सुमित्रा गौतमले एक सय २१ वर्षको एउटा इतिहास बोकेको देशकै दोस्रो अस्पताल पहिलो हुन सफल भएको उल्लेख गर्दै कर्मचारीको लगनशीलता, व्यवस्थापन समितिको सहयोग र गलत तत्वको प्रभावबाट अस्पताललाई जोगाउन सके सबै अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नसक्ने बताइन्।

भक्तपुर अस्पतालको उदाहरण प्रदेशका बाँकी १२ वटा प्रादेशिक अस्पतालमा पनि लागू गर्नुपर्ने उल्लेख गर्दै सचिव गौतमले मन्त्रालयमै बसेर दैनिक रुपमा प्रदेशका १३ अस्पतालमा कति बिरामी आए, कति भर्ना भएलगायत विवरण सबै हेर्न सकिने गरी बागमती स्वास्थ्य एप्स जडान गर्न लागिएको बताइन्।

सङ्घीय सरकारले स्वास्थ्य संस्थाको गुणस्तर मापन गर्न बनेको न्यूनतम सेवा मापदण्ड (एमएमएस) मूल्याङ्कन टिमका संयोजक एवं वीर अस्पताल नर्सिङ कलेजका प्रमुख एवं उपप्राध्यापक रोशनी तुईतुईले देशभरका सकेण्डरी ‘बी’ लेवलको अर्थात देशभरका तीन सय शय्यामा सञ्चालित अस्पतालको मूल्याङ्कन टोलीले गुणस्तर मापन गर्दा भक्तपुर अस्पताल देशभरमा प्रथम भएको घोषणा गर्दै भक्तपुर अस्पताललाई अब प्रतिष्ठान बनाउनुपर्ने बताइन्।

घोषणाअनुसार लुम्बिनी प्रदेशिक अस्पतालले ८९ अङ्क प्राप्त गरी दोस्रो र भरतपुर अस्पताल ८८ अङ्क प्राप्त गरी तेस्रो भएका छन्। बागमती प्रदेशमध्येका १३ अस्पतालमध्ये धादिङ अस्पतालले ८२ अङ्क ल्याएर दोस्रो र त्रिशूली अस्पताल ८१ अङ्क ल्याएर तेस्रो भएको मूल्याङ्कन टोलीका सदस्य एवं वीर अस्पतालका डा.फणिन्द्रप्रसाद बरालले बताए।

अस्पतालका निमित्त निर्देशक सुरेन्द्रप्रसाद भट्टले अस्पतालले दिँदै आएको सेवा तथा सुविधाबारेमा जानकारी गराउदै यसवर्ष बहिरङ्ग, अन्तरगत, शल्यक्रिया, प्रसूतिलगायतका सेवामा बिरामीको आगमन विगतका वर्षमा भन्दा बढेको बताए।

कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.प्रदीप ज्ञवाली, टोलीका सदस्य एवम् बागमती प्रदेश अस्पताल विकास तथा अनुगमन शाखाका प्रमुख नवीन दर्नाल, बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.नरेन्द्रकुमार झा, भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष तथा अस्पताल विकास समितिका सदस्य रवीन्द्र ज्याख्व, अस्पतालका वरिष्ठ नर्सिङ निरीक्षक रोशनी श्रेष्ठलगायतले असल नेतृत्व आएमा अस्पतालमा सुधार गर्न सकिने बताएका थिए। रासस


सामाग्री श्रोत :

भक्तपुर अस्पताल देशभरकै उत्कृष्ट

काठमाडौँ । कम्प्युटर विज्ञानमा स्नातक गरिरहेका विद्यार्थीहरूले गैरसरकारी संस्थाका लागि निःशुल्क वेबसाइट बनाउने घोषणा गरेका छन् । विद्यार्थीले सञ्चालन गरिरहेको ‘कोडिङ फर सोसल गुड नेपाल’ले वेबसाइट बनाउन चाहने गैरसरकारी संस्थालाई सम्पर्कमा आउन आग्रह गरेको हो । 

संस्थाको “कोड फर च्यारिटी” कार्यक्रममार्फत विभिन्न गैरनाफामुखी संस्थाहरूका लागि नि:शुल्क वेबसाइट डेभलप गरिने संस्थाका सभापति आशिष पन्थीले बताए । उनका अनुसार यसअघि दुई ओटा संस्थाको लागि वेबसाइट बनाउने काम पूरा भइसकेको छ । हालसम्म नेसनल एडलसेन्ट ब्वाइज नेपाल (एनएबीएन) र “सस्टिनेवल एक्सन अफ्रिका” नामक गैर नाफामुखी संस्थाको वेबसाइट बनाइएको उनले सुनाए ।  एनएबीएनको वेबसाइट तयार गर्न भने अमेरिकास्थित डुक विश्वविद्यालयको टेक्निफाइ स्टुडेन्ट अर्गनाइजेसनका विद्यार्थीहरूसँग समेत सहकार्य गरिएको थियो ।

वेबसाइटका  लागि चाहिने होस्टिङ र डोमेनको खर्च बाहेक सम्पूर्ण प्राविधिक काम निःशुल्क गर्दै आएको पन्थीको भनाई छ । उनले भने, “सकेसम्म जुन संस्थाको वेबसाइट बनाउने हो, उहाँहरूलाई नै होस्टिङ र डोमेन सेटअप गर्न भन्छौँ । त्यसपछि उहाँहरूले डेपलपमेन्टका लागि एक्सेस दिन सक्नुहुन्छ ।” 

संस्थाले नै होस्टिङ र डोमेन सेटअप गर्ने हो भने त्यसमा लाग्ने खर्च पारदर्शी भएर लिने गरेको दाबी उनले गरे । सो बाहेक वेबसाइट डेभलपमेन्टको प्राविधिक काममा कुनै खर्च लिने नगरिएको उनको भनाई छ । वेबसाइट बनाइएपछि पनि संस्थाले एक वर्षसम्म वेबसाइटलाई चाहिने अन्य प्राविधिक सहयोग दिइने जनाएको छ । 

सन् २०२३ मा स्थापना भएपनि गत वर्ष काठमाडौँमा दर्ता भएर कोडिङ फर सोसल गुड नेपाल सञ्चालनमा आएको हो । कम्प्युटर विज्ञान पढिरहेका विद्यार्थीले खोलेको उक्त संस्थाका अध्यक्ष विवेक भण्डारी काठमाडौँमा बस्छन् । संस्थामा संलग्न अधिकांश सदस्य भने बुटवलमा कार्यरत छन् । कोड फर सोसल गुड नेपालको कोर टिममा ६ जना रहेको उनले बताए । 

त्यस बाहेक टिममा कक्षा १२ सक्काएर बसेका तथा स्नातक सुरु गरेका विद्यार्थीलाई तालिम दिएर स्वयंसेवकको रूपमा खटाइन्छ । संस्थामा स्वयंसेवकका रूपमा काम गर्न चाहनेका लागि सामाजिक सञ्जाल र वेबसाइटमार्फत फाराम खुलाउने गरिएको छ । धेरैको आवेदन आउने भएकाले अन्तर्वार्तामार्फत स्वयंसेवक छनोट गर्दै आएको पन्थीले बताए । 

हाल भने संस्थासँग कुनै परियोजना नभएकाले नयाँ परियोजनाहरू खोजी भइरहेको उनले बताए । “समाजलाई केही सकारात्मक प्रभाव पारिरहेका र अनलाइन प्रेजेन्स खोजी रहेका संस्थालाई प्राविधिक सहयोग उपलब्ध गराउन खोजी रहेका छौँ,” उनले थपे ।

दर्ता भएका वा नभएका संस्थालाई वेबसाइट बनाउन तथा सञ्चालन गर्न प्राविधिक सहयोग उपलब्ध गराउने उनले बताए । आफ्नो वेबसाइट बनाउन चाहने संस्थाले यहाँ क्लिक गरेर फाराम भर्न सक्नेछन् । “कोड फर च्यारिटी”बाहेक संस्थाले कम्प्युटर विज्ञान विषयका बारेमा सचेतनाका कार्यक्रम र अनलाइन वर्कशप पनि सञ्चालन गर्दै आएको छ । विद्यालयमा पुगेर कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई कम्प्युटर साइन्स क्लब खोल्न सघाउने र सञ्चालन गर्ने खालका जानकारी समेत दिने गरिएको छ । 

प्राविधिक सिप भएका विद्यार्थीले थप सिक्न सकुन् भनेर कोड फर च्यारिटी सञ्चालनमा ल्याइएको पन्थीले बताए । यो परियोजनाले विद्यार्थीको ज्ञान थप निखारिने र संस्थाहरूलाई पनि फाइदा पुग्ने उनको विश्वास छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ २२:५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– राजावादी समूहले भोलि (जेठ १९ गते) उपत्यका बन्द गर्ने घोषणा गरेका छन् ।

राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले एक विज्ञप्ति जारी गर्दै भोलि उपत्यका बन्दको घोषणा गरेका हुन् ।

सरकारले आफूहरूको आन्दोलनमा बर्बर दमन गरेको आरोप लगाउँदै राजवादी समूहले आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएको जिकिर गरेको छ ।

‘सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरुप परिवर्तन गर्न बाध्य भएका छौं । यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

त्यस्तै, उपत्यका बन्दको क्रममा आ–आफ्नो टोल र चोकमा बसेर सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागीहरूलाई विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।

आइतबार भएको आन्दोलनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायत पक्राउ परेका थिए ।

उनीहरूमाथि प्रहरीले दमन गरेको आरोप राजावादी समूहले लगाएको छ ।

‘शान्तिपूर्ण आन्दोलनकै क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले जसरी अमानवीय तवरले पक्राउ गर्‍यो त्यसको हामी निन्दा गर्दछौं,’ सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

a98a981b-0f53-49cc-b596-e04a212a423a-1748790527.jpg

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । काठमाडौंको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री कमल थापासहित सात जनालाई रिहा गरिएको छ ।

निषेधित क्षेत्र तोड्न खाजेपछि आज दिउँसो पक्राउ गरिएकामा अहिले राति सात जनालाई छाडिएको र एक जनालाई भने हिरासतमै राखिएको प्रहरी परिसर काठकाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उक्त प्रदर्शनमा सुरूमा ६ जना र पछि दुई गरी आठ जनालाई पक्राउ गरिएको थियो। पक्राउ परेकामध्ये रौतहट घर भएका हिन्दूवादी धार्मिक अभियन्ता बताउने डा. राजीव झाले मापसे गरेर प्रहरीलाई गालीगलौजसमेत गरेकाले हिरासतमै राखिएको बोहराले बताए।

रिहा हुनेमा थापासहित सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमिका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली, भक्तपुरका सरोज तिमिल्सिना छन्।

राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि उपत्यकामा प्रदर्शन गरिरहेका छन्।


सामाग्री श्रोत :

कमल थापासहित सात जनालाई छाडियो, मापसे गर्ने झा हिरासतमै

काठमाडौँ । अवैध रेडियो सञ्चार उपकरणको अनलाइन बिक्रीमाथि अङ्कुश लगाउन भारत सरकारले नयाँ निर्देशिका जारी गरेको छ । शुक्रबार उपभोक्ता मामिला मन्त्रालय अन्तर्गतको केन्द्रीय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए) ले यस्ता उपकरणको सूचीकरण र बिक्रीलाई नियमन गर्न ‘ई-कमर्स प्लेटफर्ममा वाकी-टकीसहित रेडियो उपकरणको अवैध सूचीकरण र बिक्रीको रोकथाम तथा नियमनका लागि गाइडलाइन, २०२५’ जारी गरेको हो । यससँगै भारतका प्रमुख ई-कमर्स प्लेटफर्म अमेजन, फ्लिपकार्ट, मिशो, जिओमार्ट र मेटाले मापदण्ड पालना नगर्ने वाकी-टकीलाई सूचीबाट हटाएका हुन् । प्रहरी र आपत्कालीन सेवामा प्रयोग हुने महत्त्वपूर्ण सञ्चार नेटवर्कमा हस्तक्षेप गर्न सक्ने अनियन्त्रित वाकी-टकीबारे बढ्दो चिन्तालाई सम्बोधन गर्न यो कदम चालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

“ई-कमर्स प्लेटफर्ममा वाकी-टकी बिक्री गर्दा वायरलेस अपरेटिङ लाइसेन्सको आवश्यकता वा प्रचलित कानुनको पालना सम्बन्धी अनिवार्य तथा स्पष्ट जानकारी नराखेको पाइएको छ,” प्राधिकरणले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दूरसञ्चार विभाग र गृह मन्त्रालयसँगको परामर्शमा तयार पारिएको उक्त नयाँ निर्देशिकाले उपभोक्ता र राष्ट्रिय सञ्चार पूर्वाधारको सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको ‘द मिन्ट’मा उल्लेख छ । यससँगै अब आधिकारिक तथा उचित रूपमा प्रमाणित उपकरण मात्र बिक्रीका लागि उपलब्ध हुनेछन् । ई-कमर्स प्लेटफर्मले पनि रेडियो उपकरण सूचीकृत गर्नुअघि उनीहरूले लाइसेन्स पाएका छन् कि छैनन्, पाएका छन् भने मापदण्ड पालना गरेका छन् कि छैनन् भन्ने हेर्नुपर्ने छ । भ्रामक प्रचार वा मिथ्या दाबी भएका पोस्ट ई-मकर्स प्लेटफर्मले स्वतः हट्नेगरी व्यवस्था मिलाएको बताइएको छ । 

पहिले अनलाइनमा बिक्री हुने अधिकांश वाकी-टकीमा आवश्यक प्राविधिक विवरण उपलब्ध हुँदैनथ्यो । खासगरी त्यस्ता उपकरणका लागि वायरलेस अपरेटिङ लाइसेन्सको कानुनी आवश्यकता, फ्रिक्वेन्सी रेन्ज, नियामकीय स्वीकृति वा भारतीय टेलिग्राफ ऐन, १८८५ तथा वायरलेस टेलिग्राफी ऐन, १९३३ अन्तर्गत लाइसेन्स आवश्यक पर्छ कि पर्दैन भन्ने प्राविधिक विवरण उल्लेख हुनुपर्छ । यी विवरण नहुँदा खरिदकर्तामा त्यस्ता उपकरण बिना कुनै प्रतिबन्ध प्रयोग गर्न सकिन्छ भन्ने भ्रममा रहने गरेका थिए ।

नयाँ निर्देशिका अनुसार अनलाइन प्लेटफर्मले अब वाकी-टकीलाई लाइसेन्स आवश्यक पर्ने वा नपर्ने स्पष्ट खुलाउनु पर्नेछ । त्यस्तै स्वीकृत फ्रिक्वेन्सी रेन्ज उल्लेख गर्नुका साथै ‘इक्विपमेन्ट टाइप अप्रुभल’ (ईटीए) जस्ता आधिकारिक नियामकीय प्रमाणपत्र अनिवार्य रूपमा पेस गर्नुपर्नेछ ।

भारतमा मोबाइल सिग्नल बुस्टर र वायरलेस जामरको अनलाइन सूचीकरण वा बिक्रीलाई पूर्ण रूपमा अवैध मानिएको छ । बिक्रेताले आफ्ना उपकरणले दूरसञ्चार विभाग (डीओटी)बाट पूर्व-स्वीकृति आवश्यक पर्ने फ्रिक्वेन्सीको प्रयोग नगर्ने सुनिश्चित गर्नु पर्ने जिम्मेवारी वहन गर्नुपर्छ । यस्ता लाइसेन्स आवश्यक पर्ने उपकरण पहिले डीओटीको ‘सरल सञ्चार’ पोर्टलमा सूचीकृत गर्नुपर्छ । त्यसपछि डीओटीको आधिकारिक डिलर (डीपीए होल्डर) बाट मात्र खरिद गर्नुपर्ने हुन्छ ।

‘अपरेसन सिन्दुर’ पछि पाकिस्तानसँग सीमा जोडिएका जिल्लामा ३१ मेदेखि सुरु भएको ‘अपरेसन शिल्ड’ मा नागरिक सुरक्षालाई ध्यानमा राख्दै सरकारले यो कदम चालेको बताइएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ २१:३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो ।

पक्राउ परेकामध्ये एक जना भने हिरासतमै छन् । उनले मापसे सेवन गरी अपशब्द बोलेका कारण रिहा नगरेको प्रहरीले जनाएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादीले सोमबार काठमाडौं उपत्यका बन्दको आह्वान गरेका छन्।

आइतबारको प्रदर्शनमा सरकारी दमन भएको आरोप लगाउँदै उनीहरूले सोमबार बन्द गर्ने घोषणा गरेका हुन्।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गरी उपत्यका बन्दको घोषणा गरेका छन्।

सरकारले आफूहरूको शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेकाले आन्दोलनको स्वरूप परिवर्तन गर्नू परेको सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


सामाग्री श्रोत :

राजावादीद्वारा उपत्यका बन्द गर्ने घोषणा

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट